Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक-एक रुपैयाँ भिख मागेर राष्ट्रपतिलाई किनेको गाडी यस्तो रहेछ

Posted on December 13, 2018 by Salokya

राष्ट्रपतिको सवारी चलाउनका लागि १८ करोड रुपैयाँका गाडीहरु किन्न लागेको खबर आएपछि असन्तुष्ट युवाको समूहले गाडीका लागि पशुपतिमा एक-एक रुपैयाँ भिख माग्न बसेका थिए। त्यसरी भिख माग्दा जम्मा उठेछ २ हजार ३ सय ५० रुपैयाँ। त्यही पैसाबाट उनीहरुले यस्तो नमूना गाडी बनाए। 

रिमोटले चल्ने गाडीलाई नउनीहरुले टेप सेट लाएर कालै बनाए। अनि छेउमा एउटा झण्डा गाडिदिए।

अब यो गाडी कसलाई बुझाउने त? सुरुमा उनीहरुले काठमाडौँका सिडिओलाई बुझाउन खोजे। सिडिओ रामप्रसाद अाचार्यलाई पर्‍यो आपत। उनले म व्यस्त छु, सहायक सिडिओलाई भेट्नू भनेर पठाइदिए।

सिडिओले सहायकलाई भाउँतो पन्छाइदिए। सहायकलाई के गरौँ के गरौँ भयो। सहायक सिडिओले मैले गाडी बुझ्न मिल्दैन, सिडिओलाई नै भेट्नु भनेर फर्काइदिए।

त्यसपछि यज्ञ ढकाल, विक्रम केसी, सविन अधिकार र रियाज अर्याल राष्ट्रपति निवास शितल निवासमा गाडी बुझाउन भनी गए।

दुई तिहाईको सरकार भएको बेला राष्ट्रपतिलाई व्यङ्ग्य गर्न आउने? अझ त्यसको फोटो खिच्न आउने?

देशसञ्चार अनलाइनकी फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पत्रकार हुँ भनेर प्रेस पास देखाउँदा देखाउँदै पनि लगेर महाराजगञ्ज चौकीमा हुलिदिए। विरोधमा फोटो पत्रकारका संगठनहरुले विज्ञप्ति निकाले। त्यसपछि तीन घण्टा हिरासतमा राखेर छाडिदिए।

एक रुपैयाँ भिख मागेर किनेको गाडीले गरेको व्यङ्ग्य राष्ट्रपति माझ पुग्यो होला कि नाइँ? राष्ट्रपतिलाई त आफूले इलेक्ट्रिक गाडी चढ्न थालेको भएर कार्बन उत्सर्जन कमीमा योगदान भएको भाषण गर्दै फूर्सद पो छैन कि !

 

3 thoughts on “एक-एक रुपैयाँ भिख मागेर राष्ट्रपतिलाई किनेको गाडी यस्तो रहेछ”

  1. Binod Raut says:
    January 2, 2019 at 3:30 pm

    Hamro desh ma k huna lageko ho…..jun jogi aayeni kamai chiriyeka bhanejhai xa….everybody want things for themselves.

    Reply
  2. madan bajracharya says:
    December 15, 2018 at 10:38 pm

    सबै कुरा भारतको नक्कल गर्नेहरुले भारतको नेताहरुले भारतमै बनेको गाडी चढे जस्तै नेपालमै बनेको गाडी किन चध्दैनन; नेपालमा गाडी बनाउने कारखाना अहिले बन्द भयकोले हो? यदि यसो हो भने भारतले जस्तै नेपालमा पनि बिदेशी पार्ट जडान गरेर गाडीहरु बनाउंदै आयको कारखाना किन बन्द भयो; कसले बन्द गर्यो? यदि त्यो कारखाना आज बन्द नगरेको भय नेपालमा नेपालमै बनेको गाडीहरु गुडिरहेको हुन्थ्यो र भारत सिट भैरहेको खरवौको ब्यापार घाटा अरवौमा झरी सक्थ्यो बा ब्यापार घाटानै हुँदैनथ्यो/
    महँगो गाडी चढे मात्रै सम्मानित हुने हुँदैन भनेर साइकल मात्रै चढ्ने मदन भण्डारीले नै प्रमाणित गरि सके; यो कुरा अरुलाई बुझाउनु परेको भय आस्चर्य र उदेक लाग्दो हुने थियन तर ……खै के भनु?
    उहिले नेपालमा नेपालीलाई आबस्यक भयको बस्तु बनाउने बा जडान गर्ने उद्योगको उत्पादनमा अन्तशुल्कमा छुट दियको थियो/ तेसैको कारणले नेपालमा बनेको गाडीहरु भारत बात आयात हुने गाडी भन्दा सस्तो भयकोले व्यापारमा राम्रै प्रगति गर्दै आयको थियो/ तर जसरि भय पनि नेपाल र नेपालीलाई भारत आश्रित बनाउनकै निमित प्रधान मन्त्रि बनेकाले भारत बात आयात हुने गाडीमा लाग्ने भन्सार भन्दा नेपालमा बनिने गाडीमा दोव्वर भन्दा बढी अन्तशुल्क लगायर उद्योगनै बन्द गर्न बाध्य बनायो/ उसले तेस्तो कुकार्य नगरेको भय आज नेपालको सडकमा भारतको होईन नेपालमै बनेको गाडीहरु मात्रै गुडिरहेको हुन्थ्यो/ यस्तो गर्न सोच्नु छैन मात्र ……../

    Reply
  3. Shankar says:
    December 14, 2018 at 6:50 am

    हैन गाडी मा सेतो मार्कर ले मर्सिडिज बा बि यम डब्लु को लोगो पनि बनाइदिएको भए झन् स्ट्यान डर्ड देखिन्थ्यो |
    नोट : नेपाल भन्ने एस्तो देश छ जहा दुर्गम इलाका मा कत्तिले आज पनि ज्वोरो आउदा सिटामोल को मुख देख्न न पाई मोर्नु पर्छ | हिजो भुकम्प ले कति को घर भत्केर अझै बिचल्ली मा छन् , छानो छैन | त्याहा को नब सामन्त धनाड्य को चाहना देखियो हिजो को राजा रानी जस्तै स्ट्याल र अत्याधुनिक गाडी हरु | त्यहि सन्धर्भ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme