चिनियाँलाई शुल्क, भारतीयलाई निःशुल्क – के हो? शायद् यो हाजिरी जवाफमा सोधिने प्रश्न हैन। तर पनि यसो नेपालको पर्यटकीय स्थानहरुका बारेमा खोज्दै जाने क्रममा यो रोचक जानकारी फेला पर्यो। चीन र भारत दुवै नेपालका छिमेकी देश। तर एउटा पर्यटकीय स्थलमा जाँदा चिनियाँलाई शुल्क लाग्ने तर भारतीयलाई नलाग्ने पनि रहेछ। तपाईँलाई थाहा छ, त्यो कुन ठाउँ हो?
नेपाल टुरिजम बोर्डको आधिकारिक वेबसाइटमा कुन ठाउँमा जान पर्यटकलाई कति रकम लाग्ने लेखिएको छ। त्यसमा दिइएको यो जानकारी हेरौँ-
चीन र भारत दुवै छिमेकी देश भए पनि सांस्कृतिक रुपमा भारत निकट भएकोले होला, भारतीय पर्यटकलाई पशुपति प्रवेशमा कुनै शुल्क लिइँदैन। उता भारतमा हिन्दु धार्मिक आस्थाका पर्यटकीय केन्द्रमा नेपालीलाई शुल्क लाग्छ कि लाग्दैन? कसैलाई थाहा छ?
इंडिया एअक त सार्क देशहरु मा नि पर्चा तेइ भर निसुल्क भएको होला. तर चिन नि छिमेकि देश भएको ले एस्तो भिन्नता ठिक छैन होला. तर इंडियाले नि चिन लै सुल्क चाही लगाएकै छ. नेपाल र चिनको सम्भंदा सुमुधुर बनौन छ भने निसुल्क गरेको ठिक होला.
Should not be different for Chinese and Indians.
Also: The fee should not be listed in US$ and only listed on NPR to avoid confusion, IMHO.
धेरै सजिलो उत्तर : भारतीयलाई नेपाल आउन विसा लाग्दैन, तर चाइनिज़लाई विसा लग्छ, किन ?
हुन सक्छ सुगौली सन्धि को कारण.