Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओप्पा गंगनम स्टाइल भन्दै लोप्पा खुवाएको दिन याद छ कि बिर्सिनुभो?

Posted on December 17, 2018 by Salokya


हल्ला गरिए अनुसार ओप्पा गंगनम स्टाइमल गीत गाउने गायक पिएसवाई (साइ) नेपालमा आएको भए यति बेला कन्सर्ट सकिसकेको हुन्थ्यो। डिसेम्बर १५ (शनिबार) मा उनको कन्सर्ट रेडियो नेपालको ग्राउन्ड, खुमलटारमा हुने भनिएको थियो। युवायुवतीहरु के-पपमा उफ्रँदै नाच्दै गरेको खबर कति धेरै मिडियामा आइसक्थ्यो यतिबेलासम्म। साइ काठमाडौँमा कता-कता घुमे भन्ने पनि न्युज आइसक्थ्यो। तर के गर्नु, ओप्पा हैन लोप्पा खुवाइदिए सबैलाई। झुक्याएका पो रहेछन् आउने भनेर।

त्यसो त तीन हप्ता अघि नै दक्षिण कोरियाली राजदूतावासले अनाउन्समेन्ट गरिसकेको थियो- दूतावासले काठमाडौँमा साइ कन्सर्ट आयोजना गर्न लागेको छैन न हाम्रो यो आयोजनासित कुनै सम्बन्ध छ। त्यसपछि नै ओप्पा हैन लोप्पा खुवाउन लागेको पो रैछ भन्ने प्रष्ट भइसकेको थियो।

दक्षिण कोरियाली राजदूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको थियो-

तर पनि १५ डिसेम्बर नहुन्जेल त फ्याट्टै केही चमत्कारै गरेर ल्याइहाल्लान् कि भनेर पनि बेनेफिट अफ डाउट त दिनै पर्‍यो। त्यहाँमाथि केलाई चाहियो धन भन्दै मन मगन गाइरहेका दीपक बज्राचार्यसमेत साइसित कन्सर्ट गर्न पाइने भो भन्दै मिडियालाई अन्तर्वार्ता दिइरहेका थिए।

आयोजकका रुपमा कुनै संस्था अगाडि आएको थिएन। एक जनाले फेसबुकमा भने लेखेका थिए। उनी थिए जनक गौतम

पछि उनले त्यो स्टायटस फेसबुकबाट डिलिट गरेका थिए। उनको फेसबुकका अरु फोटोहरु हेर्दा केपपको टप स्टारलाई नेपाल बोलाउन सक्लान् त भन्ने प्रश्न उठेको थियो।

यसअघि माइसंसारमा साइ नेपाल आउनेमा शंका छ भन्दै लेखिएको ब्लगपछि गौतमले काजी गुरुङ नामका एक नेपाली र कोरियनले मिलेर साइले अधिकार दिएको म्यानेजमेन्ट कम्पनीसँग एग्रिमेन्ट गरिसकेको र छिट्टै प्रेस मिट गर्न लागेको दावी पनि गरेका थिए।

न पत्रकार सम्मेलन भयो, न साइ नेपाल आए, न काजी गुरुङ नाम गरेको नेपाली को रहेछ भन्ने पत्तो लाग्यो।

खासमा ओप्पा गंगनम स्टाइल आउँछ भन्दै सबलाई लोप्पा खुवाउने काइदा चैँ गज्जपै हो यिनको। फेरि लोप्पा नखाने भए यस्ता कुरा कतै आउँदा फ्याट्टै नपत्याइहाल्नुस् है !

1 thought on “ओप्पा गंगनम स्टाइल भन्दै लोप्पा खुवाएको दिन याद छ कि बिर्सिनुभो?”

  1. प्रविण खत्री says:
    December 17, 2018 at 4:26 pm

    टिकट बेचेर पोईसो चै कति कुम्ल्याउन भ्याए ठगहरुले ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme