Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपराष्ट्रपति गाडी बिना पैदल हिँडे रे, कति दूरी रहेछ नापेको, यस्तो रैछ

Posted on December 15, 2018 by Salokya

शुक्रबार एउटा अचम्मैको समाचार आयो। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आफ्नो कार्यालयबाट हिँडेरै एउटा कार्यक्रममा उपस्थित भएछन्। राष्ट्रपतिले विलासी गाडी किन्न लागेको, त्यसका लागि सरकारले करोडौँ रकम दिइसकेको, त्यसको विरोधमा युवाको समूहले एक एक रुपैयाँ भिख मागेर खेलौना गाडी राष्ट्रपति कार्यालयमा बुझाउन जाँदा फोटो खिचेको भनी फोटो पत्रकारलाई झ्यानाकुटी पारेको जस्ता खबर आइरहेको बेला उपराष्ट्रपति बुलेट प्रुफ गाडी र सडक जाम नगरी पैदल हिँडेको खबरले अचम्म लाग्नु स्वभाविक हो। कति दूरी चाहिँ पैदल हिँडेका रहेछन् त? यसो गुगल म्यापबाट नापेको त यस्तो देखियो।


उपराष्ट्रपतिको कार्यालय कान्तिपथमा निर्वाचन आयोग नजिकै छ। त्यहाँबाट उनी लायन्स क्लबको कार्यक्रममा सहभागी हुन शुक्रबार कार्यालयबाट हिँडेरै जमलस्थित होटल एलो प्यागोडा पुगेका रहेछन्।

सीधा धर्को तानेर नाप्ने हो भने यो दूरी २ सय मिटरको हाराहारीमा रहेछ।

गाडी नै लगेको भए पनि एक छिन गाडी रोकेर बाटो क्रस गरी होटल छिर्न धेरै समय नलाग्ने ठाउँ रहेछ। यहीँको त्यहीँ त्यति पैदल हिँड्दा पनि राम्रो प्रचार गर्ने उपराष्ट्रपतिका सल्लाहकारलाई चाहिँ मान्नै पर्ने हो। राष्ट्रपतिका सल्लाहकार जस्ता हैन रहेछन्, जो त्यत्रो आलोचना हुँदा पनि चुइँक्क बोल्दैनन्। राष्ट्रपतिको छवि जस्तोसुकै होस् मतलबै नभएको जस्तो।

 

1 thought on “उपराष्ट्रपति गाडी बिना पैदल हिँडे रे, कति दूरी रहेछ नापेको, यस्तो रैछ”

  1. विवेक says:
    December 17, 2018 at 12:32 am

    राम्रो कामको थालनी मानौ| पेटीमा हिंड्नेलाई दुख शास्ती नदिई यसो गरे थप असल हुन्|
    एकातिर अर्का आफुलाई गरिब शोषित जनताका प्रतिनिधि भन्ने पुनले सरकारी आवासमा बस्दा बस्दै पनि लाजै पचाई डेरा भाडा हसुरेको समाचार घन्किरहेको बेला उपराष्ट्रपति पुनको यो कदम उत्साहजनक खबर हो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme