Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिजुलीको खम्बामा आयो ‘नयाँ युग’

Posted on November 27, 2018 by Salokya

मंगलबार बिहानसम्म त्यस्तो खास केही थिएन। अर्थात् पुरानै युग थियो। तर राति त झलमल्ल ‘नयाँ युग’ आएको देखे धेरैले। उहिले राजा महाराजाका फोटोहरु यसरी सजाइन्थे ठाउँ ठाउँमा। हाम्रो वाणीको वास्ता हुँदैन थियो, मौसूफहरुको महावाणी चोक चोकमा राखिन्थ्यो। अहिले दुई तिहाईको सरकार आएपछि प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘एउटा नयाँ युगको सुरुवात’ लेखिएका पोस्टर राखिएका छन् सोलार बत्तीको खम्बा मुनिको विज्ञापन बोर्डहरुमा। 

सित्तैमा त यो पक्कै पनि राखिएन होला। यसरी प्रधानमन्त्रीको फोटोसहित नयाँ युगको प्रचार गर्दा चैँ कति खर्च भयो होला? त्यो खर्च गोजीको पैसा त पक्कै हैन होला, तपाईँ हाम्रै राज्यको ढुकुटीबाट जाने होला। नयाँ युगको सुरुवात त कामले देखाउने हो, मानिसलाई महसूस गराउने हो, गफमात्र दिएर अनि बिजुलीको खम्बामा फोटो झुण्ड्याउँदैमा नयाँ युग आउने भए त हाम्रो देशले अमेरिकालाई उछिनीसक्थ्यो होला।

यस्तो गर्नुपर्छ हजुर बनेर सुझाव दिने चाकडीबाजको त कुरै छाडिदिउँ। अँ ठीक छ भनेर स्वीकृति दिने पनि गजबकै नमूना रहेछन् भन्ने देखियो। खम्बामा झुण्डिएको नयाँ युग तल सडकमा झर्ने चाहिँ कहिले होला। बिचरा हामी नागरिक झर्ला र खाउँला भनेर हेरिरहेका छौँ। यो खम्बामा पोस्टर टाँस्ने ठेक्का कसले पाएको हो, उसलाई चाहिँ समृद्धि राम्रैसँग आयो होला।

8 thoughts on “बिजुलीको खम्बामा आयो ‘नयाँ युग’”

  1. Birkhe says:
    November 29, 2018 at 1:40 am

    अब आएर गणतन्त्र गोरु तन्त्रमा परिणत भयो जस्तो लग्यो | खाली खुट्टा हिंडेर शहर पसेकाहरु, घर्पतिकी चोरिचेली उडौने हरु, तिस करोडका गाडी मा सरर एक अर्बको घरमा बस्छन, आफ्नै साला सालीलाई ठुलो ओहद ल्यौछन, अरुलाई कुकुर भन्दा मुनि ठान्छन, गोजीमा सुकु नहुनेले खरबौं कमौछन, अनि गणतन्त्र गोरु तन्त्त्र भएन ? यी नेता भनौदा हरुको पुर्खौली सम्पति कति थियो भनेर जाचे हुन् र ? आखिर कसले पो जाचने ? चारै तिर उनैको धूपौरेहरु छन् यस्तै हो भने नेपालको आयू पाँच बर्ष भन्दा बढि छैन |

    Reply
  2. Yam Pun says:
    November 27, 2018 at 5:39 pm

    पोहोर साल ग्यासको पाइप घर घरमा पुर्याउछु भन्दै कुर्लिन्थे । यसपाली ग्यासको पाइप होईन, बिजुलीको तार चुल्हो चुल्होमा पुर्याउछु भने कै हुन् । अहिले त आफै बिजुलिको खम्बामा झुन्डिए पछि बोलेको कुरा पुराएरै छाड्ने रैछन् भनेर पत्याउनै पर्ने भो । झुन्डिएर आत्महत्या त पक्कै गरेको होइनन् होला क्यारे ।

    Reply
  3. जगदीश says:
    November 27, 2018 at 11:22 am

    पहिलो पटक प्रधानमन्त्री बन्ने बेलामा केपी ओली भन्थे, “म सिंहदरबारको भित्तामा फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री बनेको होइन ।”
    कुरा के रैछ भनेको त अहिले बुझियो । सिंहदरबारको भित्तामा मात्रै होइन, बिजुलीको खम्बा खम्बामा पनि फोटो झुन्ड्याउन प्रधानमन्त्री बनेका रैछन् ।

    Reply
  4. सुमन says:
    November 27, 2018 at 9:16 am

    हे भगवान काठमाडौंको सबै कुकुरहरुले अब बिजुलीको खम्बामा के के गर्ने हो कुन्नी ?

    Reply
  5. केदार says:
    November 27, 2018 at 7:27 am

    अब बिजुलीका खम्बा मा फोटा छुण्ड्याउदै मा सम्बृद्धि आउदैन । कर्म गर्नुपर्नेछ । यि अति भए । luxurious सुबिधा , बिजुलीका खम्बामा फोटा टाङ्ने बेला आएको छैन ।

    Reply
  6. Santosh says:
    November 27, 2018 at 6:06 am

    यस्ता बकम्फुसे पत्रिका र यसका नालायक़ पत्रकारहरुको लाईसेन्स तुरुन्त ख़ारिज होस ।

    Reply
  7. Dharm Gurung says:
    November 27, 2018 at 2:28 am

    जनता का कर पैसा खानु कती जान्या हो यो के पी ओली ले . थुक्क यो सरकार . एस्तो गर्नु बुद्धी निने कुन नरपिचास . यसरी जनता को कर को पैसा उड़ाउनु थियो भनी जनता का लागी जहा बिजुली न गएको ठाउ मा १०/२० बिजुली का पोलानै ठडाइ दिएको भए नी जनता ले गुण गाउने थिए . के पी ओली लाइ कसले चिनेको थिएन र कामचोर र भ्रस्ट सरकार भनेर .

    Reply
  8. Shankar says:
    November 27, 2018 at 1:57 am

    नया युग मा प्रचण्ड , रबिन्द्र अधिकारि , हृशी धमला , बाबुराम , लालबाबु पण्डित , लाल बाबु राउत , ओली स्वयम् , उपेन्द्र यादब हरु राम्रै मोटाए , प्रत्यक्ष्य , अप्रत्यक्ष्य , नाटक गरेर नेपाल लाइ लुट्न सम्म लुटे| दुराचारी , भ्रास्ताचारी ले राम्रो फल्ने , फुल्ने मौका पायो |
    हिजो डांडा मा हगेर डल्ला ले पुछेर फाल्ने हरु लाइ भैरहेको गाडी ले भएँन कोरोडौ पर्ने नया गाडी चाहियो | तेस्पछि श्री छ हरु निद्राबाट झाल्ल्यास्सा बिउझ्यो , झयाल खोलेर हेर्यो त् बाहिर नया युग आएछ |तेरीमा मुला को साग |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme