Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सन् २०१८ का धेरै पढिएका १० ब्लगहरु

Posted on December 31, 2018 by Salokya

सन् २०१८ विदा भई नयाँ वर्ष सुरु भएको छ। यो वर्ष कस्ता ब्लगहरु धेरै पढिए त? आउनुस् धेरै पढिएका १० ब्लगहरु हेरौँ।

१०) तपाईँलाई थाहा छ? ब्लु फिल्म बोकी हिँडेमात्र पनि एक वर्ष कैद हुनसक्छ
यो वर्ष पुरानो मुलुकी ऐन संशोधन भई नयाँ अपराध संहिता लागू भयो। लागू हुनु एक महिनाअघि लेखिएको ब्लग यो वर्ष सबैभन्दा बढी पढिएको मध्ये १० औँ नम्बरमा रह्यो। अश्लील किताब वा ब्लु फिल्म आफूसित राखे मात्र पनि एक वर्ष कैद हुनसक्ने कानुनबारेको ब्लग थियो यो। ब्लग पढ्न क्लिक गर्नुस्।

९) बीबीसी साझा सवालमा संकट : नारायणपछि विद्याको विदाइ, कसले गर्ला अब कार्यक्रम सञ्चालन?

यो वर्ष सबैभन्दा बढी पढिएका ब्लगमध्ये नवौँ नम्बरमा पर्‍यो वर्षको पहिलो दिन अपलोड गरिएको बीबीसी साझा सवालसम्बन्धी ब्लग। साझा सवालकी प्रस्तोता विद्या चापागाइँले राजीनामा दिएको खबर अरुमा आइसकेको थिएन। यो ब्लग लेख्दासम्म साझा सवाल बन्द भइसकेको थिएन। पछि कार्यक्रम नै बन्द भयो। ब्लग पढ्न क्लिक गर्नुस्।

८) आजदेखि लोग्नेले स्वास्नीलाई ‘उ गरेर उ गरे’ पाँच वर्ष कैद सजाय

वर्षको सबैभन्दा बढी पढिएको मध्ये आठौँ नम्बरमा पनि मुलुकी अपराध संहिता ऐनबारे कै ब्लग पर्‍यो। भदौ १ गतेदेखि लागू भएको यो कानुन अनुसार लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरे पाँच वर्ष कैद गर्ने प्रावधान छ। यो त्यहीबारे ब्लग थियो। ब्लग पढ्न क्लिक गर्नुस्।

७) गैरकानुनी सामानसमेत बेचिने रहेछ भाटभटेनी सुपरमार्केटमा

भाटभटेनी सुपरमार्केट नेपालको नाम चलेको ब्रान्ड हो। काठमाडौँका धेरै ठाउँमा यसका शाखा छन्। काठमाडौँमात्र हैन बाहिर जिल्लाहरुमा पनि यसले शाखा खोलेको छ। यति ठूलो सञ्जाल भएको सुपरमार्केटमा कानुनले रोक लगाएका सामान बेचिन्छ भन्दा पत्यार नलाग्न सक्छ। यो त्यही बारे ब्लग थियो। यो वर्षको सातौँ बढी पढिएको ब्लग पढ्न क्लिक गर्नुस्।

६) भिआइपीको सवारीमा देखिएको यो गाडीको काम यस्तो रहेछ, ११ रमाइला अनुमानसहित


काठमाडौँमा यो वर्ष बिम्स्टेक सम्मेलन भयो। सम्मेलनका क्रममा भिआइपीहरुको सवारीमा एउटा टन्नै एन्टेनाहरु भएको गाडी पनि सँगै गुडेको देखिनयो। यसको काम चाहिँ के रहेछ त भन्ने बारेको ब्लग थियो यो। यो वर्षको टप ६ मा परेको ब्लग पढ्न क्लिक गर्नुस्।

५) श्रीमतीहरु बियर पिउने, श्रीमानहरु अरु केटीसँग रातभर फेसबुकमा च्याटिने : तीन वर्षपछि नेपाल फर्केकी एक महिलाले भोगेको अनुभवको बयान

यो वर्षको पाँचौँ सबैभन्दा बढी पढिएको ब्लगमा शोभना घिमिरेको ब्लग परेको छ। उनले लेखेकी थिइन्- अस्ट्रेलिया अमेरिकाको कार्ड होल्डर भनेपछि +२ गरेका केटालाई पनि मास्टर डिग्री गरेकी छोरी दिने चलन अएछ। धेरै आधुनिक भैसकेछ मेरो देश। बैशख १ गते भन्दा जनवरी १ ठूलो हुन थालेछ। मातातिर्थ औँसी सबैले याद गर्लान् नगर्लान् फेब्रुअरी १४ सबैलाई याद हुन थालेछ। छोराले बुहारी पाएपछि वृद्धाश्रम जाने आमाबुवाको सङ्ख्यामा वृद्धि हुन थालेछ। ब्लग पढ्न क्लिक गर्नुस्।

४) मध्यरातमा प्रधानमन्त्रीका सल्लाहकारले गरेको ट्विट : जानीजानी कि प्रहरीको कारबाही थाहा नभएको?


यो वर्ष धेरै पढिएका ब्लगहरुमा राजनीतिक विषय निकै कम देखियो। त्यसमध्येको एक हो यो। प्रधानमन्त्रीका सल्लाहकारले गरेको हावा वेबसाइटको लिङ्क ट्विटबारेको ब्लग थियो यो। तर वर्षकै चौथो बढी पढिएको ब्लग रह्यो। ब्लग पढ्न क्लिक गर्नुस्।

३) रसिया विश्वकप फाइनलको त्यस्तो दृश्य जुन तपाईँले टेलिभिजनमा लाइभ देख्‍न पाउनु भएन


यो वर्ष विश्वकप फुटबल प्रतियोगिता भयो। विश्वकपबारे धेरै ब्लग लेखियो। तर यो वर्षको टप थ्रीमा आयो फाइनलको यो ब्लग। ब्लग पढ्न क्लिक गर्नुस्।

२) सामसुङको आइफोन बोक्ने मन्त्रीको झुट पक्रँदा एनटिभीको कार्यक्रम बन्द


यो वर्षको टप टेन ब्लगहरुमध्ये राजनीतिक विषयका दुई ब्लगमध्ये एउटा यो पनि हो। सरकारका प्रवक्ताले सम्पति विवरण बुझाउँदा सामसुङको आइफोन लेखेका थिए। त्यसैलाई समेत व्यङ्ग्य गर्दै नेपाल टेलिभिजनको एउटा कार्यक्रम बन्द गरिएको बारेको यो ब्लग थियो। ब्लग पढ्न क्लिक गर्नुस्।

१) मिस वर्ल्ड हेड टु हेड च्यालेन्जमा शृङ्खला सिंगापुरेसित पराजित

सामाजिक सञ्जालमा यो वर्ष मिस वर्ल्डको निकै चर्चा रह्यो। अनलाइन भोटिङबाटै मिस वर्ल्डको ताज जितिन्छ जस्तो गरी हल्ला गरियो। त्यो गलत थियो भनेर एन्टी करेन्ट ब्लग लेखिएको थियो। त्यही ब्लग यो वर्षको सबैभन्दा बढी पढिएको ब्लग हुन पुग्यो। ब्लग पढ्न क्लिक गर्नुस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme