Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धनगढी जाँदा बाटोमा झ्यालबाट देखिएको माछापुच्छ्रे हिमालका १२ फोटो

Posted on January 2, 2019January 1, 2019 by Salokya


धनगढी जाँदा बाटोमा माछापुच्छ्रे हिमाल कसरी पर्छ? अचम्म लाग्न सक्छ। किनभने काठमाडौँबाट सडकको बाटो जाँदा माछापुच्छ्रे हिमाल छेउछाउ जानै पर्दैन। तर आकाश मार्गबाट जानु हुँदैछ र प्लेनको दायाँ छेउमा बस्नुभएको छ अनि मौसम पनि सफा छ भने तपाईँ मज्जाले माछापुच्छ्रे हिमाल देख्न सक्नुहुन्छ। ५ हजार ८ सय मिटरको उचाइबाट माछापुच्छ्रे हिमाललाई अहिलेसम्म देखेको थिइनँ। केही अघि धनगढी जाने क्रममा श्री एयरलाइन्सको प्लेनको झ्यालबाट देखेका यी दृश्य तपाईँहरुसित बाँड्न चाहेँ।

पोखराबाट देखिने माछापुच्छ्रे हिमाल माछाको पूच्छर जस्तो देखिन्न। तर त्यही हिमाललाई अर्को छेउबाट हेर्ने हो भने ठ्याक्कै माछाको पूच्छर जस्तो देखिन्छ। अन्नपूर्ण राउन्ड ट्रेक गर्ने क्रममा यो हिमालका सब कोण देखिन्छन्। तर आकाशबाट हेर्दा भने एकैछिनमा यो हिमालका फरक फरक रुप देखिने रहेछ।

माउन्टेन फ्लाइट त हैन, तराई फ्लाइट गर्दा देखिएका माछापुच्छ्रेका फरक फरक दृश्य हेर्नुस्।

1 thought on “धनगढी जाँदा बाटोमा झ्यालबाट देखिएको माछापुच्छ्रे हिमालका १२ फोटो”

  1. madan bajracharya says:
    January 2, 2019 at 7:13 am

    हलाहलले पोलेकोलाई पनि शितलता दिने/
    हाम्रो भूमिमा फल्ने फुल इन्द्र पनि लोभिने
    स्वर्गको छहारीमा बसेको नेपालीको यो भुमि
    कथाको जस्तो होईन साँच्चैको स्वर्ग हो नेपाल
    पत्याउनु हुन्? हेर्नुस सालोक्यज्युको तस्विरहरु/

    तर नदेखाउन्सुस अब नेपालको सौन्दर्य कसैलाई
    लोभीको आखा लाग्ला,पापीहरु झुम्मिन् आउला
    अमृत जस्तै पवित्र पानि बग्ने नदीमा मुत बगाउला
    अन्नपूर्ण जस्तै यहाको माटो पोली इँटा बनाउला

    अनि, सहयोग भनेर भारु र डलरको ऋण बोकाउला
    सावाँ माफ तर ब्याजमा नदी दे तराईको भुमि दे भन्ला
    महाभारतकालमा कृष्णलाई समेत पस्न भिसा चाहिने
    यो नेपाल उनीहरुको ऋणमा पलेको कंगाल देस भन्ला

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme