Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ युगे पोस्टर मुनि निर्मलाको पोस्टर, अब मिडियामा ज्याकेट एडको पालो?

Posted on November 29, 2018November 29, 2018 by Salokya


सरकार कहाँ छ भन्ने प्रश्न उठेकोले बिजुलीको पोल-पोलमा नयाँ युगको सुरुवात लेखिएको प्रधानमन्त्रीको फोटोसहितको पोस्टर टाँसिएको थियो। तर हिजो राति अचम्मै भयो। फेसबुकको चर्चित समूह एमआरआरका केही युवाले रातभर लगाएर त्यस्ता पोलकै मुन्तिर ‘सरकार भेटियो, न्याय भेटिएन’ शब्दसहित निर्मलाको फोटोसहित पोस्टर टाँसे। अहिले एमआरआरमा देशका अन्य ठाउँमा पनि स्वस्फूर्त आफ्नै खर्चमा यस्ता पोस्टर टाँस्नलाई पहल हुँदैछ। अब के? सरकारले नयाँ युग भन्दै पत्रिकामा ज्याकेट एड पनि छापेको थियो। मिडियामा पनि निर्मलाको ज्याकेट एड छापिएला त?

माथिको मिडियाको ज्याकेट एडको फोटो साँचो हैन। यो त ट्विटरमा विश्वदीपले फोटोसप गरेर राखेको फोटो हो।

निमुखाको ज्याकेड एड र जनताको करको ज्याकेट एड। #JusticeforNirmala pic.twitter.com/gLp3bdai5E

— Bishodip (@bishodip) November 29, 2018

तर फोटोसप त हो नि भनेर बेवास्ता गर्न पनि मिल्दैन। किनभने यस्तै खाले अर्को फोटोसप गरिएको फोटो भाइरल भएको थियो केही दिनअघि- बिजुलीको खम्बामा प्रधानमन्त्रीको नयाँ युगे पोस्टरको ठाउँमा निर्मलालाई राखेर।

नभन्दै हिजो राति त सडकमा यस्तो देखियो

त्यतिमात्र हैन, गुगल ड्राइभमा यो पोस्टरको ओरिजिनल फाइल राखेर त्यसलाई प्रिन्ट गरेर आफैले टाँस्न सकिने सन्देश एमआरआरमा दिइएको छ। धेरै त्यसका लागि उत्सुक पनि भएका छन्।

यस्तो छ फाइलको लिङ्क
TIF फाइलको लिङ्क
PNG फाइलको लिङ्क

पोस्टर त यसरी पनि छापिँदैछ। तर मिडियामा ज्याकेट एड छाप्न भने पोस्टर छापे जस्तो सजिलो र सस्तो भने हुँदैन।

कान्तिपुरको घोषित विज्ञापन रेट यस्तो छ-

सरकारले जस्तै अरु निजी कम्पनीहरुको पैसामा विज्ञापन छाप्न गाह्रै होला। फेरि सरकारकै विरोध जस्तो देखिने भएकोले कम्पनीहरु पनि डराउलान्। हुनत बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको विज्ञापन छाप्ने बेलामा मिडियाले प्रशस्त डिस्काउन्ट दिएका थिए रे। यस्तो इस्युमा मिडियाले डिस्काउन्ट पनि के देलान् र। त्यसैले मिडियामा ज्याकेट एड चैँ फोटोसपमा मात्रै रमाउनु पर्ने स्थिति हो कि? तपाईँलाई के लाग्छ? आफ्नो विचार तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

2 thoughts on “नयाँ युगे पोस्टर मुनि निर्मलाको पोस्टर, अब मिडियामा ज्याकेट एडको पालो?”

  1. सुजन राजबंशी श्रेष्ठ says:
    November 29, 2018 at 3:45 pm

    रबि दाईले आफ्नो कार्यक्रम मा पुरै यहि फोटो राखेर चलाउन सक्छ तर अरु कुनै मिडियाको हिम्मत छैन ।यस्तो ज्याकेट एड त के बर्गिकृत बिज्ञापनमा पनि राख्ने हिम्मत छैन । धन्री हो ति युवा जसले प्रम को तस्बिर को ठाउँमा यो टाँस्ने हिम्मत गरे ।सलाम

    Reply
  2. Shiva says:
    November 29, 2018 at 1:11 pm

    प्रिन्ट मिडियाले यो पोस्टर लाई ज्याकेट एडको रुपमा छापिदीएर तथा अनलाईन मिडिया ले फ्लाश एडको रुपमा राखेर सन्चार माध्यम जनताको पनि हो भनेर आभास दिलाउने कि?
    कहिले सम्म मिसन मिडियाको रुपमा काम गर्ने जनताको लागि काम गर्ने बेला आएको छ चेतना भया !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme