Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, तपाईँले भोट हाल्दैमा मिस वर्ल्ड नेपालले जित्ने हैन

Posted on November 29, 2018November 29, 2018 by Salokya

अहिले नेतादेखि लिएर कलाकार र सर्वसाधारण र एनआरएन संस्थासमेत मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी शृङ्खला खतिवडालाई भोट हाल्न आह्वान गरिरहेका छन्। कतिले बुझेका होलान्, कतिलाई चैँ भोट हालेरै मिस वर्ल्ड जितिन्छ जस्तो पनि भ्रम रहेछ। भोट हालेर त चुनाव मात्रै जितिने हो, मिस वर्ल्ड पनि जितिन्छ भन्ने ठान्नुभएको भए भ्रमबाट मुक्त हुनुस्। जितिँदैन।

तर प्रतियोगिताको फरम्याट अनुसार भोट हालेर फास्ट ट्रयाकबाट टप ३० सम्म चाहिँ पुर्‍याउन सकिन्छ। त्यहाँबाट माथि बढ्न चाहिँ प्रतिस्पर्धी आफैले निर्णायकहरुको मन जित्नुपर्छ। तपाईँको भोटले केही पार लाग्नेवाला छैन। टप ४० मा गत वर्ष निकिता चान्डक पनि पुगेकी हुन्।

यो वर्ष टप ४० लाई घटाएर टप ३० बनाइएको हो। टप ३० मा कसरी पुगिन्छ त?

एउटा उपाय हो हेड टु हेड च्यालेन्जबाट छानिनु। प्रतियोगीहरुलाई विभिन्न ग्रुपमा बाँडिन्छ। यसबाट १० जना छानिन्छन्। यसमा सुरुमा २ मिनेटको भिडियो र त्यसपछि ६ जना प्रतिस्पर्धीहरुलाई राखेर प्रश्नहरु सोधिन्छ। त्यसको जवाफका आधारमा भोटिङबाट। भोटिङका लागि ३० नोभेम्बरसम्म समय बढाइएको छ।

अर्को हो मल्टिमिडिया अवार्ड जितेर। यसका लागि फेसबुक, मोबस्टार एप, आधिकारिक वेबसाइट आदिबाट भोट गर्न सकिन्छ। धेरै भोट पाउने एक जनाले अवार्ड जितेर सीधै टप ४० मा प्रवेश पाउँछिन्।

अर्को उपाय हो टप मोडल जितेर। यो उपाय अब बाँकी छैन। किनभने मिस फ्रान्सले यो उपाधि जितेर टप ३० मा पुगिसकी।

तपाईँले शृङ्खला खतिवडा सेमिफाइनलमा लेखिएको यस्तो समाचार शीर्षक देख्नुभयो होला। यो चाहिँ यही टप मोडल प्रतिस्पर्धामा पुगेकी हुन्, मिस वर्ल्ड ताजकै सेमिफाइनलमा भने हैन।

अर्को उपाय हो ट्यालेन्ट उपाधि जितेर। यो प्रतिस्पर्धा मिस जापानले जितिसकेकी छिन्।

त्यस्तै स्पोर्टस, पिपल्स च्वाइस अवार्ड र ब्युटी विद् अ पर्पोज अवार्ड जितेर पनि टप ३० मा पुग्न सकिन्छ। यस बाहेक हेड टु हेडमा जजले छानेर पनि टप ३० मा पुर्‍याउन सक्छन्।

भोट हालेर जितिने मल्टिमिडिया अवार्ड र पिपल्स च्वाइस अवार्ड मात्रै हो। गत वर्षसम्म यी दुई अवार्ड थिए। यो वर्ष त्यसमध्ये एक हटाएको पनि हुनसक्छ।

टप ३० बाट टप १२ मा छानिन्छन्। त्यसपछि टप ५ छानिन्छन्। टप ५ मा परेका मध्ये दुई जना हिस्स हुन्छन्। बाँकी तीन जनामा एक जनाले मिस वर्ल्ड उपाधि, अर्कोले फर्स्ट रनर अप र अर्कोले सेकेन्ड रनर अप उपाधि जित्छिन्।

टप ३० मा छानिसकेपछि मात्रै अर्को बाटो खुल्ने हो। टप ३० मा पुर्‍याउन मज्जाले भोट गर्नुस्। सघाउनुस्। तर भोट हालेरै मिस वर्ल्ड जितिन्छ भन्ने भ्रममा चाहिँ नपर्नुस् है।

3 thoughts on “नझुक्किनुस्, तपाईँले भोट हाल्दैमा मिस वर्ल्ड नेपालले जित्ने हैन”

  1. Madhu kunwar says:
    November 30, 2018 at 10:31 am

    जित हार आफ्नो ठाउं मा छ भोटले नेपालीको एकतालाई अझै बलियो बनाउछ। आयोजक नै अचम्ममा परेको छ नेपालीको भोट देखेर यस ले नेपालीमा एकताको भावनाको परिचय झल्काउछ। च्यसैले आयोजकले फेरी दुई दिन भोट खुला गरेको थियो। सकारात्मक बनौ सोचौ

    Reply
  2. Dinesh waiba says:
    November 29, 2018 at 5:45 pm

    Best of luck.

    Reply
  3. Sunil, London says:
    November 29, 2018 at 2:55 pm

    भोट हाल्ने कुरा मा हामी नेपाली अगाडी छौ ! काम नपाएकाहरू दिनभरी प्रशान्त तामांग लाई भोट गर्दै हिड्थे ! तपाइको कुरा सहि हो , मिस वर्ल्ड भोटिंग बाट जितिने हैन ….भोटिंग बाट जितिने भए १०० करोड जनसंख्या भएको चिन ले जिती हाल्ला नि , ३ करोड जनसंख्या भएको नेपाल ले जित्ला र ?
    तर हामी नेपाली को आफ्नै नियम छ, जे पायो त्यहि फेसबुक मा पोस्ट गरिदियो, अनि त्यसैको पछाडी दौडियो !!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme