Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनआरएनका डाक्साप हावा वेबसाइटमा शृङ्खलालाई भोट माग्दै

Posted on November 24, 2018 by Salokya


कसलाई केको धन्दा, कुन्नि के जातिलाई केको धन्दा भने झैँ एनआरएन अर्थात् गैर आवासीय नेपाली संघका महासचिव डा. बद्री केसीलाई भोट माग्ने ध्याउन्ना लागेको रैछ अहिले। एनआरएनको एउटा इमेल ग्रुपमा मेरो पनि ठेगाना रहेछ। त्यसमा डाक्सापले देशबाहिर रहेका नेपालीको एकताको शक्ति देखाउन आह्वान गरेका रहेछन्। केका लागि भनेको त मिस नेपाल शृङ्खला खतिवडाका लागि अनलाइन भोटिङ गर्नका लागि रे। एकताका अस्कर अवार्ड जिताउनका लागि भनेर पनि अनलाइन भोटिङ आह्वान गरिएका थिए। पढ्नुस् पुरानो ब्लग- अनलाइनमा भोट हाल्दैमा ‘झोला’ले अस्कर जित्दैन साथी हो, कुरा बुझौँ ! नेपालीहरुले आँखा चिम्लेर ड्याम कि ड्याम भोट दिएका थिए। तर त्यो हावा वेबसाइटमा भोट गरेर केको अस्कर जित्नु!

अहिले एनआरएन डाक्सापले पनि एकताको शक्ति गलत ठाउँमा देखाउन आह्वान गर्नुभएछ। मिस वर्ल्डको आधिकारिक वेबसाइटमा नभई एउटा इन्डोनेसियाली हावा वेबसाइटमा अनलाइन भोटिङ गर्न उनले निर्देशन दिएको देखियो।

हेर्नुस् उनको इमेल जस्ताको तस्तै

एनआरएनका डाक्सापले नबुझेको कुरा-

-missworldvote.com मिस वर्ल्ड प्रतियोगिताको आधिकारिक वेबसाइट हैन। यो साइटमा अनलाइन भोट हालेर मिस वर्ल्डको भोटिङमा केही लछारपाटो लाउँदैन।
-उनले इमेलमा लेट्स मेक शृङ्खला मिस वर्ल्ड २०१८ लेखेका छन्। अनलाइन भोटिङले मिस वर्ल्ड बन्ने होइन।

त्यसो भए भोट कसरी दिने त?

मिस वर्ल्डको आधिकारिक वेबसाइट missworld.tv हो। वेबसाइटबाट आफ्नो सोसल मिडियाबाट लग इन गरी भोट गर्न सकिन्छ। त्यसैगरी mobstar app डाउनलोड गरी त्यसमार्फत् पनि भोट गर्न सकिन्छ।

शृङ्खला आफैले पनि भोट गर्ने तरिका यसरी प्रष्ट राखेकी छिन्

तर हाम्रा एनआरएनका डाक्साप चाहिँ हावा वेबसाइटमा भोट माग्दै हिँड्नु भएछ नेपालीको एकता भन्दै। एकता ठीक ठाउँमा नपर्दा ए, कता? हुन पुग्ला है होस गरौँ।

5 thoughts on “एनआरएनका डाक्साप हावा वेबसाइटमा शृङ्खलालाई भोट माग्दै”

  1. Pingback: नेपालीले मरीमरी गरेको भोट काम लागेन, मिस वर्ल्ड हेड टु हेड च्यालेन्जमा शृङ्खला सिंगापुरेसित पराजित « Mysansar
  2. prabha* says:
    November 26, 2018 at 1:43 pm

    हाम्रो देस को बिकास त अब मोबाइल बात मात्र होला जस्ताे देखियोत ।

    Reply
  3. Yam Pun says:
    November 25, 2018 at 2:35 pm

    NRN मा डाक्टर साहेबहरु त कुन्नी ? डाका साहेबहरु चाहिँ देशै पिच्छे बग्रेल्ती भेटिन्छन् क्यारे ।

    Reply
  4. Laxmi Dawadi says:
    November 24, 2018 at 8:24 am

    आफ्नो काम छैन र भोट हालेर बस्न?

    Reply
  5. prashant says:
    November 24, 2018 at 5:22 am

    मैले missworld को पार्य सबै युटुब अपडेट हेरिरहेको छु जजले प्रत्य्के पटक भिडियोको अन्तमा ४ वटा plate form को नाम बताउदैछन फोटोसहित र सोही भिडियोको लिन्कमा पनि राम्रो सङ्ग लेखेको छन तर नेपालीहरु हिजो सम्म गलत लिन्कमा भोट हाल्दैथिए अनि आज दुइटामा मात्रै भोट हाल्दैछन जबकी हाल्ने पर्ने चार वटैमा हो । तलको व्याख्या हेर्नोस –

    #Missworld2018
    तलका चार तरिका बाट भोट गर्नुपर्छ!

    1. https://missworld.com/#/vote

    (direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)

    2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/

    ( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

    3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90

    ( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)

    4. download   “mobstar” App from plastore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
    vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
    यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)
     
    – शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधित्व गरि गएकी  हुनाले देशको नाम सम्बोधन गरेर नै उनको नाम आइरहेको छ। अन्तरास्ट्रिय प्रतिस्पर्धामा आफ्नो देशको नाम फैलाउनु हामी सबै नागरिकको कर्तब्य हो त्यसैले कृपया अलिकति कस्ट गरिदिनोस हामी जित्नेछौ! दुई दिन अघि नेपालको vote 33% थियो आज घटेर 20% मा झरेको छ अझै पनि नेपाल टप मै छ। india को भोट दृत गतिमा अगाडि बढिरहेको छ कृपया नेपाललाइ लिड गराऔ!
    त्यसैले vote गरौ! सेयर गरौ! नेपाललाइ जिताउ! जय नेपाल!

    नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला!
    धन्यवाद !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme