Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशीलाई निःशुल्क, स्वदेशीलाई शुल्क?

Posted on December 19, 2018December 19, 2018 by Salokya

भक्तपुर नगरपालिकाले प्रकाशित गरेको यो सूचना हेरेपछि  झ्वाट्ट सबैको मनमा लाग्न सक्छ- स्वदेशीलाई शुल्क, विदेशीलाई निःशुल्क? अझ स्वदेशी नलेखी ‘सर्वसाधारण जनता’ लेखिएको छ। खास कुरो यस्तो रहेछ।

 

५५ झ्याले दरबार नगरपालिका र पुरातत्व विभागको विवादका कारण विगत २५ वर्षदेखि बन्द थियो। सन् २०१२ सेप्टेम्बर ५ मा बल्ल खुल्ला भएको यो दरबार सन् २०१५ को भूकम्पपछि पुनः बन्द भएको थियो।

अब बल्ल खुला भएको यो दरबारभित्र जान नेपालीले २० रुपैयाँ तिर्नुपर्नेछ। विदेशी पर्यटकलाई चाहिँ किन निःशुल्क त भन्ने लाग्न सक्छ। तर खासमा भक्तपुर दरबार स्क्वायरभित्र प्रवेश गर्न नै विदेशी पर्यटकले शुल्क तिर्नुपर्छ।

विदेशी नागरिकले भक्तपुर दरबार स्क्वायर प्रवेश गर्न १५ अमेरिकी डलर वा १५ सय नेपाली रुपैयाँ तिर्नुपर्छ। सार्क राष्ट्रका  र चिनियाँ नागरिकहरुले भने ५ सय रुपैयाँ तिरे पुग्छ।

यो त भयो ५५ झ्याले दरबारको कुरा। ५४ झ्याले दरबारबारे थाहा छ? थाहा नभए यहाँ क्लिक गरी अर्को ब्लग पढ्नुस्।

आफूकहाँ आउने पर्यटकसँग सेवा शुल्क उठाउने विषयमा भक्तपुर नगरपालिका नै ‘ट्रेन्डसेटर’ बनेको थियो। पोहोर भक्तपुर नगरपालिकामा मेयर जितेका सुनील प्रजापतिलाई भेट्दा उनले सुनाएका थिए, ‘विदेश जाँदा ठाउँठाउँमा जे सानो कुरा हेर्न पनि शुल्क तिर्नुपर्ने हुन्छ। हाम्रो यत्रो नगरमा हेर्ने सम्पदा पनि धेरै छन्। किन शुल्क नलिने भनेर हामीले यो सुरु गरेका थियौँ।’

२०५४ सालको कुरा सम्झिए उनले। त्यतिबेला ६० रुपैयाँ थियो एक डलरको मूल्य। एक डलर उठाइएको थियो।

तर सोचे जस्तो सजिलो भएन।

भक्तपुर नगरपालिकाले यस्तो निर्णय गरेपछि तत्कालीन स्थानीय विकास मन्त्री रामचन्द्र पौडेलले ‘नराम्रो हुन्छ’ भन्ने गम्भीर चेतावनी दिए। पौडेल यस पटकको चुनावमा आफ्नो गृहजिल्ला तनहुँमा पराजित भए। नेमकिपाले भने स्थानीय चुनावमा भक्तपुर नगरपालिकाका सबै वडाका सबै ५० वटै पद जित्यो।

त्यतिबेलाको कानुनमा स्थानीय निकाय भंग गर्ने अधिकार पनि सरकारलाई थियो (अहिले छैन)। भंग हुने जोखिम मोलेर पनि यस्तो निर्णय गर्ने आँट कसरी गरियो त?

‘भंग गरे पनि ६ महिनाभित्र अर्को चुनाव गर्नै पर्थ्यो। कानुनमै त्यही व्यवस्था थियो। अर्को चुनावमा हामीलाई फेरि जनताले चुनिहाल्छन् भन्ने थियो।’

पर्यटकसँग उठाइएको त्यो शुल्क सरसफाइ र विकास निर्माणको काममा खर्च भएको जनताले प्रत्यक्ष देखे। भक्तपुर सफा सहरको नमूना बन्यो। पछि यही मोडल छिमेकी ललितपुर र काठमाडौँ महानगरपालिकाले समेत पछ्याउन बाध्य भयो।

‘हामीले सुरु नगरेको भए अरु कसैले लिने थिएनन्’, उनको ठहर थियो।

9 thoughts on “विदेशीलाई निःशुल्क, स्वदेशीलाई शुल्क?”

  1. Nirmal says:
    January 7, 2019 at 3:01 pm

    बिदेशी ले भक्तपुर प्रवेश गर्न १५ डलर तिर्छन त्यसै बाट मिलान गरेको हुनुपर्छ! धेरै ठुलो issue बनाउन पर्ने त होइन!

    Reply
  2. Saroj Sai says:
    December 27, 2018 at 7:52 pm

    आफ्नै देश बसी लै सुल्क लगाएर नि साध्य हुन्छ? तेइ पनि देश मा कैयो बेरोजगार हरु छन्. एस्तो नियम ले की हुने वाला छैन भक्तपुर मा अनि नेपाल मै.

    Reply
  3. Sarapey says:
    December 23, 2018 at 8:03 am

    नेपाली कामदार भएर जान्छन त्यो पनि America, UK, Japan, Australia?? खाडी भन ठानेर झुकियौ कि क्या हो? नेपालीहरु काम गर्दैमा कामदार भएर गएको चै होइन. Number 1 visa त्यो देशमा Student/Study visa हो, working visa हैन. अनि विदेशमा छोरा छोरी भेट्न , Graduation मा जान, नाति नातिना हेर्न पनि working visa नै हो मित्र? सोधेर हेर्नु, त्यो tourist (Non-working) visa हो.
    visa कुन हो भन्ने कुरा हैन, Local र foreigner लै same service ko किन फरक charge भन्ने कुरा हो.
    के कमाउने , के खाने tension भएको मान्छे घुम्न न जाने नि. Double पैसा कसले लिने भनेको छ र, same service को same price हुन पर्यो नेपालमा पनि भनेको.
    बिदेशी खर्च गर्न आउछन भन्दैमा double हान्न भएन नि मित्र . चोरेर ल्याएको पैसा हैन, पैसा कमौना बिदेशीले पनि पसिना बगौनै पर्छ . यो त लूट हो.

    Reply
  4. madan bajracharya says:
    December 21, 2018 at 9:13 pm

    हामि नेपालि भन्ने सिट उहिलेको नेपालको बाहेक देखाउन लायक कुनै कुरा छैन/ उहिलेको नेपाल सबै नेपालीको नेपाल थियो/ तेसैले उहिलेको नेपालमा जे कुरा बनेको थियो तेसलाई हामीले निसंकोच “हाम्रो” भन्न सक्छौं, कसैलाई देखाउन पाउँदा गौरव मान्न सक्छौं/ बास्तवमा भन्ने हो भने उहिलेको नेपालको उपलब्धि मात्रै नेपाल चिन्हाउने, नेपाल बिस्वमै राम्रो मुलुक भयको देखाउने कुरो बनेको छ/ यस्तो नेपालीको गौरव बढाउने कुरा कसैले हेर्न चाहे पनि शुल्क नलिय सम्हाल्नै नसकिने अबस्था आउनु नै अहिलेको शासक र ब्यबस्था नालायक र हाम्रो नेपाल भन्ने नेपालीको निमित नभयको स्पस्ट गर्छ/

    Reply
  5. Shankar says:
    December 21, 2018 at 6:44 pm

    हरेक देश , ठाउ को अ आफ्न नियम , कानुन हुन्छ | जनता संग उठाइएको पैसा सदुपयोग भए यो निकै राम्रो मान्न पर्छ | पुरातात्त्विक चिज को जगेडा पनि हुने र राम्रो रुप मा ब्यबस्थापन पनि हुने | जनता संग उठाइएको पैसा दुरुपयोग भए यो कार्यक्रम को कुनै अर्थ छैन |
    उदाहरण को लागि मकवानपुर को राजाको दर्बार हेर्न टेम्पो मा गएको जादा २ ठाउमा स्थानीय कर उठाए त्यो उनीहरुको नियमानुसार निश्चित रकम उठाए जायज नै लाग्यो , तर फर्किदा चारबजे तिर चौगड़ा निर ४-५ पुलिस चेक अप भनेर डोरीले बाटो छेकेर बसेको रहेछ |
    उनीहरु लाइसेन्स चेक गर्न बसेको अरे | हाम्रो टेम्पो ड्राइभर सग लाइसेन्स नै रहेनछ , कुरा अनुसार बिगत २-३ बर्स देखि लाइसेन्स नै रोक्का गरेको रहेछ | अरब मा काम गरेर आएर तेही पैसाले बिचरा टेम्पो चलाएर परिवार पाल्न पर्ने | पुलिस थाना मा हिड भन्न थाल्यो , ड्राइभर टेम्पोबाट ओर्ह्ल्यो | पुलिस लाइ कुनामा लगेर खासखुस गर्यो | १०० रुपिया दिएछ पुलिस ले छोडी दियो |
    पछि ड्राइभर ले भन्थ्यो त्यो नियमित चेक नै हैन | साझ परेपछि ४बजेदेखि छ बजे सम्म पुलिस तेसरी बस्छ (, किनकि उनीहरुलाई थाह छ धेरै टेम्पो चालक सग लाइसन्स छैन ,) जब उनीहरुलाई र हाकिम लाइ मासु र रक्सि खाने पैसा उठ्छ , तेस्पछि त्यहा कुनै चेक हुन्न|
    यो चै सरासर बेइमानी हो |

    Reply
  6. प्रविण खत्री says:
    December 20, 2018 at 11:00 am

    अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया जस्ता देशहरुमा धेरैजसो नेपाली टुरिष्ट भएर हैन मीत्र कामदार भएर जान्छन् । त्यसरी कामदार भएर गएकालाई डबल पैसा लियो भने बर्बाद भईहाल्योनि । के कमाउने के खाने ? नेपालीहरु बिदेश केही कमाउन जान्छन् भने भारतीय भन्दा बाहेकका अधिकांश बिदेशीहरु नेपालमा केही खर्च गरौं भनेर नै आँउछन् ।

    Reply
  7. Khadananda Guru says:
    December 19, 2018 at 11:24 pm

    पोहोर भक्तपुर नगरपालिकामा मेयर जितेका सुनील प्रजापतिलाई भेट्दा उनले सुनाएका थिए, ‘विदेश जाँदा ठाउँठाउँमा जे सानो कुरा हेर्न पनि शुल्क तिर्नुपर्ने हुन्छ। हाम्रो यत्रो नगरमा हेर्ने सम्पदा पनि धेरै छन्। किन शुल्क नलिने भनेर हामीले यो सुरु गरेका थियौँ।’

    यो सत्य होइन कि विदेश जादा हरेक ठाउँमा पैसा लिन्छन. जस्तो, Times Square New York , Paris, Australia को Sydney Darling Harbor जस्तो ठाउँ मा Public ठाउँमा गएको पैसा लाग्दैन. हाम्रो तिर चै कसरि tourist लुट्न सकिन्छ भनेर Kathmandu, Lalitpur, Bhaktapur Durbar Square का चारै नाकामा मान्छे बस्चन. Tourist देख्यो कि Dollar छेरायो. हैन कुनै landmark मा गयो भने पैसा लिदा हुन्छ तर Durbar Square मा टेक्यो कि पैसा छेरौन चै हुदैन है. तेही ठाउँमा नेपाली चुरोट खाएर दिन भर बस्दा कुनै पैसा नलाग्ने तर बिदेसी पाइला टेक्यो कि “छेर भालु छेर “. सबै गोरो छाला धनि हुदैनन् .
    अर्को कुरा, एउटै कुरा को price बिदेशीलाई महँगो अनि नेपाली लै सस्तो किन? त्यो Durbar Square बिदेशीले धेरै हेरेर नस्ट हुने हैन, नेपालीले कम हेर्ने हैन. cable car, aeroplane मा बिदेशीले दुइटा seat ओगट्ने हैन तर पैसा चै double लिन्छन .
    धेरैका आफन्त, साथीभाई विदेशमा छन् .सोध्नुस , America, Australia, Europe मा कुन ठाउमा नेपालीलाई Local Resident भन्दा Train, Bus, Aeroplane, Tourist Spot मा बडी charge गर्छ? same service को charge पनि same हुनुपर्छ . हाम्रो सोचाई फराकिलो बनौन जरुरि छ. short term profit हैन long term gain सोच्नु पर्छ.

    Reply
  8. gauri bahadur karki says:
    December 19, 2018 at 4:05 pm

    विदेशीलाइ भक्तपुर नगर प्रवेशमै चारैतिर नाकामा शुल्क लिने गरिएको छ । दरबार परिशरमा शुल्क लिने गरेको होइन । एक महिना आवत जावत गर्न छुट्टै निशुल्क पासले दिने गरेको छ ।

    Reply
  9. प्रविण खत्री says:
    December 19, 2018 at 10:51 am

    बिदेशी नागरिकलाई नगर प्रवेशमै शुल्क लिईएकोले भित्रको चानचुन नलिनु राम्रै कुरा हो तर नेपाली नागरिकले आफ्नै देशको सम्पदा हेर्नको लागि शुल्क तिर्नु पर्ने कुरा चाँही चित्त बुझेन । फेरी त्यसमा पनि भक्तपुरे र नन् भक्तपुरेको कुरा भएको भए अझ बढि अन्याय हुने थियो ।
    जे होस उठाएको पैसाको हरहिसाब चाँही पारदर्शी हुनु पर्‍यो । पुरातात्विक सम्पदा हेरे बापतको रकम कुनै निश्चित ब्यक्ति वा समूहले हिनामिना गर्न नपाउन् जस्को उचित संयन् तयार गर्न पर्‍यो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme