-रविन्द्रप्रताप शाह, पूर्व आइजी-
कुरो २०६९ जेठ १८ गतेको हो। कुनै मिटिङमा भाग लिन म प्रहरी प्रधान कार्यालयबाट निस्केको मात्र थिएँ, फोनको घण्टी बज्यो। फोनको त्यो घण्टीले कुपनडोल स्थित युएन पार्कमा भर्खरै सर्वोच्चका बहालवाला न्यायाधीश रणबहादुर बमलाई गोली हानिएको जानकारी गरायो। त्यति हाइ प्रोफाइ को व्यक्तिलाई राजधानीमै दिनदहाडे गोली हानिएको अविश्वसनीय थियो। म त एक छिन अकमक्क नै परे र अरू कुरा सुन्दै नसुनी सिधै युएन पार्कतिर हानिए।
घटनास्थल पुग्दा कोही पनि भेटिएनन्, सबैलाई नर्भिक अस्पताल लगिसकिएको थियो। स्थानीय केही व्यक्तिहरूसँग बुझ्दा बङ्गलामुखी माताको दर्शन गरी फर्केर कार्यालयतर्फ जॉदै गर्दा केही मोटरसाइकलमा आएका केही व्यक्तिले न्यायाधीशलाई मात्र नभै सोही गाडीमा सवार अन्य २/३ जनालाई पनि गोली हानिएको रहेछ। टार्गेट न्यायाधीश नै थिए भन्नेमा कुनै शङ्का रहेन, अरूलाई साइलेन्ट गराउन मात्र हानिएको थियो।
त्यसपछि म सोझै नर्भिक अस्पताल पुगे। त्यहॉ तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी लगायत सर्वोच्चका प्राय: सबै जसो न्यायाधीशहरुको उपस्थिति थियो। सबैको अनुहारमा आक्रोश, डर र आश्चर्यको मिश्रित भावहरू थिए। प्रधानन्यायाधीश खिलराज रेग्मीसँग मैले “तराई/मधेस घटना छानबिन आयोग”मा बसेर काम गरिसकेको कारणबाट राम्रै सम्पर्क थियो। उहॉले मलाई राम्रै पुलिस अफिसर मान्नु हुन्थ्यो।
त्यस घटनामा प्राय सबै न्यायाधीशहरुले ठुलै(राजनैतिक) शक्तिकेन्द्रको हात रहेको अनुमान गर्दै Nepal Police ले अनुसन्धान गर्न नसक्ने सोचाई रहेको पाए। मलाई खिलराज रेग्मीज्यूले अप्रत्यक्षमा सबै न्यायाधीशहरुको सोचाई बताउँदै “Nepal Police लाई अनुसन्धान गर्न अप्ठेरो पर्न सक्ने भएकोले आयोग नै गठन गरी अनुसन्धान गर्दा के होला ?” भनेर सोध्नु भयो।
मैले उहॉलाई, “श्रीमान्, जतिसुकै ठुलो आयोग गठन गरे पनि अनुसन्धान गर्ने Nepal Police ले नै हो, मलाई यो घटनामा कुनै शक्तिकेन्द्रको हात छ जस्तो पनि लाग्दैन र रहेछन् भने पनि Nepal Police ले कुनै दबाब र प्रभावमा नपरी अनुसन्धान गर्ने हैसियत राख्छ, हजुरहरूले अन्यथा सोच्नु पर्दैन ” भनेपछि, उहॉले फेरी सोध्नु भयो, “तपाईँलाई यो घटनाको अनुसन्धान गर्न कति दिन लाग्छ ?”
मैले भने “अनुसन्धान गर्न यत्ति नै समय लाग्छ भनेर किटानी त गर्न सकिँदैन तर पनि मलाई १५ दिनको समय चाहिन्छ उहॉले फेरी सोध्नु भयो, “१५ दिन भित्र पत्ता लागेन भने के गर्नु हुन्छ ?” मैले पनि, “त्यो अवधि भित्र पत्ता लगाउँछु, सकिन भने म आफै श्रीमान् कहॉ आएर आयोग गठन गर्न सुझाव दिन्छु “ यसलाई उहॉले सकारात्मक रूपमा लिनुभयो।
म कार्यालय फर्केर म पछि हुनेवाला IG कुवेर सिंह राना, DIG उपेन्द्र अर्याल लगायत अनुलंधानमा राम्रा भनी चिनिएका उपत्यकामै कार्यरत प्रहरी अधिकृतहरूको Team गठन गरेर अनुसन्धान सुरु गरियो। Nepal Policeको क्षमतामा पुरा विश्वास थियो।
खुब मिहेनत गरियो, रात रातभर काम गरियो, सम्भव भएसम्म सबै प्रविधि र श्रोत उपयोग गरियो। तर, केही सिप लागेन। १५ दिन पनि सकियो।
उहॉहरुले शक्तिकेन्द्र उपर शङ्का गर्नु भएकोले त्यसको निवारणको निम्ति पनि म आफै गएर प्र. न्या. खिलराज रेग्मीज्यूकहॉ गएर, “श्रीमानसँग मागेको समयमा मैले अनुसंधानगर्न सकिन, आयोग गठन गर्नु भए हुन्छ”
आयोग गठन भयो, मैले पनि ३ महिना पछि अनिवार्य अवकाश पाए। आयोगले आफ्नो प्रतिवेदन पनि बुझायो तर प्रधानन्यायाधीश बमज्यूको हत्याको गुत्थी सुल्झिएन। अबकाश हुँदासम्म त्यस घटनाको अनुसन्धान पुरा गर्न नसकेकोमा मलाई पछि सम्म पनि खिन्न अनुभव भइरह्यो।
म पछि, कुवेर सिंह राना IG भएर १३ महिना बिताए। उनको पालामा पनि उक्त हत्याकाण्डको अनुसन्धान पुरा भएन, मलाई लाग्छ २ वर्ष भन्दा पछि गएर मात्र Nepal Policeले उपेन्द्र अर्याल IG भएको समयमा उक्त हत्याको गुत्थी सुल्झाउन सक्यो। तर, सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरु र आम जनताले सोचेको जस्तो कुनै पनि शक्तिकेन्द्रको संलग्नता भेटिएन।
त्यसैले,
-अधिकांश चर्चित घटनाहरूमा आम मानिसको राय भन्दा अनुसन्धानको निचोड बिलकुलै फरक देखिएको हुन्छ।
-कुनै पनि आपराधिक घटनाको अनुसन्धान दबाब र प्रभावमा हुन सक्दैन।
-दबाब र प्रभावमा गरिने अनुसन्धानले कहिलेकॉही वास्तविक अपराधी उम्किने मात्र होइन निरपराधलाई अपराधी सावितगर्न पनि सक्छ
-दबाब र प्रभावमा काम गर्दा अनुसन्धान कचल्टिन गई निचोडमा पुग्न सोचे भन्दा ज्यादै लामो समय लाग्न सक्छ।
-कुनै पनि अपराधको अनुसंधानगर्न यत्ति नै समय लाग्छ भन्ने निश्चित हुँदैन। त्यति मात्र होइन, कहिलेकॉही ज्यादै लामो समयसम्म पनि अपराधी पत्ता नलाग्न सक्छ। दशकौँ बित्दा पनि अपराधी पत्ता लगाउन नसकेको संसारमा थुप्रै घटनाहरू उदाहरणको रूपमा छन्।
-अहिलेको समयमा नेपाल प्रहरीले दबाब र प्रभावकै भरमा अपराधीलाई लुकाएर व्यवसायिकता छवि बिगार्दै आफैलाई सर्वत्र आलोचनाको सिकार बनाउँछ भन्ने लाग्दैन।
-बहुदलीय ब्बस्थाको पुनर्स्थापना पछि कुनै पनि ठुला र चर्चित घटनाहरूको अनुसन्धानमा शक्तिकेन्द्रहरूको दबाब अक्सर आंउदैन र अपवादको रूपमा कसैले दवावदिन खोजे पनि Nepal Police अस्वीकार गरेको छ।
-नेपालमा अपराध अनुसन्धानको एक मात्र विज्ञ संस्था भनेको Nepal Police नै हो र यसको विकल्प कुनै पनि व्यक्ति, समिति, आयोग वा अरू कुनै संस्था हुन सक्दैन।
अन्तमा,
बहुचर्चित कञ्चनपुर घटनामा पनि अनुसन्धानको सिलसिलामा खटिएका प्रहरी अधिकारीहरूको बुद्धि पुगेन होला, संवेदनशीलताको कमी पनि भयो होला, हेलचक्र्याई पनि गरेनै होलान्।
तर, प्रहरी अधिकारीहरूले कुनै पनि संवेदनशील घटनाको आफ्नै नियतवश वा शक्तिकेन्द्रको दबाबमा अनुसन्धान राम्ररी नगरेको, जानी जानी बिगारेको वा अपराधी पत्ता लगाएर पनि सार्वजनिक नगरेको वा नपक्रेको भन्ने जुन आम जनताको धारणा बनेको छ, त्यसमा पटक्कै विश्वास लाग्दैन। समय समयमा राजनैतिक दबाब नआउला भन्न सकिँदैन, तर त्यसलाई चिरेर नेपाल प्रहरीले आफ्नो व्यावसायिक छवि जोगाएरै राखेको छ भन्नेमा दुई मत नहोला।
(शाहको फेसबुकबाट साभार। स्केच साभार : कान्तिपुर)
मलाई लाग्छ तपाइंले यो कुरा अहिले निर्मला काण्डमा प्रहरीले जनताले सोचे चाहे जस्तै आफ्नो जिम्मेवारी बहन नगरेको सितै सम्भंदित छ/ यदि यसो हो भने म व्यक्तिगत हिसावले तपाइंको कुरामा आधा समर्थन गर्छु आधा बिरोध गर्छु/ आधा बिरोध गरिनुको कारण के हो भने निर्मला बलात्कार अनुसन्धानमा मात्रै होईन नेपाल प्रहरीले जानाजानी गल्ति गर्दै आयको छ/ उदाहरण सायद दिइरहनु नपर्ला/
नेपाल प्रहरी असछ्यम छ कसैले भन्न सक्दैन/ यसको असंख्य उदाहरनहरु छन्/ तापनि प्रहरी बात कसैले सोच्न समेत नसकिने गल्तिहरु बारम्बार हुँदै आयको छ/यस्तो किन हुँदै आयको छ? केहि हामि आम नागरिकहरु पनि बुझ्छौं कि यस्तो कुरा हुनुमा मात्र कानुनको आखाले देख्ने केहि गर्न सक्ने जिम्मेवार प्रहरीको आखामा उज्यालो र उज्यालोमा अँध्यारो देख्ने नेताको गलत पावरको चस्मा लगाई दियकोछ र प्रहरीलाई पनि अन्य कर्मचारीलाई दलहरुले सरकारी तलव खाने तर कार्यकर्ता उनीहरुको हुने बने जस्तै बनायको छ/ यस्तो नभयको भय आफ्नो माग पुरा गराउन नागरिक चढेको बस र बसेको घर जलाई दिने सम्पति कब्जा गर्ने गराउने प्रचंद्र बैद्य बिप्लव जस्तैलाई पनि जेल कोची सक्थ्यो/ तर …../
यो बाहेक कमाउ निकायहरुमा अरु भ्रस्ट कर्मचारीहरु भन्दा याहाको प्रहरीहरु पनि कम नभयको सुनकाण्डले पनि देखायकैछ/अपराध पिडित भयको रिपोर्ट समेत नलिनु/ अपराधि सिट मिलापत्र गराउन प्रहरी पनि संलग्न हुनु/ जथाभावी गाडी चलायाको कारणले दुर्घटना भयकोले सामान्य घाईते मात्रै भयकोलाई पनि गाडी ब्याक गरेर किचायर मार्नेलाई मात्र सामान्य सवारी ऐन अनुसार कार्यवाही गरिनु आदि कुराहरुले तपाइंको निकायमा पनि गलत मानाशिकता हावी हुँदै गयको देखाउंछ/ यस्तो नभयको भय अहिले निर्मला काण्डमा ठुलो ठुलो अनुसन्धान आयोगहरु बनाउन पर्दैनथ्यो/
नेपाल प्रहरी इमान्दार सछ्यम छ भनेर सबैलाई थाह छ/ कुनै कुनै अपराधको घटनामा अपराधिले प्रहरीलाई झुक्याउन सक्छ यो पनि सबैले जानेकै कुरा हो/ तर पनि कयुं घटनाहरुले केहि प्रहरीले समस्त प्रहरी संस्थालाई नै बदनाम बनाउने कुकार्यहरु हुँदै आयको छ/ यसलाई रोक्न के कुराले गाह्रो भयो त्यो नागरिकहरु प्रहरीकै मुख बात सुन्न चाहन्छ; भन्न सक्नु हुन्छ?
“अनुसन्धान राम्ररी नगरेको, जानी जानी बिगारेको वा अपराधी पत्ता लगाएर पनि सार्वजनिक नगरेको वा नपक्रेको भन्ने जुन आम जनताको धारणा बनेको छ, त्यसमा पटक्कै विश्वास लाग्दैन। ”
ताई न तुई को कुरा, सुन तस्कर अब हेर्दै जानुहोस ! कसरी तिमीहरु जस्ता आर्मी पुलिस प्रहरी को नाखमा लात्तीले हान्दै निस्किन्छन ! अनि के दुधको साची बिरालो बसे जस्तो कुरा गरेको ! कति सम्मका छन् भन्ने नेपाली जनतालाई राम्ररी था छ ! पानि माथिको ओभानु बन्न खोज्ने आलेख………………… अरु त ठिकै थियो ! लास्टमा आएर पो…..
भन्सारमा हेर कति कस्ता छन् ! त्यो बारेमा सोध्यो कुनै रिपोर्टिङ्ग गर्यो भने था नपाको जस्तो मात्र गर्छन ! दिन दिने रातको के कुरा दिनमा लुटी रहेका छन् ! हुन त आफ्नै सहपाठी लाइ ड्युटिको समयमा बलात्कार गर्ने छन् नेपालका रक्षक भनाउदा अनि कु ….. गर्न सक्दैनन् गर्दैनन् भन्ने कुरामा कसैको दुई मत नहोला बरु यो कुरामा !
यदि मेरो कानुन चल्ने भए देखि यस्ता बलात्कारी चोर डन भनाउदा डाका सोसक भस्ट्रचारि नेता भनाउदा मुखले ठिक्क पर्ने काम नगर्नेलाइ सिधा लाइन लगाएर भटटट भुट्ने थिए !
अनि चै देशले सच्चाई नै काचुली फेर्ने थियो !
जय नेपाल
नेपाली छोरो
“तर, प्रहरी अधिकारीहरूले कुनै पनि संवेदनशील घटनाको आफ्नै नियतवश वा शक्तिकेन्द्रको दबाबमा अनुसन्धान राम्ररी नगरेको, जानी जानी बिगारेको वा अपराधी पत्ता लगाएर पनि सार्वजनिक नगरेको वा नपक्रेको भन्ने जुन आम जनताको धारणा बनेको छ, त्यसमा पटक्कै विश्वास लाग्दैन। समय समयमा राजनैतिक दबाब नआउला भन्न सकिँदैन, तर त्यसलाई चिरेर नेपाल प्रहरीले आफ्नो व्यावसायिक छवि जोगाएरै राखेको छ भन्नेमा दुई मत नहोला”
माथिको भनाइ हेर्दा केहि लेख्न मन लाग्यो, कंचनपुर घटनामा बहालवाला IGP ले समेत नेपाल प्रहरीले नियतवश राम्रो संग अनुसन्धान नगरेको र प्रमाण मेटाएको आरोप लगाए, २-३ जना लाई दोषी ठहर गर्दै सेवा बाट बर्खास्त गरिसकिएको अवस्थामा यिनी भू.पू. ले चाहिं के भन्न खोजेका हुन् ? (उदाहरण मा कंचनपुर घटना दिनु पर्ने कारण चाहिं, अहिलेको सबभन्दा तातो घटना भएकोले गर्दा हो, अन्य धेरै उदाहरण पनि छन्) हाल उनि पनि आम जनता नै हुन्, उनलाई यस्तो लेख्न के ले बाध्य बनायो होला ? सोचनीय कुरा छ !
अब आम जनता ले बहालवाला को कुरा साँचो मान्ने कि भू.पू को ?
.
अमेरिका जस्तो देशमा सेना हर तरहको चुनौती सामना गर्न तयार रहन्छन । अनुसन्धान गरेर इन्टरनेट पत्ता लगाउछन तर हाम्रो चै ठेक्का पट्टा र व्यापार मै व्यस्त हुन्छन
पुर्ब पुलिस ले नै सक्ति केन्द्रको आड मा अपराधी जोगाइञ्छ भनेर त् भन्न मिलेन नि त् कसो ?
तेसो भयो भने त् झन् बचे खुचेको नेपाल प्रहरीको इज्जत पनि माटोमा जाने भयो | सायद अरु बहालवाला पुलिसले पनि भन्ला ‘घर का भेदी लंका ढाये”|
तेसैले कतिपय सत्य येस्ता हुन्छन , जुन उचित मुख बाट , उचित देश, काल परिस्थिति मा मात्र सुन्दा जायज लाग्छ |
न भए त् तर्क को खण्डन आर्को धुवादार तर्क ले गरिहाल्छ |