Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओप्पा गंगनम स्टाइलले लोप्पा खुवाउला जस्तो भो त !

Posted on November 22, 2018 by Salokya

ओप्पा गंगनम स्टाइल बोलको गीत तपाईँले सुन्नुभएकै होला। ‘हे सेक्सी लेडी’ र ‘ओप्पा गंगनम स्टाइल’ बाहेक अरु केही बुझ्नु पनि भएन होला यो कोरियाली गीतको। भर्खरै यही गीत गाउने गायक साइ ब्यान्डसहित नेपाल आउन लागेको र काठमाडौँमा कन्सर्ट गर्न लागेको खबर पनि सुन्नुभएको होला। हाम्रै साथीहरुले समेत ब्याकग्राउन्ड चेक नगरी खबर हालेका रहेछन्। आज दक्षिण कोरियाली राजदूतावासको अनाउन्समेन्ट पछि पो थाहा भो- ओप्पा हैन लोप्पा खुवाउन लागेको पो रैछ।

दक्षिण कोरियाली राजदूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ-

कोरिया दूतावासले काठमाडौँमा साइ कन्सर्ट आयोजना गर्न लागेको छैन न हाम्रो यो आयोजनासित कुनै सम्बन्ध छ।

लौ दूतावासले नै यस्तो भनेपछि त शंकाको कुरा हुने नै भयो। केही समाचारहरु त कोरियाली दूतावासले नै आयोजना गर्न लागेको पनि भनिएको थियो। किनभने नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध ४५ वर्ष पुगेको अवसरमा उनीहरु नेपालमा प्रस्तुति दिन आउन लागेको भनिएको थियो।

त्यसो त कन्सर्ट आयोजना स्थल खुमलटार, सातदोबाटोमा रहेकाे रेडियो नेपालको ग्राउण्डमा हुने भन्नुले पनि शंका उब्जाएकै थियो।

आयोजकका रुपमा कुनै संस्था अगाडि आएको थिएन। एक जनाले फेसबुकमा भने लेखेका थिए। उनी थिए जनक गौतम

अहिले उनले त्यो स्टायटस फेसबुकबाट डिलिट गरिसकेका छन्। उनको फेसबुकका अरु फोटोहरु हेर्दा केपपको टप स्टारलाई नेपाल बोलाउन सक्लान् त भन्ने प्रश्न उठ्छ नै।

पप गायक दीपक बज्राचार्यसमेत गंगनम स्टाइलका गायकको कन्सर्टमा आफ्नो मन मगन गीत गाउनलाई आमन्त्रण आउनु ठूलो कुरा हो भन्दै मख्ख परिरहेका थिए। हल्ला यति धेरै फैलिएछ कि कोरियाली दूतावासले स्पष्टीकरणै दिनु पर्‍यो।

दूतावासले आफूले आयोजना गर्न लागेको हैन र सम्बन्ध छैन भने पनि अरुले आयोजना गर्न लागेको हो कि हैन भन्ने बारे केही बताएको छैन। कोरियाली दूतावासको समन्वय नै नभएको भनेपछि त झन् ती टप कोरियाली कलाकार आउलान् भन्नेमा शंकै रह्यो। त्यसमाथि PSY को अफिसियल सोसल मिडियामा काठमाडौँ कन्सर्ट बारे केही लेखिएकै रहेनछ।

ओप्पा गंगनम स्टाइल भन्दै सबलाई लोप्पा खुवाउने काइदा चैँ गज्जपै लाग्यो। हैट, के विधि !

1 thought on “ओप्पा गंगनम स्टाइलले लोप्पा खुवाउला जस्तो भो त !”

  1. Tika says:
    November 23, 2018 at 11:25 am

    देश नै ठग र फटाहाहरुले भरिएको छ के भन्ने खै ?

    खुद नेपाल सरकारको यातायात विभागले त यति विध्न ठगेको छ !
    हेर्नोस त, आज देखि अनलाइन लाइसेन्सको नयाँ आवेदन खुल्छ भनेर घोसणा गरे तर वेवसाइट नै बन्द छ !

    https://www.dotm.gov.np/
    http://202.45.144.104/Nepal_DLReg/dlNewRegHome.action

    लौन उमेशजी एउटा कडा भण्डाफोर टाइपको ब्लग लेखिदिनु पर्यो । कतै तिनका आँखा पर्थ्यो कि !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme