Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यत्रो दिनसम्म काठमाडौँवासीलाई सास्ती दिने गरी भएको चर्चको कार्यक्रमका पाहुना को हुन्? नेपालका को भए सहभागी? हेर्नुस् सूची

Posted on December 3, 2018December 3, 2018 by Salokya


यत्रो दिनसम्म काठमाडौँवासीलाई सास्ती भयो। सुरुमा त सार्क र बिमस्टेक सम्मेलनकै पारामा गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरीले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्‍यो। तर अवज्ञा गर्न कांग्रेस नेता गगन थापा लगायतले आह्वान गरेपछि बाध्य भएर लागू भएको भोलिपल्टै हटाउन बाध्य हुनुपर्‍यो। तर पनि विशिष्टहरुको सवारी चल्दा सवारी साधन चल्न नदिएपछि सास्ती पाउने नै भए सर्वसाधारणले। त्यहाँमाथि प्रधानमन्त्री ओली स्वयं तीन दिनदेखि निवास छाडेर सोल्टी होटलमा बसेका थिए। सर्वसाधारणलाई त यो के खालको सम्मेलन हो, को-को पाहुना आए भन्ने पनि थाहा छैन।

आफूले आफैलाई जिसस क्राइस्टको अधुरा काम गर्न आएको घोषणा गर्ने कोरियाली धर्मगुरु सन म्युङ मूनले स्थापना गरेको युनिफिकेसन चर्चको युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको कार्यक्रम थियो यो। फेडेरेसनका नेपालस्थित संस्थाका अध्यक्ष एकनाथ ढकालले पैसा र विदेश भ्रमणको लोभ देखाएर सत्तारुढ नेकपाका टाउके नेताहरुलाई मनाएर यो कार्यक्रम गरेको देखिन्छ। तर यो कार्यक्रमले पार्टी र सरकारको छवि जनमानसमा कति गिर्‍यो भन्ने हिसाबकिताब भने उनीहरुले गरेका छन् कि छैनन् कुन्नि।

प्रधानमन्त्रीले त सुशासनको लागि भन्दै एक लाख डलर पुरस्कार पाइहाले। शायद् यति पुरस्कार पाइन्छ भनेर फकाएका पो हुन् कि ढकालले? बाबुराम प्रधानमन्त्री हुँदा नै ढकालले यो सम्मेलन गराउन प्रयास गरेको तर नसकेको कुरा पनि मिडियामा आएको छ।

प्रधानमन्त्रीलाई पुरस्कार दिने चैँ मूनकी श्रीमती हुन्। यिनले प्रधानमन्त्री सहभागी भएको दिनको कार्यक्रममा आफूले आफैलाई जिससकी छोरी भन्दै नेपाललाई ईश्वरीय राष्ट्र बनाउन आह्वान गरेकी थिइन्। प्रधानमन्त्रीले त्यो दिन सम्बोधन गर्दा मन्त्रीहरु भन्दा माथि यिनै मूनको नाम लिएकी थिइन्।

यो कार्यक्रममा को-को अतिथि आएका थिए, हेर्नुस् तल सम्मेलनको सेड्युल अथवा यहाँ क्लिक गर्नुस्



चिन्नुभो नि को भनेर। यिनी पनि सम्मेलनको उद्घाटनका दिन सहभागी थिइन्।

बाँकी माथिको सूचीमा हेर्नुभयो भने थाहा हुन्छ कस्ता कस्ता देशका विशिष्ट अतिथिहरु आएका छन्। टापु देशहरु जसको जसको जनसंख्या नै ११ हजार छ- नाउरुका राष्ट्रपति, टुभालुका गभर्नर अनि समोआ, किरिबाटी, मार्सल आइल्यान्डका प्रतिनिधि। त्यस्ता देशहरु जोसँग नेपालको कुनै सम्बन्ध नै छैन।

•    हुन सेन : यिनी कम्बोडियाका मात्र हैन, विश्वकै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका व्यक्ति हुन्। सन् १९८५ देखि उनी प्रधानमन्त्री छन्। गत जुलाईमा भएको यहाँको चुनावमा १२५ मा १२५ नै सिट उनकै पार्टी कम्बोडिया पिपल्स पार्टील जितेको थियो। यो चुनावको वैधतामा अस्ट्रेलिया, क्यानडा, इयु, अमेरिकाले प्रश्न उठाउँदै हुन सेन सरकारविरुद्ध नाकाबन्दी लगाउने चेतावनी दिएको थियो। 

•    आङ सान सुकी : म्यानमारका स्टेट काउन्सेलर सुकी नोबल विजेता पनि हुन्। तर रोहिंगा शरणार्थीप्रति दमन र अत्याचार हुँदा चुप बस्ने यिनको विश्वमा कडा आलोचना हुँदै आएको छ। नेपालमा पनि यिनकै मुलुकबाट खेदिएका रोहिंगाहरु छन्। उनीहरु कपनमा बस्दै आएका छन् तर सरकारले उनीहरु आएको थाहा पाए पनि थाहा नपाए झै गरेको छ।

•    बारोन वाका : नाउरुका राष्ट्रपति। काठमाडौँको एउटा निर्वाचन क्षेत्रकोभन्दा पनि कम जनसंख्या (११ हजार २ सय) रहेको यो एउटा टापु देश हो जसलाई पहिले प्लिजेन्ट आइल्यान्डको नामले चिनिन्थ्यो। यसको क्षेत्रफल २१ वर्गकिलोमिटर मात्रै छ।  

•    मारिया लियोनोर राब्रेडो : फिलिपिन्सका उपराष्ट्रपति। लेनीलिक्स विवादमा फँसेकी। अमेरिकी समूहसित मिलेर राष्ट्रपतिलाई अपदस्थ गर्न लागेको सम्बन्धी इमेलहरु लिकलाई नै त्यहाँ लेनीलिक्स भनेर चिनिन्छ। 

•    भालेटोआ सुआलाउभी टुइमालेएलिफानो : समोआका राष्ट्रप्रमुख। समोआ अर्को टापु राष्ट्र हो जहाँको जनसंख्या २ लाख पनि छैन र त्यो क्रिश्चियन राष्ट्र हो। विश्व मानचित्रमा हेर्दा अस्ट्रेलियाभन्दा धेरै पर पर्छ यो राष्ट्र। 

•    लाकोबा टेइया इटालेली : टुभालुका गभर्नर जनरल। टुभालु अर्को टापु राष्ट्र हो जसको जनसंख्या ११ हजार चानचुन छ। यसको क्षेत्रफल पनि साढे २६ वर्गकिलोमिटर मात्रै हो। बेलायतबाट स्वतन्त्र भए पनि यो क्रिश्चियन देशले आफ्नो राष्ट्रप्रमुख बेलायती महारानीलाई नै मान्छ।

•    एचडी देवेगौडा : भारतका पूर्वप्रधानमन्त्री। भारतमा सन् १९९६ को चुनावमा कांग्रेसको पराजय र कुनै पार्टीले बहुमत ल्याउन नसक्दा साना पार्टीहरुको एउटा मोर्चाले कांग्रेसकै समर्थनममा सरकार बनाउँदा उनी अप्रत्याशित रुपमा प्रधानमन्त्री बनेका थिए। तर यिनी १० महिनाभन्दा बढी प्रधानमन्त्री हुन पाएनन्। ८५ वर्षका यिनी जनता दल (सेक्युलर) का अध्यक्ष हुन्, सांसद छन् तर यिनको खासै प्रभाव भारतीय राजनीतिमा देखिन्न।

•    सइद युसुफ रज्जा गिलानी : पाकिस्तानका पूर्व प्रधानमन्त्री। यिनकै प्रधानमन्त्री कालमा भारतको मुम्बईमा आतंकवादी आक्रमण भएको थियो जुन घटनाले भारत र पाकिस्तान झण्डै युद्धको स्थितिमा पुगे। सन् २०१२ मा पाकिस्तानको सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्री पदमा रहन अयोग्य ठहर गरेपछि उनी पदबाट हट्नु परेको थियो। 

जाँदाजाँदै,

नेकपाको दुई तिहाईको सरकारले यो कार्यक्रम गर्‍यो, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गर्‍यो। तर कांग्रेसकै एटेन्सन सिकर नेता धनबहादुर गुरुङको एउटा भिडियो पनि सामाजिक सञ्जालमा देखियो जहाँ उनले उही जिससको अधुरो काम पूरा गर्न आएको दावी गर्ने फादर मूनका बारे यसो भनेका छन्

युवा नेता @dhanrgrg भन्नुहुन्छ – दिनको एकपटक एक मिनेट फादर मुनलाई सम्झिउँ । मनलाई शान्ती मिल्नेछ । pic.twitter.com/IBpCRADgNX

— निरु थापा (@NiruThapa9) December 1, 2018

5 thoughts on “यत्रो दिनसम्म काठमाडौँवासीलाई सास्ती दिने गरी भएको चर्चको कार्यक्रमका पाहुना को हुन्? नेपालका को भए सहभागी? हेर्नुस् सूची”

  1. deepak says:
    December 5, 2018 at 3:17 pm

    यो ब्लग मा ४०० कमेन्ट आउनु पर्ने थियो, ४ वटा आएछ ! बुद्ध जन्मेको किरातहरुको जन्मस्थल ऋषि मुनि को देश आज प्रधान मन्त्रि को सक्रियतामा क्रिस्चियन रास्ट्र घोषणा हुदा ४ वटा कमेन्ट ! अब एकनाथ हरु कति हौसिएका होलान ! आउदो दिन हरु मा यो भन्दा भयङ्कर ठुला ठुला क्रिस्चियन हरु का कार्यक्रम हुनेछन र चाडै नै देश विधिवत रुपमा संविधानसम्मत किसिमले क्रिस्चियन रास्ट्र नै घोषणा हुनेछ

    Reply
  2. deepak says:
    December 4, 2018 at 5:26 pm

    वास्तव मा यत्रो काण्ड मच्चिदा, इसाई हरु ले देश लाइ नै सलक्कै निलिसक्दा पनि झिना मिना रुन्चे रुवाइ बाहेक कसैले खास कुनै बिरोध नगर्नु बाट बुझिन्छ कि हामि नेपालि को लागि धर्म खास ठुलो कुरो हैन . नेपाल लाइ वोलीले क्रिस्चियन देश घोषणा गरे र सरकारी पद मा जाने ले बाइबल कसम खानै पर्ने उर्दी जारि गरे भने पनि त्यो हामि नेपालि हरु स्विकार्न पछि पर्दैनौ . हामि नेपालि साच्ची नै उदार छौ !

    Reply
  3. sijan says:
    December 3, 2018 at 2:05 pm

    हाहाहा confidential डकुमेन्ट लिक भएछ!!!

    Reply
  4. Slok Gurung says:
    December 3, 2018 at 1:56 pm

    Salokya ji..philippines ko vice president ko bare ma lekhe ko ali chitta bujena . I know no one is perfect but so far i know she is the best politician i have ever seen. She is reachable by poor and does solves the problem by personally going there..i myself have experience her work in my stay in philippines..in this tough time of president duterte ,where justice is vanished ,she fighting to save law and order.thnx

    Reply
  5. Devendra Bataju says:
    December 3, 2018 at 12:22 pm

    Thank you for the great summary. Short and Nice

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme