Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पानीले माछासँग चारो मागेको पत्र भाइरल

Posted on December 1, 2018 by Salokya

पानीले माछासँग ओए माछो, चारो ले, म नभए तँ बाँच्दैनस् भन्यो भने माछोले के गर्ला?

अहिले सोसल मिडियामा एउटा पत्र निकै भाइरल भएको छ- खासमा यो सोझो हिसाबमा पत्रकारले गाउँपालिकासँग चन्दा मागेको कुरा हो। तर यसमा लेखिएको भाषा यति रमाइलो भइदियो कि सबले सेयर गर्न थाले। पत्रमा नेपाल पत्रकार महासंघ, कञ्चनपुर जिल्लाका अध्यक्ष विष्णु अवस्थीले स्थानीय सरकार र मिडियाबीचको सम्बन्धलाई माछा र पानी जस्तै भएको लेखेका छन्। ‘मिडिया भनेका पानी हुन् र जनप्रतिनिधिहरु भनेका माछा हुन्’ उनले लेखेका छन्। खासमा माछोले चाहिँ चारा खानुपर्ने हो, तर यहाँ त पानीले चाहिँ माछासँग चारो मागेको देखियो। पानी बिना माछाको जीवन रहन सक्दैन भनेर पत्रकार बिना जनप्रतिनिधि बाँच्न नसक्ने चेतावनी पनि लेखिएको रहेछ पत्रमा।

स्मरण रहोस्, कञ्चनपुर त्यही जिल्ला हो, जहाँको भीमदत्त नगरपालिकामा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो। यो केसमा सत्य तथ्य रिपोर्टिङ गर्न पत्रकार चुकेकै कारण अनेक हल्ला र ‘रे’ ले पूरै प्रकरणलाई अन्यौल र रहस्यमय बनाएको छ।

माछाले चाहिँ यो पत्रको विषयमा कुनै प्रतिक्रिया जनाएको छैन तर पानीले अर्थात् पत्रकारले भने फेसबुकमा यस्तो लेखेका छन्-

त्यसो त असारमा पनि यस्तो  पत्र सार्वजनिक भएको थियो-

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme