Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारको ताल देखिहालियो, प्रमुख प्रतिपक्षीको पनि हेरौँ न त : यो भिडियो नहाँसी हेर्न सक्नुहुन्छ?

Posted on December 17, 2018 by Salokya


के के विधि सपना देखाएर दुई तिहाई बहुमतको सरकार चलाइरहेको दलको ताल तपाईँहरुले देखिहाल्नुभएको छ। प्रधानमन्त्री र मन्त्रीहरुको ताल देखिहाल्नुभएको छ। अब एक पटक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको ताल पनि हेरौँ न त। विपक्षी दलका नेता शेरबहादुर देउवाको पनि पारा हेरौँ न त। तपाईँलाई चुनौति भो ल, यो भिडियो नहाँसी हेर्न सक्नुहुन्छ?


यो भिडियो नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन सत्रको हो। सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा बैठक शनिबारदेखि सुरु भएको हो। सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाइएको महासमिति बैठकमा एक हजार ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता छ।

के छ भिडियोमा ?

बैठकको उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले सम्बोधन गरिरहँदा सहभागीहरु हल्ला गरिरहन्छन्। देउवाले हल्ला नगर्नुस्, एकछिन चुप लाग्नुस् भन्छन्। तर कसैले टेरपुच्छर लाउँदैनन्। सहमहामन्त्री डा प्रकाशशरण महत नै हल्ला गरिरहेको देखेपछि देउवाको पारो तात्छ। उनले माइकबाटै ओ प्रकाश महतजी भनेर बोलाउँदा पनि महतले ध्यानै दिँदैनन्। अनि उनी कराउँछन् – ओ प्रकाश महत !

‘एकछिन सुन्नुस् न। चित्त नबुझे भोलि भन्नुहोला नि, सुन्नु त पर्‍यो नि। भोलि के भनेर टीकाटिप्पणी गर्नुहुन्छ?’

अनि फेरि माधव नेपालको उदाहरण दिएर उनले राखेको कुरा पनि रोचक छ।

“मेरो विरोध गर्न छुट छ। प्रजातान्त्रिक पार्टी हो मेरो विरोध गर्नुस् केही छैन। मेरो खिलाफमा बोल्न अधिकार छ। तर माधव नेपालभन्दा बढी बोल्नुस् न ओलीको खिलाफमा। माधव नेपालले जति हिम्मत गर्नुस्। ओलीको खिलाफमा अहिले हामीले बोल्नुपर्‍यो नि। माधव नेपालले जति हिम्मत गर्नुपर्‍यो के। मेरो खिलाफमा त बोल्न पाउनु भा छ नि। मेरो खिलाफमा बोल्नुस् मलाई आपत्ति छैन। तर माधव नेपाल जति त बोल्नुस् ओलीको खिलाफमा। बोल्दैनन्। खाली शेरबहादुर ठीक छैन। त्यसो भए ओली ठीक छ त?”

9 thoughts on “सरकारको ताल देखिहालियो, प्रमुख प्रतिपक्षीको पनि हेरौँ न त : यो भिडियो नहाँसी हेर्न सक्नुहुन्छ?”

  1. B.R.Chhetri says:
    December 19, 2018 at 4:16 pm

    छि छि एस्ता थला पर्नु ठिक्क र भिर मात्र खोजिरहने बुढो गोरु जस्ता त नेता अनि अध्यष छन् अनि भुत्राको पार्टी अगाडी बढ्छ बुढेसका लाग्यो अब सक्ति छैन हिड्डुल गर्नु सक्दिन भनेर नै हो पजेरो र लंद्क्रुज़र भित्राएको अजै सम्म पनि येहिको एस्तो पारा कठै बरा बिचार कांग्रेस

    Reply
  2. sher dil says:
    December 19, 2018 at 8:01 am

    बोल्ने तमीज नभाको… “ओइए प्रकाश महत ” रे
    हाहा हाहा हाहा….
    कति हास्नु!

    Reply
  3. Lekhnath says:
    December 19, 2018 at 5:01 am

    Asakhchyam nai rahechan yo Deupa budo.
    Gyanendra le jatti yo clown laai hami nepali le chinna nasakda Nepali congress jasto mahan party le joker paayo sabhapati ma.
    Dhikkar cha

    Reply
  4. cp says:
    December 18, 2018 at 2:17 pm

    जनता लाइ “बढ्ता बोल्दैहुनु हुन्छ ” भन्ने पनि येइ शेरे नै हो…. अहिले फेरी बोल्नुस रे.
    नेपाल सरकार बाट एस्लाई “राष्ट्रिय जोकर” को अवार्ड दिनु पर्छ.

    Reply
  5. कृष्ण पौडेल says:
    December 18, 2018 at 10:58 am

    यिनी 7 पटक सम्म प्रधानमन्त्री हुन्छु भन्दै थे एक ताका !

    Reply
  6. madan bajracharya says:
    December 18, 2018 at 12:02 am

    देउपालाई हाँसोको पात्र अर्थात जोकर जस्तै ठानेर उन्मुक्ति दिने दिलाउनु योग्य र सछ्यम सब्द्को बिपरित अर्थ जनाउने सब्दहरुकै….हुन्छ/ उ कांग्रेसको हो त् कांग्रेसकै पार्तिकाले र आम नागरिकले अनेकौं उपनाम दियकाको सिट तुलना गरेर हेर्यो भने देउपा मात्र देउपा हो र उसलाई कुनै उपनामको दिनै सकिंदैन; तुलना गर्न सकिंदैन/

    उस्ले चुनाव गराउन सकेन र कसै गरेर गरायको चुनावमा पनि कांग्रेसीलाई देसकै चुथ्ठो पार्टी बनायो भन्दैमा मात्रै उ कस्तो हो ठम्याउन सकिंदैन/ किनभने उसले चुनाव गराउन नसकेको पनि काङ्ग्रेसिकै कारणले हो भने उसले गरायको चुनावमा उसको पार्टी देसकै चुथ्ठो पार्टी बनेको पनि बिगतमा देसमा सबै भन्दा लामो समय सम्म पटक पटक सत्ताको नेतृत्व गर्ने अवसर पाउँदा पनि उनीहरु नागरिकहरुले उपेछ्या गरे अनुसार कार्य गर्न नसकेकोले नै हो/ त् चुनाव हारेकोमा मात्र देउपा दोषी छैन/

    देउपा अहिले गिरिजा र सुसिल बसेको कुर्सीमा बसेकोछ/ देउपालाई गिरिजा र सुसिल सिट तुलना गर्ने हो भने कहा “कालापानी हाम्रो हो भन्ने गिरिजा” कहा भारत सिट झुकेर संबिधान बनाउन नमान्ने यमालेलाई पनि आफ्नो नीति मान्न लगाउन सक्ने सुसिल कहा भारतले नाकाबन्दी गर्यो भनेर फ़ुस्फ़्याउन समेत नगर्ने देउपा!!!/

    Reply
  7. प्रविण खत्री says:
    December 17, 2018 at 4:23 pm

    सत्ता बाहिर रहनु पर्दाको पिडा सत्ताको स्वाद पटक पटक चाखेकालाई मात्र थाहा हुन्छ । बिचरालाई किन जोकर बनाएको होला ।

    Reply
  8. Prashant says:
    December 17, 2018 at 7:38 am

    Satta मोह अपरम्पार
    Dhatt

    Reply
  9. Shankar says:
    December 17, 2018 at 6:10 am

    यो धनबहादुर गरिब भए जस्तै , बुद्दिबहादुर चार क्लास फेल भए जस्तै , बुद्दरत्न कसाइ भए जस्तै , सेर बहादुर भन्नाले के बुझिन्छ ?

    देश लाइ प्वाल पार्ने उहा पनि एक हो | सांसद बेन्कक पठाउने , सांसद लाई पजेरो सेवा उपलब्द गराउने , नेपालि कांग्रेस लाइ लग्बग सुन्य अबस्थामा झार्ने उहाको योगदान अतुलनिय छ | ज्ञानेन्द्र ले असक्ष्य्म भनेर घोसना गर्दा लाग्छ सायद ज्ञानेन्द्रले उनको जिबन कै ठुलो र शाचो अभिव्यक्ति दिएकी ?
    आली अलि तातो झोल ले छोएपछि , उनि तातेको हेर्न लायक सिन देखिन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme