Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशमा बस्ने नेपालीको चासोको विषय दोहोरो नागरिकताबारे सर्वोच्चको फैसलाको पूर्णपाठ पढ्नुस्

Posted on November 17, 2018November 17, 2018 by Salokya

विदेशमा बस्ने नेपालीहरुको एकदम चासोको विषय हो दोहोरो नागरिकता। अर्थात् आफू बसिरहेको देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता पनि कायम हुनुपर्ने। उताको पनि नागरिक, यताको पनि नागरिक भइरहन पाउनु पर्ने। त्यसो त अहिले पनि धेरैले नेपालको नागरिकता नत्यागेरै विदेशको नागरिकता लिइसकेका छन्। उनीहरु उता हुँदा उतैको नागरिक हुन्छन्। यताको नागरिकता त्याग्नुपर्ने कानुन उताको देशमा हुन्न। त्यसैले त्यो गैरकानुनी पनि हुन्न। यता आउँदा यतैको नागरिकता हुन्छ, यताको नागरिकता नत्यागेको हुनाले। तर यताको कानुनमा भने त्यो गैरकानुनी हुन्छ। त्यसैलाई वैधता दिन अर्थात् उताको नागरिकता लिए पनि यताको कायमै गर्न पाउनु पर्ने भनी सर्वोच्च अदालतमा परेको रिट सर्वोच्च अदालतको ५ न्यायाधीशको संवैधानिक इजलासले खारेज गरिदिएको थियो गत जुलाईमा। त्यसको पूर्ण पाठ शुक्रबार सार्वजनिक भएको छ। यस सम्बन्धमा ब्लग यहाँ क्लिक गरी पढ्नुस्। फैसलाको पूर्ण पाठ पढ्न भने भित्र आउनुस्।


5 thoughts on “विदेशमा बस्ने नेपालीको चासोको विषय दोहोरो नागरिकताबारे सर्वोच्चको फैसलाको पूर्णपाठ पढ्नुस्”

  1. Krishna says:
    November 21, 2018 at 6:18 pm

    पहिले नेपालमा बस्ने दोहोरो नागरिकता भएकाहरुलाइ पहिचान गर्नु पर्यो, सकिन्छ भने कारबाही पनि गर्नु पर्यो | सबैलाई थाहै छ नेपालको तराईमा र हिमालमा थुप्रै गैर नेपालीहरु दोहोरो नागरिकता लिएर बसिरहेका छन्|

    Reply
  2. Shankar says:
    November 18, 2018 at 7:24 pm

    किन 3rd Class खाते इन्डियन ले दोहोरो नागरिकता राखेर नेपाल लुटेर इन्डिया मा पैसा थुपार्न पाउने , युरोप , अमेरिका बस्ने नेपालि ले आफ्नो देश को सम्पत्ति आफ्नै देश मा राखेर , बिदेस मा कमाएको ले समेत आफ्नो देश मा लागनी गरेर आफ्नै देश लाइ राम्रो र बिकसित बनाउन न पाउने ?

    किनभने देश इन्डियन ग्रयाण्ड डिजाइन अनुसार चलेको छ , नेपालि लाइ नेपाल बात लखेट्ने र इन्डियन लाइ नेपालि बनाएर नेपाल भर्ने | तेस्मा यो दोहोरो नागरिकता मेल खादैन | इन्डियन र तिनका दलाल जो सत्ता मा बस्छ तिनीहरुको लागि देश विदेश घुमेका , बुझेका बुजुर्ग नेपालि हरु जसले देश को महत्त्व बुझेका छन् , देश भक्त छन् का जातीय दुश्मन हुन् |
    गाउका सामन्त , सोसक सोच भएका र भित भित्र इन्डियन एजेन्ट नै खाटी कम्निस्ट नेता बनेर देश लाइ चलाई रहेको आजको अबस्था मा दोहोरो नागरिकता सम्भब छैन |
    साइकल चढेर, चिम्म आखा चिम्लेर बिदेसजाने नेपालि जातिलाई देश को दुश्मन ठान्ने लालबाबु पण्डित ले स्वास्नीको नाउमा चै लाखौ रुपिया बेंक मा थुपार्ने रहेछ |
    लग्बग बाबुराम जस्तै |

    Reply
  3. Pingback: नेताहरु विदेश आउँदा रक्सी र चिकन चिल्ली खाएर दोहोरो नागरिकता पाउनु पर्छ भन्ने, अहिले बल अदालतमा फ्याँक्ने ! « Mysansar
  4. आर. छेत्री says:
    November 17, 2018 at 10:33 pm

    गैर आवासीय नेपाली नागरिकता भनेको चाही अझै बुझ्नु सकिन मैले । खासमा त्यसलाई आइ.डी. कार्ड भन्नु वेश हुनेछ । यो नागरिकता शब्द नै हट्नु पर्छ । एन.आर.एन. कार्ड अनिवार्य गराउनु, धेरै झमेला नगरिकन । हाल विभिन्न किसिमका डकुमेन्ट पासपोर्ट नागरिकता आदि दूतावासमा बुझाउनु पर्ने अनि एन आर एन कार्ड पाउने भनिएको छ तर यस्तो कार्ड लिनेहरु अझै नगण्य छन भन्ने सुनिएको छ । खोजेको चाहि के हो त ? एनारेन कार्ड लिनु पनि उत्साहित नहुने, नेपाली नागरिकता पनि छोड्नु नमान्ने, विदेशी नागरिकता त झन् ज्यान गए नछोड्ने । अनि खोजेको के त ? अलि अलि बुझे अनुसार नेपाल फर्किंदा वा नेपालमा जति मन लागे बस्नुको लागि भिसा फीस तिर्नु न परोस् । नेपालमा संपत्ति, व्यापार, व्यवसाय, घर जग्गा सबैको अधिकार त्यो एन आर एन कार्डले दिनु पर्छ । कुरै सकियो । अब जसले एन आर एन कार्ड लिए (लिनै पर्छ), उनले ब्रिटिश, अमेरिकन वा अरु कुनै देशको (सार्क राष्ट्र बाहेकका मुलुकको) पासपोर्ट र त्यो एन-आर-एन कार्ड पनि संगै बोकेर नेपाल जाने हो ; त्यो कार्ड अध्यागमनमा देखाए पछि नेपाल छिर्ने फ्री भिसा जति बस्न मन लागेको हो त्यतिको दिने (विदेशी पासपोर्टमा ड्याम्म छाप हान्दिने) व्यवस्था गरिदिने । झगडा सकिएन र ? त्यो नेपालको नागरिकता जस्तै भै गयो नि । अब जे जति नेपालमा गर्नु छ, नागरिकता प्रमाणपत्र ल्याउ भन्ने कार्यालयले एन-आर-एन-कार्ड भए पुग्छ भन्नु पर्यो ।
    उदाहरणको लागि यु.के.मा रेसिडेन्स परमिट पहिले पहिले पासपोर्टमा छाप हानेर वा स्टिकर टाँसेर दिन्थ्यो, पछि छुट्टै बायोमेट्रिक कार्ड बनाएर पासपोर्ट संगसंगै बोकेर हिन्नु पर्ने बनायो । कलेजमा पढ्नु, जागिर खोज्नु वा सरकारी निजि सबै खाले कामको लागि त्यो कार्ड हेरेर काम हुन्छ । त्यस्तै एन-आर-एन कार्ड र विदेशी पासपोर्ट संगै बोक्नु अनिवार्य गरेमा यो विवादले केही समाधान पाउने छ ; नत्र नेपालका नेताहरु विदेश आउँदा रक्सी र चिकेन चिली खाएर एन-आर-एन नागरिकता जसरि पनि पाउनु पर्छ तपाईंहरुले, हामी नेपाल सरकारलाई दवाव दिन्छौं, भनेर भाषण फलाकेर स्वदेश फर्किन्छन अनि बल चाहि अदालतको आँगनमा फ्याँकी दिन्छन । यस्तो जाबो सजिलो कुरा पनि सुल्झाउनु नसक्नुलाइ अब के भन्ने ?

    Reply
  5. मुकेश यादव says:
    November 17, 2018 at 5:31 pm

    दही चिउरे कुरा करेर घिचने अनि भुँडी फुटाउने माइ का लाल हरु

    फंसाउने अनि घुस घिचने अनि दुखः दिने

    कुनै नया कुरा छैन यस मा / अरे NRN याने कि गैर आवासीय को बारे मा clear सही रूप मा कानून बनाए भने कोहि पनि माग्ने छैनन् दोहोरो नागरिकता

    NRN लाइ कानुनी मान्यता नभएको खोस्टा कागज बनाउने – ठगने र घूस घिचने बहाना मा

    दोहोरो नागरिकता नदिने र NRN को सही कानूनी ब्याख्या पनि नगर्ने अनि एरपोर्ट मा खान नपाएको दलाल सरह ठगने , दुखः दिने र घूस घिचन खोज्ने

    जसरी पनि ठग्ने

    नेपाल मा घुस घिचेमा जन्मकैद गर्नु पर्छ

    NRN को कानुनी अधिकार के त् ? लेखेका छन यी चमिकने हरु ले ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme