नारायणहिटी राजदरबारको पश्चिमपट्टि अग्ला रूखसहितको बगैंचा भएको विशाल दरबार हाल केशरमहलको नामले चिनिन्छ। चन्द्रशमशेर सत्तामा आएपछि इन्जिनियरहरू कुमारनरसिंह राणा र किशोरनरसिंह राणालाई एक भव्य दरबार बनाउन लगाए। यो महल तयार भएपछि चन्द्रशमशेरले आरुनो साहिँला छोरा केशरशमशेरलाई दिए। त्यसपछि यो दरबार ‘केशरमहल’को नामले प्रख्यात भएको छ। यो दरबारका धेरै सामग्रीहरू पनि बाहिरैबाट ल्याइएका थिए। यो दरबार प्रसिद्ध बगैंचा, रसिक तथा जुवाडे राणाहरूको चरित्रसँग पनि जोडिएको छ।
केशरशमशेरले श्री ५ पृथ्वीकी जेठी शाहजादी लक्ष्मीदिव्यश्वरी देवीसँग विवाह गरेका थिए। चन्द्रशमशेरको प्रधान सेनापति र राजकाजसम्बन्धी काम गर्न दाजुहरू मोहनशमशेर र बबरशमशेर भएकाले यिनले साधारण जिम्मेवारी सम्हाली खान्दानी छविअनुसार छेडछाड गर्ने र मस्तीको जीवन बिताउने गरे। यिनी सिंहदरबारमा नबसी आरुनो केशरमहलमै सुरा–सुन्दरीहरूस“ग ज्यादा समय बिताउँथे। उनले बाबुबाट प्रशस्तै खर्च पाउँथे भने शाहजादीले पनि प्रशस्तै दाइजो ल्याएकी थिइन्, जुन केशरशमशेरले केटीहरूको निमित्त उडाए। आरुनो बाबुको २९ वर्षे शासनकालमा यिनले वीर पुस्तकालयबाट अधिकांश किताबहरू ओसारे। शासकको छोरा भएकाले कोही बोल्न सक्तैनथे। नयाँ पुस्तक प्रकाशित हुनासाथ यिनले किन्ने पनि गरेका थिए।
यसका साथै उनलाई बाबु चन्द्रशमशेरलाई जस्तै जुवा खेल्ने सोख थियो। एक पटक चन्द्रशमशेरको उपचारका लागि कोलकात्ताबाट डा. नीलरत्न आएका थिए। चन्द्रशमशेरले उनलाई कौडा हानी जूवा खेलेको देखाउँदा डाक्टरले उनलाई मुटुको रोग भएको र हारजीत हु“दा मुटुमा असर पर्ने भएकोले जूवा नखेल्न सुझाव दिएपछि चन्द्रशमशेर खालमा नबसी परै बसेर च्याँखे थाप्ने गर्थे।
एक दिन प्रधानमन्त्री चन्द्रशमशेर जूवाको खालभन्दा अलि पर बसेका बेला उनले कसले कुन दाउले हान्न लाग्यो भनी प्रश्न गरे। जवाफमा कसैले ‘साहिँला जर्साब (केशरशमशेर)ले पञ्जा दाउले हान्न लागिबक्सेको छ’ भनेछ। चन्द्रशमशेरले तुरुन्तै मेरो तिया दाउमा एक लाख भनेछन्। शायद उनको मनमा यति ठूलो रकम हान्दिन भन्छ भन्ने लागेको थियो होला, तर केशरशमशेरले तुरुन्तै कौडा फालिहालेछन् र मारेछन् पनि। कौडा ९ ठाडा ७ घोप्टा परेर मारेका रहेछन्। यसरी बाबु चन्द्रशमशेरको ठूलो रकम जूवामा मारेको ३÷४ महिनापछि केशरशमशेरले आरुनो ‘केशर महल’मा भव्य बगैंचा निर्माण गराउँदै छ भन्ने कुरा चन्द्रशमशेरले चाल पाएपछि उनले छोरा केशरशमशेरलाई ‘मैले तँलाई दाजुभाइहरूसरह नै बगैंचा बनाइदिएकै छु, यत्रो खर्च गरी बगैंचा किन बनाउन लागिस्? आरुनो हैसियत पनि विचार गर्नुपर्छ’ भनेछन्।
यसरी हप्काएको ३ महिनापछि केशरशमशेरले बुबा चन्द्रशमशेर र कान्छी मुमा बालकुमारी देवीलाई केशरमहलमा निम्त्याए। चन्द्रशमशेर केशरमहलको बगैंचाभित्र पस्नुअगाडि विशाल ढोकाको चारैतर्फ ठूला–ठूला आकारका ९ वटा कौडा उत्तानो र ७ वटा कौडा घोप्टो पारी बनाएको ढोकातर्फ औंल्याउँदै केशरशमशेरले आफ्ना बाबुलाई ‘मैले यसैले यो बगैंचा बनाएको हुँ’ भनी देखाएछन्।
बाबु चन्द्रशमशेरले पनि ‘बनाउन त बनाइछस् तर यस बगैंचाको राम्रो भोग गर्न पाउलास् र?’ भनेछन्। वि.सं. २०२१ मा केशरशमशेरको मृत्युपछि उनको इच्छाबमोजिम केशर पुस्तकालय तत्कालीन श्री ५ को सरकारलाई प्रदान गरियो र आज यो महलमा शिक्षा मन्त्रालयअन्तर्गतका कार्यालयहरू छन्। सँगैको बगैँचा भने गार्डेन अफ ड्रिम्सको नाममा पर्यटकीय केन्द्र बनेको छ। यहाँ शुल्क तिरेर भित्र गएर दिनभर रमाउन पाइन्छ। (शब्द साभार : साधना मासिक)
निकै रोचक कहानी पढ्न पाईयो । लेखकलाई धन्यबाद !
यी सबै नेपाली जनताका सम्पति हुन| केशर काइजर भए|
यो नेपाल मुलुक अचम्मकै छ| जनतालाई कोपरा थपाए, ब्रह्मलुट गरे| तरुनी मोज गरे, जसको छोरी चेली स्वास्नी आमा जोस्कै हुन, देखे पछि चाहि हाल्ने| अनैतिकताको हद| हाडनाता करणी| राणा शासन ढले पनि सम्पति उनीहरु संगै राखे, इन्डियामा लगे र यहाका सम्पति र इण्डियामा जो थिए भोग गर्न पाए|अझ शर्मानाक कुरो त २००७ सालको नाउ मात्रको प्रजातन्त्रमा पनि राणा प्राइम मिनिस्टर नै रहे|
नेपालीको शिर निहुराउने सुगौली सन्धि गरे गराए राणाहरुले| चन्द्रशेखर उपाध्यायको सल्लाहमा| उबेलाको शासकको अलिकति पनि हुति र मति भएको भए बरु खुकुरीले आफ्नो शिर काटेको भए नेपालीको अमर इतिहास हुने थियो| त्वं शरणम भनेर जसलाई म्ह्लेच्छ भन्थे उनैको गोडामा लम्पसार पसारीए| सुगौली सन्धि नेपालको इतिहासको ठुलो कालो धब्बा हो जसले अहिले सम्म पनि बिथोलिरहेको छ| अंग्रेजले भारत छाडेर जाँदा राणाहरुले किन गुमाएका भूभागको दावी गरेर लिन सकेनन? यो एउटा सही पी एच डी गर्ने बिषय हो|
यी सब हुन गएको शाह राजा हरु नालायक, हुतिहारा, विलास्प्रिया र भोगी हुनाले हो भन्ने इतिहासले सिद्ध गरेको छ|
आजका जनताले साँचो इतिहास लेख्नु पर्छ| धुपौरेले बढाई चडाई लेखेको गलत इतिहास होइन|
दरवार र भवन नाउ दिएका ठाउहरु नेपाली जनताका पुर्खाका रगत, आँसु र पसिनाले ओतप्रोत छन|
आज भोलि त्यो सोच्ने फुर्सद कसलाई छ?