Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महेशले जिते वर्ल्ड बडी बिल्डिङ च्याम्पियनसिपमा गोल्ड मेडल, तर राष्ट्रगान बज्यो ‘श्रीमान् गम्भीर नेपाली…’

Posted on December 16, 2018 by Salokya


थाइल्यान्डको च्याङमाईमा भइरहेको १० औँ वर्ल्ड बडी बिल्डिङ च्याम्पियनसिपमा नेपालको झण्डा फहरिएको छ। नेपालका महेश महर्जनले पुरुष ७५ केजीमा स्वर्ण पदक जितेका हुन्। १२ खेलाडी सहभागी यो स्पर्धामा भारतीय खेलाडी दोश्रो भए। त्यस्तै सिंगापुरका खेलाडी तेश्रो भएका थिए।

नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो। गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० सेमी. मा रजत पदक जितेकी थिइन्।

तर स्वर्ण पदक जितेपछि नेपालको राष्ट्रगानको धून बजाउँदा भने सयौँ थुंगा फूलका हामी… को नबजाई पुरानो राष्ट्रगान ‘श्रीमान् गम्भीर नेपाली…’ पो बज्यो। राष्ट्रगान नयाँ बनिसक्यो भनेर जानकारी आयोजकलाई नदिने को होला?

हेर्नुस् भिडियो-

महेशको बडी

12 thoughts on “महेशले जिते वर्ल्ड बडी बिल्डिङ च्याम्पियनसिपमा गोल्ड मेडल, तर राष्ट्रगान बज्यो ‘श्रीमान् गम्भीर नेपाली…’”

  1. Saroj Sai says:
    December 27, 2018 at 11:59 pm

    महेश हाम्रो देश को सछ सन् हो. एस्तो प्रतिभाहरु लै अगाडी बदौनु पर्दछ. साची नेपाल अहिले हालसालै चिनाउने बेक्तित्त्व महेश हुन् जुन बोद्य्बुइल्दिङ्ग मार्फत उहाले गर्नु भयो.

    Reply
  2. madan bajracharya says:
    December 22, 2018 at 4:11 am

    राजनज्यु
    नेपालमा हामीले आज सम्म राजतन्त्र मात्रै देखे भोगेका छौं; प्रजातन्त्र र लोकतन्त्र सुनेको मात्रै छौं/ सहि प्रजातन्त्र र साँच्चैको लोकको निमित लोकले नै शासन ब्यबस्था चलाउने लोकतन्त्र राम्रोमा राम्रो राजतन्त्र पनि राम्रो हुनसक्दैन/

    मित्र राजन २००७मा नेपालीले हटाउन चाहेको मोहन शमशेरलाईनै भारतको रोहवरमा फेरी पनि प्रधान मन्त्रि बनायर भारतमै जन्मेको हुर्केको नेपालको रानातन्त्रको बिरोध गरेकोमा गंगालालहरुलाई मृत्य दण्ड दियको बेला सम्म यक सब्द नबोल्नेहरुको मन्त्रि मण्डलको बैठक समेत भारतको राजदुतको उपस्थ्तिमा मात्रै गर्ने नेपालको सार्वभौम अधिकारमै बन्देज लगाउने सन् १९५०को सन्धि गर्ने र नेपालको उतर सिमानामा ब्व्हारताको सैन्य चौकी राख्न दिनेको ब्यबस्था प्रजातन्त्र हुने सक्दैन, त्यो त् अघोसित भारतको उपनिवेस तन्त्र थियो/

    २०४४/४५मा भयको परिबर्तन पनि तेस्तै हो/ नेपालको भूमिमा जवर्जस्ती टनकपुर बाँध बनादै गरेकोमा भारतलाई अन्तरास्ट्रिय अदालतमा उभ्याउने भनेर नेपाल सिट अनुमति समेत नालियर बनाउंदै गरेको बाँध भत्कायर भागेको थियो भारत/ भारत सीताको नेपालको ब्यापार घाटाको प्रमुख कारण भारत सितै मात्र पेट्रोलियम प्रदार्थ किन्नु पर्ने बाध्यता प्रमुख कारण थियो/ त् नेपालले नेपालकै भूमिमा पेट्रोलियम प्रदार्थ उत्खनन गर्न थाल्यो/ भारतले नेपालमा पेट्रोलियम प्रदार्थ उत्खनन गर्न आवस्यक भयको सामानहरुलाई भारतको कलकत्ता बन्दरगाहमा रोकेर नाकाबन्दी गर्दै नेपालमा नेपालले पनि भुटानले भारतलाई आफ्नो श्रोत सबै सुम्पने सम्झौता गरे झैँ सम्झौता गर्न दवाव दियो/ नेपालले मानेन/ तेही बेला नेपालि कांग्रेसले नेपालमा आन्दोलन गर्यो/ आन्दोलन सफल पनि भयो र नेपालमा राजा संबैधानिक हुने प्रजातन्त्र स्थापित भयको भनियो/ तर त्यो व्यबस्थाको प्रथम निर्वाचित प्रधान मन्त्रि गिरिजाले सबै भन्दा पहिला अबैधानिक तरिकाले नेपालको भूमिमा भारतलाई टनकपुर बाँध बनाउन दिने र नेपालले लगभग लगभग पेट्रोलियम प्रदार्थको उत्खननमा सफल भै सकेको उत्खननको कार्य मात्रै बन्द गरेनन पेट्रोलियम प्रदार्थ निकाल्न खनेको तेल कुवाहरु समेत पुर्यो/ त् के २०४५को ब्यबस्था प्रजातान्त्रिक ब्यबस्था थियो बा भारतको पाउ नमोल्नेको बिरोध?

    अब अहिलेको लोकतन्त्रको कुरा/ लोकतन्त्र भनेको शासन ब्यबस्था जान निर्वाचित सदनको अधिकार नै सर्वोच्च हुने ब्यबस्था हो/ ठुला दलको ठुला नेताहरुको कोठे सहमतिमा ल्याप्चे लगाउन बाध्य हुने सदन हुने ब्यबस्था होईन/ फेरी नेपालमा यस्तै लोकतन्त्र चाहिन्छ र नेपालको संबैधानिक राजतन्त्र उन्मुलन गर्नु पर्छ भनेर मावोबादिले पनि भनेको थियन नागरिकले पनि तेस्तो आवाज उथायको थियन/ तेतिबेला मावोबादी सिट दिल्ली सम्झौता गर्ने सात दलहरु सबै नेपालको संबैधानिक राजतन्त्रको समर्थक मात्रै होईन प्रसंसक नै थिय/ त् यो नागरिकहरुले खोज्दै नखोजेको तर दिल्लीले चाहेकोले लादेको ब्यबस्था लोकतन्त्र हुन् सक्छ?

    राजन ज्यु हाम्रो दुर्भाग्यनै हो कि हामि सिट खराव मा कम खराव स्विकार्ने बाहेक अर्को बिकल्प नै भयन/ त् कुन कम खराव हो उहिलेको राजतन्त्र बा २००७, २०४५ को र अहिलेको?

    Reply
  3. सरद says:
    December 21, 2018 at 2:28 pm

    माकसम यो अजासु बदन मज्राचार्य जी लाई माने* . हर कुराको जानकार हुनुहुन्छा. थाहा नभएको कुरै छैन. हित मुन्छे हो की पेन्टियम कम्प्युटर?

    Reply
  4. jio says:
    December 19, 2018 at 9:27 am

    विदेशमा खेल्न जाने खेलाडीले पनि त्यति कुरा ध्यान दिनुपर्छ कि आफ्नो मुलुकको राष्ट्रिय गान कुन हो । अनि देशको राष्ट्रिय गानको समेत ज्ञान नहुनेलार्इ राज्यले के गर्नुपर्ने हो र?

    Reply
  5. प्रविण खत्री says:
    December 17, 2018 at 4:32 pm

    भुतपू्र्व भैसकेको एउटा संस्थाको भुतरुपी राष्ट्रिय गानको रेकर्डिङ्ग बज्दा मुटुमा ढ्याङ्ग्रो बज्ने अहिलेका शासक र तीनका आसपासेहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । उहाँहरुको मानसिक स्वास्थ यथासिघ्र नर्मल होस ।

    Reply
  6. Shankar says:
    December 17, 2018 at 9:05 am

    थाइल्याण्ड मा राजतन्त्र छ उसै हुनाले राजा वाला रास्ट्र गीत चै सक्कली रात्स्त्र गीत भनि ठाने होलानी मुला साग हरुले |
    गीत जुन बजे नि महेस ले जित्यो . त्यो हामारा लागि खुसि को कुरा भो |

    Reply
  7. zekar says:
    December 17, 2018 at 6:20 am

    यो महेश्वोर्को पहिलो अन्तरास्ट्रिय स्वोर्न पदक होइन , यो उसको दोस्रो अन्तरास्ट्रिय स्वोर्न पदक हो| पहिलो अन्तरास्ट्रिय स्वोर्न पदक भुटान मा जितेको थ्यो |

    Reply
  8. उज्ज्वल तामांङ् says:
    December 17, 2018 at 12:43 am

    महेशजीलाई धेरै हार्दिक वधाई| हामी नेपालीलाई गौरवान्वित बनाउनुभयो| निरन्तर मेहनत र डिसिप्लेनको फल हुन| उत्तरोत्तर प्रगतिको कामना गर्दछु|

    Reply
  9. madan bajracharya says:
    December 17, 2018 at 12:05 am

    रास्ट्रिय गान राजा बा प्रजा आफैले गाउन्दैन/ रास्ट्रिय गान बजाइन्दा राजा बा रास्ट्रपति समेतले शिरमा हात राखेर सलामी गरिन्छ/ हामीले सुने देखेकै कुरा हो राजाको पालामा “श्रीमान गम्भीर गम्भीर…” बजाइन्दा राजाले पनि शिरमा हात राखेर सलामी दियाकै थियो, अहिलेकोले नाम रास्ट्रपति दीइयकाले पनि तेस्तै गर्छ/ यसले स्पस्ट सिट रास्ट्रीय गानले देस र देसको सबै भन्दा उच्च कुर्सीमा बस्ने व्यक्ति कस्तो हुनु पर्छ भनेर नागरिकले अपेछ्या गरेको जनाउँछ/ त् राजाको पालाको “श्रीमान गम्भीर..” मा श्रीमान गम्भीर भनेको श्री बिरेन्द्र बा ज्ञानेन्द्र गम्भीर होईसिञ्छ भनेको होईन उनीहरुले ओगटेको गद्दीमा बस्ने कस्तो हुनु पर्छ भनेको हो/ त्यो गीतमा “…..प्रचंद्र प्रतापी भूपति” भन्ने पंक्ति पनि छ/ यसको अर्थ पनि रास्त्रियता देसको सार्वभौम सत्ताको मुद्दामा रास्ट्रको उच्च कुर्सीमा बस्ने सम्झौता गर्ने झुक्ने हुनु हुँदैन भन्ने बुझाउञ्छ/ तेस्तो रास्ट्रिय गान अहिले पनि बजाइन्दो हो भने रास्ट्रको उच्च पदमा कसैको गहनाको रुपमा मात्रै प्रतिस्थापन गरियको निम्कित त् व्यंग नै हुन् जान्छ/ त् हामीले मान्ने पर्छ कि बुद्धि पुर्यायरै अहिलेकोलाई पायक नपर्ने भयकैले राजाको पालाको रास्ट्रिय गान बन्द गरायको देखिन्छ/ त् किन बजायको होला त्यो अहिलेको नेपालको राजा बा रास्ट्रको उच्च पदमा बस्नेलाई फेरी अर्को त्रिभुवन बनायर आफु श्री ३ बन्नेको सरकार चलेको बेला?

    Reply
  10. Sunil, London says:
    December 16, 2018 at 2:28 pm

    नेपालमा गणतन्त्र अफाप भयो भन्ने कुरा दिन दिनै सुनिन्छ , विदेशी हरुले पनि त्यस्तै सोच्न थालेजस्तो छ है, त्यसैले उनीहरुले “राजतन्त्र” वाला राष्ट्रिय गीत बजाई दिएर तिमीहरुको लागि सहि “तन्त्र” यहि नै हो भनेर नेपाली हरुलाई सचेत हुन आग्रह गरेका हुन् कि ?

    Reply
    1. राजन says:
      December 17, 2018 at 11:53 am

      राजतन्त्र चैं फाप भएको हो नेपालमा ?
      प्रजातन्त्र चैं कसरी अफाप भएछ कुन्नि?

      Reply
  11. Amrit says:
    December 16, 2018 at 9:16 am

    Je bhayeni ramailo lagyom

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme