Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्धिजीवीहरुलाई प्रमको चेतावनी- असलियत अलिकति बाहिर आउँदा के हुन्छ, अलिक विचार गरे हुने, ‘जिससकी छोरी’ लाई आलोचना नगर्नुस्

Posted on December 6, 2018 by Salokya


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार टेलिभिजनको लाइभ कार्यक्रममा बुद्धिजीवीहरुलाई चेतावनी दिएका छन्। उनले आफूमाथि अत्यन्त असभ्य ढंगले टिप्पणी भएको भन्दै यसरी चेताए, उहाँहरुको असलियत अलिकतिमात्रै पनि बाहिर आउँदा के हुन्छ, अलिक विचार गरे हुने !

यो साता जिसस क्राइस्टको अधुरो काम पूरा गर्न आफूलाई खटाएको दावी गर्ने कथित धर्मगुरुको एउटा अरु कुनै देशले गर्न नमानेको धार्मिक सम्मेलनमा राज्यस्तरको सहकार्य गरेर उद्घाटनमा गएपछि प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो। पार्टीका अर्का अध्यक्ष प्रचण्ड पनि डाकिएको कार्यक्रममा सुटुक्क उनी गयल भए पछि प्रधानमन्त्री एक्लैले आलोचना सहनु परेको थियो। यसै मेसोमा उनले बुद्धिजीवीहरुलाई ‘असलियत बाहिर आउला, अलिक विचार गर्नुस्’ भनेर चेताएका हुन्।

उनले १ लाख डलरको सुशासन अवार्ड पाएका थिए उही जिससकी छोरी दावी गर्ने मुनपत्नीबाट। त्यसलाई पैसाले किनेको भनेर भएका टिप्पणीबाट उनी अत्यन्तै मर्माहत भए जस्तो देखियो।

त्यस्तै उनले जिससकी छोरीको बारेमा भने, नेपाल कुन चाहिँ जाति मन्दिरमा प्रवेश गर्न नपाउने भन्ने जस्तो फलानो आउन नपाउने भन्ने देश हैन। जसले हाम्रोविरुद्ध केही बिगारेको छैन, उनीहरु विरुद्ध घृणा फैलाउनु हुँदैन, आलोचना गर्नु हुँदैन।

प्रधानमन्त्री जस्तो हरेक कुरामा ज्ञान राख्ने व्यक्ति यो जिससकी छोरीवाला संस्थाको ब्याकग्राउन्ड चेक गर्न चाहिँ कसरी चुकेछन् कुन्नि। खासमा यो विश्वमै अत्यन्त विवादित संस्था हो। तर पैसा टन्न छ। यस्तो विवादित संस्थामा विदेश जान पाउँला भनेर आशा गरेर पछि लाग्ने नेता माधवकुमार नेपाल हुन्। एकनाथ ढकालको चतुर्‍याइँमा माधवकुमार नेपालको साथ पाएपछि प्रधानमन्त्रीलाई बेकारमा लगेर भड्खालोमा हाले। अहिले बिचरा प्रधानमन्त्रीलाई टेलिभिजनको लाइभ कार्यक्रममा आएर भडास पोख्नुपर्ने स्थिति बनाए, कठै !

9 thoughts on “बुद्धिजीवीहरुलाई प्रमको चेतावनी- असलियत अलिकति बाहिर आउँदा के हुन्छ, अलिक विचार गरे हुने, ‘जिससकी छोरी’ लाई आलोचना नगर्नुस्”

  1. Basanta P. Rijal says:
    December 12, 2018 at 6:54 pm

    ओली जी
    कुरो इसाई धर्म को होइन, कुरो इसाई हरु बढे पछि हुने दुर्घटना को हो प्रिथ्वी नारायण ले इसाई हरु बाइबल पछि बन्दुक ल्यौछन भनेको सत्य हो. अहिले बाइबल बाड्ने काम भएको छ. अब बन्दुक आउछ संसार को इतिहास ले त्यहि देखाएको छ. एसको सुत्रधार तपाईं हुनु भएको छ. प्रधान मन्त्रि जस्तो मान्छे तपाईं ले यति भुझुनु भएन. मुलुक को लागि तपाईं बाट के आस गर्ने अब.

    Reply
  2. madan bajracharya says:
    December 8, 2018 at 2:57 pm

    ‘ओलिज्यु बोलेकै भरमा लोकप्रिय भयको” हो भन्न नपरोस; तर यस्तै हुँदै गयको छ ओलीले बोलेकैले/ याद गर्नुस तपाइंको अपाच्य भयको यक यक सब्दाले आब आउने चुनावमा सयौ भोट गुमाउन सक्छ/ तपाइंको बोलि पत्यायर तपाइंलाई बहुमत दिने नागरिकहरु यो पनि बुझछन कि कुनै कुनै कुरा नेपालमा यति बिगारिसकेको छ कि ( कसले? भन्ने प्रशनको उतर खोजे तपाइलाई पनि तितै लाग्ला!!) / तेसैले सुध्रियरै जनाबिस्वास पायर प्रधान मन्त्रि बन्नु भयको ओलिज्यु अझ सुध्रिनुस र हिजो अस्ति उहिले तपाइहरु बिगारेको कुरा पनि सुधार्नुस अरुले बिगारेको पनि सुधार्नुस/

    अहिले कुरा धर्म सम्भंदित उठेकोले म कसको कारणले बिकाश र निर्माणको मैदानमा दौडन सक्ने नेपाल किन कसरि भारत आश्रित अपाङ्ग मुलुक बन्न बाध्य गरियो, किन भारत बात कालापानी लगायत अरु ठाउमा पनि सिमा मिच्ने काम रोकियन किन भारतले नेपाल सिट भयको सम्झौता पालना नगरेता पनि भारत सिट भयको समान सम्झौताहरु खारेज गर्ने प्रयाश तपाईं बात भयन आदि कुरा उठाउन चाहन्न/ अहिले मात्र किन हिन्दु धर्म मान्ने नेपालीहरु क्रिस्चियन मुस्लिम बन्दै गयको छ त्यो कुरा चाही उठाउन चाहन्छु/

    “आफन्तलाई पराई ठान्नुको कारण आफन्तकै ब्यबहार हुन्छ”/ आफ्नै घरमा पराई जस्तै बस्न बाध्य गरिनुनै घर त्याग्नुको मूल कारण बन्छ/ जसले आफुलाई छुन समेत घिनाउञ्छ उसको हात खुट्टा ढोगी कोहि बस्दैन/ अरुको अन्यायमा परेर दुखि र पिडित हुनुको दोषी आफै हुने अरु त् अरु स्वयम् बिस्नु भगवानले भने पनि कोहि मान्दैन/

    हिन्दु धर्म कसैले नत्यागुन भनि चाहनेको कमजोरीलेनै आज कसै बात हिन्दु धर्म त्यागिनुको मूल कारणहो/ क्रिस्चियन र मुस्लिमले उनीहरुको धर्म प्रचार गरेकोले होईन/हिन्दुलेनै हिन्दुलाई हिन्दु बनिरहने नसक्ने कुकार्य तपाइंको सराकारको पालामा पनि हुँदै आयकोछ र तपाइको सरकारले पनि तेस्तो गर्ने दुरुत्शाहित हुने केहि कार्यवाही गरेको छैन!!!/ तपाईं हिन्दु पण्डित खलकको भयर पनि मार्क्सबादी बन्नु भयकोले यहालाई हामीलाई भन्दा हिन्दु सोच संस्कारमा अझै सुधार्नु र बर्जित गरिनु पर्ने के के छन् र तेस्तो कुरालाई समयमै नसुधारे के हुन् सक्छ भन्ने जानकार हुनु हुन्छ/ तापनि यति त् भन्छु नै हिन्दु कुसंस्कार सति प्रथा चन्द्र शमशेरले बन्द नगरेको भय आज दिउँसै लाल्टेन बालेर कहिले नेपालमा कोहि हिन्दु थिय कि भनेर खोज्नु पर्ने हुन्थ्यो/

    Reply
  3. kiran joshi says:
    December 7, 2018 at 11:11 pm

    ए उसोभए यस्तै दिन आउला र ब्याकमेल गरुला भनेर बसेको रहेछ यो डाका… नत्र तेस्तो गम्भीर कुराहरु पहिला नै भन्नु पर्दैन ?

    Reply
  4. bijay says:
    December 7, 2018 at 10:01 pm

    जिजसको छोरीले यी बुढो गोरुहरुलाई संगै लगेको भए नेपालको कल्याण हुन्थ्यो/ सायद चिने होलान यी निकम्मा बुढो गोरुलाई र यिनीहरुलाई नेपालमै छोडेर ताप थोकेछन जिजसकी छोरी/ प्रार्थना गरौँ कि जिजसले यी धर्तीका बोज गोरुहरुलाई चाडै नै आफूकहाँ बोलाउन/

    Reply
  5. Ramesh Shrestha says:
    December 6, 2018 at 8:06 pm

    100000$ boli niskiyo

    Reply
  6. Shankar says:
    December 6, 2018 at 7:16 am

    प्राइ मिनिस्टर को तर्क फितलो लाग्यो |कनिकुथी अंग्रजी बोले नि बेला बेला मासिक्ष्या को कमि देखिन्छ ओलीमा |

    Reply
  7. narayan says:
    December 6, 2018 at 5:36 am

    लोभी भयासी तेस्तै ho

    Reply
  8. bijay says:
    December 6, 2018 at 3:32 am

    एस्ता रोगि गोरुले देश हाकेका छन् अनि देश कसरि गतिलो बाटोमा लागोस.

    Reply
  9. सत्य says:
    December 6, 2018 at 3:28 am

    सरकारी भत्ता पेन्सन सुविधा खाएर टिका टिप्पणी आलोचना गर्नेलाई जवाफ दिए थला पर्ने सम्भावना भनेका हुन् कि अरु जसले आफुलाई लागेका विसंगति औल्याए कसलाई लक्ष्य गरेका हुन् प्रधान मन्त्रीज्यूले प्रष्ट पारिदिनु परो|
    आलोचना गरिएको वा लागेका विसंगति औल्याएका तरिका, भाषा, पकड-प्रस्तुति के अशोभनीय हुन् गएको हो, गोपनीयता खुलाइदिएको हो, ती चाँही प्रमज्युले कृपया थलो नपारिने हिसाबले बताईदिन परो|
    सम्माननीय प्रधान मन्त्रीले यस्तो धम्कि दिन अलि असोभनीय भएन र?
    लोकतन्त्रमा धेरै हदसम्म सरकारको क्रिया कलापमा आलाप आलोचना हुन् वान्छनीय छ| प्रधान मन्त्रीले जुहारी खेलेर साध्य छैन, अन्तत जित जनताकै हुन्छ र हुनपर्छ|
    धेरैले यसो भनिरहेका छन्, भोट हालेको एमाले र माओवादीलाई नै हो तर सरकार असफलतातिर दिनहु उन्मुख हुँदै गइरहेको छ| यता प्रधान मन्त्रीले “सुशासन” को नाउमा विदेशी संस्थाबाट एकलाख डलर थापेको बेला, पोखरामा सह सचिव स्तरको व्यक्ति जसलाई हालको सत्ताधारी सरकारले स्वास्थ्य विभागको महानिर्देशकमा नियुक्ति दिएका थिए, एक लाख रुपिया घुस लिंदा रंगेहात पक्डिएको समाचार हेर्न पाइयो| अब कसले कसलाई थला बसाउने हो भन्न सकिदैन|

    राजतन्त्र कुहेर ढलेपछि विगतमा सत्तामा पात्तिएर कांग्रेस, राप्रपा र मधेसी दलहरुले जोड्जुलुमले सल्काएको र ताप्दै आएको भ्रष्टचारको राप नेकपा राजमा झन् व्याप्तरुपमा फैलदै गएको देखिएको छ| गफ, उखान टुक्का, दम्भ, चेतावनी र आफ्नोलाई दिइएको इनामले मात्र मुलुक चल्दैन|
    आमुल परिवर्तन चाहिएको छ प्रधान मन्त्रीज्यु| जो अघि छन् र जो आफ्नो भित्र पर्छन उनीहरुलाई मात्र अवसर दिन थालेपछि समावेशीपन त पोलिखाएकै हो दुई तिहाईको सरकारले?
    सामाजिक सुरक्षा राम्रो कदम हो तर कुशासन, भ्रष्टचार र अपारदर्शीताको पूर्वाधारमा यसको सही कार्यन्वयनमा शंका गर्ने ठाउ प्रशस्तै देखिन्छ| सरकार वालुवाटार र बिजुली पोलमा देखाएर मात्र हुँदैन, जनतालाई महसुस गराउन परो| बाटोको खाल्डाखुल्डि संगै मनको खाल्डाखुल्दी पनि पुर्ने प्रयास गर्नपरो|
    अन्तमा, कसले कसलाई थलो बसाउने भन्ने वहस र वादविवाद तिर लाग्नु भन्दा मुलुक कसरि द्रुत गतिमा बिकाश गराउने तिर हामी सबै लागे ठिक हुने हैन र?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme