Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालीले मरीमरी गरेको भोट काम लागेन, मिस वर्ल्ड हेड टु हेड च्यालेन्जमा शृङ्खला सिंगापुरेसित पराजित

Posted on December 1, 2018December 3, 2018 by Salokya

तपाईँले भोट हाल्दैमा मिस वर्ल्ड नेपालले जित्दैन भनेर अस्ति ब्लग लेख्दा मारौँला, काटौँला झैँ गरी केहीले गाली गरेका थिए। नेपाली चेलीले नाम राख्न लागेको देखिसहेनस्? झुट कुरा लेख्छस्, पत्रुकार भन्दै गाली गरे। नेपालीको भोटले विश्वै डरायो भनेर फेक न्युजे वेबसाइटहरुले लेखे, मान्छेहरुले बेस्कन सेयर गरे। एनआरएनका महासचिव डाक्सापले समेत मास इमेल पठाई भोट गर्न आह्वान गरेका थिए, तर हावा वेबसाइटमा। मरी मरी अर्कै वेबसाइटमा भोट गर्नेहरु पनि टन्नै थिए। यो असली साइट हो यसमा गरौँ भन्दै मरी मरी भोट गर्दै नेपालको नाम चम्काउन चाहनेहरु पनि थिए। तर नसोचेको भयो। हेड टु हेड च्यालेन्जमा आज मिस नेपाल शृङ्खला खतिवडा सिंगापुरे सुन्दरीसित पराजित भइन्।

खासमा भोट खेरै गएको त हैन, त्यो अनलाइन भोट हेड टु हेड च्यालेन्जको दोस्रो राउन्डमा प्रवेशका लागि भएको थियो। नेपाल दोस्रो राउन्डमा गयो पनि।

दोस्रो राउन्डमा गएका २० जनालाई एकआपसमा हेड टु हेड च्यालेन्जमा भिडाइयो।

नेपालको सामना भएको थियो सिङ्गापुरकी सुन्दरीसित। तीन जना पूर्व मिस वर्ल्डहरुले दुई जनाको स्पिच सुनेर जित हारको टुङ्गो लगाएका थिए। तीनै जनाले नेपालको साटो सिङ्गापुरलाई चुने। फलस्वरुप मिस नेपाल हैन मिस सिङ्गापुर मिस वर्ल्डको टप ३० मा पुगिन्। त्यो माथिको फोटोमा पहेँलो रङ लगाएको जति देशका सुन्दरी हेड टु हेड च्यालेन्जबाट टप ३० मा पुगेका हुन्।

हेर्नुस् भिडियो-

अब नेपालको सम्भावनै सकियो त?

अहिले नै सकियो भन्न सकिन्न। तर हिजोअस्तिसम्म जेको लागि भोट भएको थियो, त्यो इभेन्ट अर्थात् हेड टु हेड च्यालेन्ज सकियो। त्यसबाट मिस नेपाल टप ३० मा पुग्न सकिनन्।

अझै टप ३० मा पुग्ने सम्भावना छ। तर यसमा तपाईँको भोट काम लाग्दैन। अब जजहरुले छान्ने छन् कुन सुन्दरीलाई टप ३० मा लाने भनेर। अरु इभेन्टहरु पनि नेपालले जित्न नसकेको भएर अब घोषणा हुन बाँकी ब्युटी विद् अ पर्पोज जित्न सके पनि नेपाल टप ३० मा पुग्न सक्छ।

पोहोर मल्टिमिडिया अवार्ड र पिपल्स च्वाइस अवार्डमा पनि भोट गर्न दिइएको थियो। त्यसमा जिते पनि टप ४० मा पुग्ने व्यवस्था थियो। यसपालि टप ४० लाई हटाएर टप ३० राखिएको छ। त्यही भएर फेरि भोटिङ खुला हुन्छ कि हुँदैन त्यति प्रष्ट छैन।

अहिलेसम्म टप ३० का लागि छनौट भएका १३ देशका सुन्दरी यी हुन्-

टप ३० बाट टप १५ मा छानिन्छन्। त्यसपछि टप ५ छानिन्छन्। टप ५ मा परेका मध्ये दुई जना हिस्स हुन्छन्। बाँकी तीन जनामा एक जनाले मिस वर्ल्ड उपाधि, अर्कोले फर्स्ट रनर अप र अर्कोले सेकेन्ड रनर अप उपाधि जित्छिन्। यो चाहिँ ८ डिसेम्बरका दिन चीनको सान्यामा लाइभ हेर्न पाइनेछ टिभीमा।

3 thoughts on “नेपालीले मरीमरी गरेको भोट काम लागेन, मिस वर्ल्ड हेड टु हेड च्यालेन्जमा शृङ्खला सिंगापुरेसित पराजित”

  1. Shankar says:
    December 2, 2018 at 2:04 pm

    सुन्दरी पतियोगिता जिते पनि न जिते पनि केहि फरक पर्दैन | नेपाल बिस्वकै सुन्दर देश , सुन्दर देश मा बस्ने लोग्ने मान्छे सबै सुन्दर , आइमाई सबै सुन्दरी |
    खालि नेता मात्र बादरे |

    Reply
  2. Ram says:
    December 2, 2018 at 12:31 pm

    यो शिर्षक नै गलत छ . वोटिंग top २० कै लागि थियो र त्यो सफल भयो top १० को लागि थिएन.

    Reply
  3. Kamal says:
    December 2, 2018 at 11:58 am

    केटिमा सुन्दरता हुनु पर्यो साथि अनि थोरै खुबी पनि अनि पो भइन्छ सुन्दरी . भोटिंग गरेर पैसा सकेर मात्रै केही हुदैन. उसो त यहाँ देश नै डुबेको बेला यौटा केटि ले miss world को ताज पहिरियर के पो हुने हो र देशलाई ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme