Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के ‘नागरिक’ बिक्री हुन लागेको हो?

Posted on November 26, 2018November 26, 2018 by Salokya


केही दिनदेखि मिडिया बजारमा एउटा हल्ला निकै सुनिएको छ- नागरिक दैनिकको स्वामित्व बेचिन लागेको छ रे। दुई अर्बको डिल रे। अजेयराज सुमार्गीले किन्न लागेको रे।

सुरुमा सोसल मिडियाका केही हुँडार अकाउन्टबाट सुरु भएको यो हल्ला पछि अनलाइनहरु र साप्ताहिक पत्रिकाहरुमा समेत देखिन थाल्यो। नागरिक दैनिकमै एकताका काम गर्ने र हाल अमेरिकामा रहेका विजय घिमिरेको अनलाइनमा पनि यो समाचार आयो।

‘सुमार्गी नागरिक दैनिक किन्ने तयारीमा, दुई अर्बमा किनबेचको चर्चा’ शीर्षकको समाचारमा सुमार्गीले सुरुमा ५१ प्रतिशत शेयर मागेको तर विनोदराज ज्ञवालीले किन्ने भए पूरै किन भनेर प्रस्ताव गरेको दावी गरिएको छ। चार चरणमा कुरा भइसकेको र अन्तिममा कुनै व्यवधान नभए स्वामित्व फेरिने पक्का भएको दावी त्यसमा छ।

नागरिकको स्थापना कालदेखि पाँच वर्ष त्यहाँ काम गरेको भएर चासो लाग्नु स्वभाविक हो। कान्तिपुरबाट टुक्रिएर नागरिक सुरु गरेपछि नै एकनासको मिडिया बजारमा एउटा तरङ देखिएको पक्का हो। यसको श्रेय ज्ञवालीलाई नै जान्छ।

मिडियालाई नै मुख्य बिजनेस बनाएको र एक किसिमको मिडियाको पावर इन्ज्वाय गरिरहेको व्यक्ति एकाएक यसलाई बेचेर रिटायर्ड होलान्?

कुनै पनि हल्लामा ‘हो’ र ‘हैन’ भन्ने दुई विपरीत ध्रुवका कुरा हुन्छन्। तर यो हल्लामा भने ‘हुनसक्छ’ भन्ने तेस्रो धार पनि देखियो। ‘भर छैन, हुनसक्छ’ भन्ने कुराले पनि यो हल्ला मच्चाउन सहयोग गर्‍यो। अनि नागरिकभित्रैका मान्छेहरुले ‘केही न केही पाकिरहेको छ’ भनेपछि त झन्।

नेपाल रिपब्लिक मिडियाका प्रोडक्टहरु परिवार मासिक र शुक्रवार साप्ताहिक, रेडियो अनि नागरिक नेटवर्क राखेर अन्य बेच्ने पनि हल्ला आयो। ती प्रोडक्टको अफिस सुन्धाराबाट कमलादी हामा टावरमा सार्ने तयारीले पनि यो हल्लालाई बल दियो।

त्यसो त नागरिक दैनिकमा फलानाको लगानी भित्रियो भनेर हल्ला यसअघि पनि नआएका हैनन्। एक पटक प्रचण्डको लगानी भित्रियो भनेर पनि हल्ला खुबै भयो। एमडी विनोद ज्ञवालीसँग हाम्रो खासै कुरा हुँदैन थियो। एक पटक कुनै काममा उनको कार्यकक्षमा भेट हुँदा मैले ‘बजारमा यस्तो हल्ला भइरहेको छ लगानी भित्रिएको भनेर। कमसेकम यसको सोसल मिडियाबाट आधिकारिक रुपमा खण्डन गर्नुस्। विदेशमा पनि यस्तो चलन हुन्छ’ भनेर सुझाव दिएको थिएँ। उनले ‘भन्नेको मुख कहाँ थुन्न सकिन्छ र, एउटा हल्लाको खण्डन गर्‍यो अर्को आउला, फेरि अर्को आउला’ भनेर टारे। पछि ‘तपाईँको सुझाव पनि ठीक हो’ चाहिँ भनेको याद छ।

हामी नागरिकमा काम गर्नेहरु सबैलाई थाहा थियो- प्रचण्डको लगानी भित्रिएको छैन भनेर। तर बाहिर यस्तो हल्ला फैलियो कि सबैले हो नै ठाने। पछि थाहा भयो यो त नागरिकको ब्रान्डिङ बिगार्ने चाल थियो।

यस पटकको हल्लामा भने त्यसरी ‘नागरिक’ चुप बसेन। अहिले यो मिडिया हाउसको व्यवस्थापनमा ज्ञवाली पति पत्नी बाहेक छोरी समृद्धि ज्ञवाली पनि छिन्। उनले आज फेसबुकमा स्टायटस लेख्दै ‘नागरिक’ बेचिन लागेको खबरलाई ‘कल्पनात्मक कथा’ भनेकी छिन्। भेस्टेड इन्ट्रेस्ट भएका समूहहरुले आफ्नो टिममा शंका, डर र अन्यौल फैलाएको दावी गर्दै उनले नेपाल रिपब्लिक मिडियाको नेतृत्व निरन्तर गर्ने मात्र हैन, थप लगानी पनि गर्ने घोषणा गरेकी छिन्।

2 thoughts on “के ‘नागरिक’ बिक्री हुन लागेको हो?”

  1. R. Chhetri says:
    November 27, 2018 at 9:30 pm

    Samvriddhi Gyawali needs to pay more attention to grammatical errors. “Quite and inquisitive” should either be “quiet and inquisitive” OR “quite inquisitive”.
    Secondly, “our investigative pieces of …….. has won a lot of trust”……Should be “have won”. There are still several errors in her post, but looks acceptable in Nepal. However, I believe her message to rivals has reached them and they understood this kid on the bloc is not telling sheer lies. Long live Nagarik.

    Reply
  2. madan bajracharya says:
    November 26, 2018 at 10:57 pm

    अरव/खरव पति भय पछि प्रतिष्ठित बनि हाल्ने, बाउला र गला काटेको अंग्रेजी कोट लगायर मन्चमा भासन ठोके पछि नेता बनि हाल्ने, राजनैतिक कोटामा कोहि ठुला पदमा नियुक्त भय पछि औंठा छाप पनि विद्वान र योग्य बनि हाल्ने, अनि आफु र आफ्नाको नभय सबै थोक गलत नै बन्ने र अरुको नेतृत्वको सरकारलाई जसरि भय पनि असफल बनाउने प्रयास गर्ने जनताले पत्याउन छाडेको दलको अस्तित्वको आधार मानिने/ यस्तैको माझ अजय को नाम पनि आउँछ-पदमा रहंदा आफ्नो र दलको नाममा केहि सम्पति नभयको देखाउने ठुलोमा ठुलो बन्न जे पनि गर्ने भन्ने याकजना नेताको नाम!!!
    कसरि यो यत्रो सम्पतिको मालिक बने, पिउन खरदारले पनि कर तिर्छन त् यसले यत्रो सम्पति कमाउँदा कति कर तिरे भन्ने जवाफ आम जनताले पाउनु नपर्ने हो भने कुरै अर्को नभय …../

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme