Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शृङ्खलाका फ्यानलाई खुसीको खबर : मल्टिमिडिया जितेर नेपाल टप ३० मा, पाँच वर्षअघि टप १० मै पुगेको थियो

Posted on December 3, 2018December 4, 2018 by Salokya


अपडेट : नेपालले ब्युटी विद् अ पर्पोज अवार्ड पनि जितेको छ।
मिस नेपाल शृङ्खला खतिवडाका फ्यानहरुलाई खुसीको खबर छ। मल्टिमिडिया अवार्ड जितेर शृङ्खला मिस वर्ल्डको टप ३० मा पुग्न सफल भएकी छिन्। अब भोट हालेर मिस वर्ल्ड जिताउँ, एक लाख सेयर गरौँ भनेर सोसल मिडियामा कोलाहल गर्न जरुरी छैन। यहाँभन्दा माथिको यात्रा उनले आफ्नो बलबुताले तय गर्नुपर्नेछ। यसअघि हेड टु हेड च्यालेन्जका लागि भोट भएको थियो। त्यसमा टप २० मा छानिए पनि सिंगापुरे सुन्दरीबाट पराजित भएपछि शृङ्खला टप ३० मा पुग्न असफल भएकी थिइन्। मल्टिमिडिया अवार्ड भने भोटबाट हैन, सोसल मिडिया प्ल्याटफर्म, अडियन्स इन्गेजमेन्ट, क्रियटिभ कन्टेन्ट र इन्फ्ल्युएन्सका आधारमा छानिएको थियो। कति अजासुलाई मल्टिमिडिया अवार्ड पनि भोटिङबाटै छानिने भ्रम थियो। मिस वर्ल्डकै आधिकारिक फेसबुक हेरे त्यो तोडिन्छ।

मिस वर्ल्डका प्रतियोगीहरुको मल्टिमिडिया भिडियोहरुलाई दुई वटा छुट्टै अवार्डका लागि छुट्याइएको थियो। त्यसमध्ये क्रियटिभ कन्टेन्ट, विभिन्न एडिटिङ सफ्टवेयरहरुको प्रयोग र सान्याबारे जानकारी देखाएकोलाई आधार मानेर टप फाइभ छानिएको थियो जसमध्ये एकले सान्या टुरिजम अवार्ड पाउँथ्यो।

तर यसमा केन्या, चीन, नेपाल, पुएर्टो रिको र इंग्ल्यान्ड टप फाइभमा परेकोमा अवार्ड केन्याले जित्यो।

मल्टिमिडिया फाइनलिस्टमा नेपाल, मेक्सिको र केन्या टप थ्रीमा छानिएको थियो।

त्यसमध्ये नेपालले अवार्ड जितेपछि नेपाल मिस वर्ल्डको टप ३० मा पुग्न सफल भएको छ। मिस नेपाल अर्को राउन्ड (टप ३०) मा पुगेको यो नै पहिलो अवसर भने हैन। गएको वर्ष नीकिता चाण्डक पनि अर्को राउन्ड (त्यतिखेर टप ४० थियो) मा पुगेकी थिइन्। त्यो भन्दा अघि सन् २०१३ मा इशानी श्रेष्ठ त टप १० मा नै पुगेकी थिइन्। इशानीले त्यतिबेला ब्युटी विद् अ पर्पोज जितेकी थिइन्।

टप ३० बाट अब ८ डिसेम्बरमा हुने प्रतियोगितामा टप १५ छानिन्छन्। त्यसमध्येबाट टप ५ छानिन्छन्। टप ५ मा परेका मध्ये दुई जना हिस्स हुन्छन्। बाँकी तीन जनामा एक जनाले मिस वर्ल्ड उपाधि, अर्कोले फर्स्ट रनर अप र अर्कोले सेकेन्ड रनर अप उपाधि जित्छिन्। यो दिन चीनको सान्याबाट लाइभ हेर्न पाइनेछ टिभीमा।

अपडेट : नेपालले ब्युटी विद् अ पर्पोज अवार्ड पनि जितेको छ। यस्तो छ अवार्ड जित्ने भिडियो-

4 thoughts on “शृङ्खलाका फ्यानलाई खुसीको खबर : मल्टिमिडिया जितेर नेपाल टप ३० मा, पाँच वर्षअघि टप १० मै पुगेको थियो”

  1. PANKAJ says:
    December 11, 2018 at 7:47 am

    जसले जे भने पनि मेरो लागि त इशानी नै उत्तम…पहिलो पल्ट उत्कृस्ट १० मा हुँदा पनि उनि पाचौमा उभिएकी थिइन् / अहिले जस्तै भोटिंग भेएको हुँदो त साएद इशानी ले नै जित्ने थिइ होला / तर नेपाली हरु को बुद्दी खाली अनुहार हेरेर वोतिंग गर्ने बानि.

    Reply
  2. Anuradha says:
    December 7, 2018 at 6:38 am

    निकै राम्रो लाग्यो । बधाई छ । बाँकी काम थपियोस् र जाँगर निरन्तर बढोस् सुभकामना ।

    Reply
  3. D Gurung says:
    December 5, 2018 at 9:09 pm

    I don’t quite understand what’s the big fuss about this pageant in Nepal. Probably because people have too much free time at their disposal and are always in the look out for something they can consider a national pride. Honestly, in the west, it does not receive much media attention and nobody cares who won and who lost. We should not make meaningless things like this a matter of national pride and appear primitive.

    Reply
  4. Shankar says:
    December 4, 2018 at 2:31 am

    ल है जे गरि भए पनि जितम , बिर नेपालि को नाम राखम|

    देश ले रगत मागे , मलाइ भोट चडाउ |
    रुदिनन मेरी आमा , उ खतिवडा कि छोरी |

    आ आ आ , ला ला ला

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme