Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्णय लुकाएर चार दिन आलोचना पर धकेल्न सफल भए पनि आज सुरु भइहाल्यो – मेयर सालो, राजदूत साली, समृद्ध नेपाल सुखी ससुराली

Posted on November 16, 2018November 16, 2018 by Salokya

आइतबार साँझ मन्त्रिपरिषद् बैठक बस्यो। निर्णयको समाचार सम्प्रेषण गर्न बसेका पत्रकारहरुलाई ‘समयक्रममा तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ’ भन्दै सरकारका प्रवक्ताले जिल्लाराम बनाइदिए। तर पत्रकारहरु के चुप बस्थे। नाम नखुलाउने मन्त्रीहरुबाट सूचना चुहियो- भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र युएईका लागि कृष्णप्रसाद ढकाल राजदूत सिफारिश भए।

तर एउटा निर्णय भने चुहिएन। त्यो थियो इजरायलका लागि तत्कालीन सरकारले राप्रपा नेपालको सिफारिशमा पठाएका राजदूत निरन्जनकुमार थापालाई फिर्ता बोलाएर डा. अन्जान शाक्यलाई नियुक्त गर्ने। यदि यो निर्णय आइतबारै सुनाइएको भए त्यतिबेलै ‘साली’लाई बनायो भनेर आलोचना हुने पक्का थियो। निर्णय लुकाएर चार दिन भए पनि आलोचना धकेल्न सफल भएकोमा सरकारलाई बधाई।

बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरे। तब बल्ल सालीलाई राजदूत बनायो भन्दै आलोचना हुन थाल्यो। खासमा उनी प्रधानमन्त्री केपी ओलीका आफ्नै साली भने हैनन्। सालीपट्टीको नाता पर्ने भने हो फेरि।

प्रधानमन्त्री पत्नी राधिका शाक्यकी बहिनी भएको भए अन्जान शाक्य ओलीकी साली हुन्थे। राधिका चार दिदी बहिनी र दुई भाइमध्ये जेठी हुन। अन्जान उनकी बहिनीकी छोरी हुन्। तर मान्छेलाई आलोचना गर्न के चाहियो र, सोसल मिडियामा लेख्न थालिहाले- मेयर सालो, राजदूत साली, समृद्ध नेपाल सुखी ससुराली।

आइतबारको निर्णय बिहीबार सार्वजनिक गर्दा अलि रमाइलो पनि भयो। जतिबेला निर्णय सार्वजनिक भयो, त्यतिबेलासम्म त खबर बासी भइसकेको थियो। किनभने

-खेलकुद परिषद्का नवनियुक्त सदस्यहरुले निर्णय सार्वजनिक हुनुअघि हिजै शपथ लिइसकेका थिए।
– एआइजी नियुक्त डा. दुर्गा थापालाई हिजै दर्ज्यान्ही चिह्न प्रदान गरिसकिएको थियो।
– विदेशमा धेरै कामदार पठाउने देशहरुको संगठन कोलम्बो प्रोसेसको बैठक गर्ने निर्णय तर आज बैठक सुरु भइसकेको थियो

5 thoughts on “निर्णय लुकाएर चार दिन आलोचना पर धकेल्न सफल भए पनि आज सुरु भइहाल्यो – मेयर सालो, राजदूत साली, समृद्ध नेपाल सुखी ससुराली”

  1. sunial gyawali says:
    November 19, 2018 at 12:15 am

    सुरज जी ले सहि भन्नु भएछ / लाखामा नै हुन् ति बाजे

    Reply
  2. madan bajracharya says:
    November 16, 2018 at 9:34 pm

    रास्ट्रको कोष बात आकर्षक तलव भत्ता पाउने स्वदेश बा विदेशको कुनै पनि कार्यालय र राजनैतिक पहुँच को आधारमा हुने गरिने गलत कार्यमा कार्यवाही गर्न सक्ने निकायहरु हरुमा प्रतिस्पर्धा गरायर योग्यताको आधारमा नियुक्ति गरिंदैन राजनैतिक दलहरुको भागवण्डामा गरिन्छ र यसो गर्दा पनि बिशेष समुदायकै मात्र “आफ्नाहरू” लाई नियुक्ति गरिन्छ/ यो कुरा आफुलाई लोकतान्त्रिक भन्नेहरुको तानाशाही प्रविति जातिवादी भयको उदाहरण हो/ गणेशमानले पनि यस्तै कुरालाई लियर देसमा “……बाद” हावी भयको भनेको थियो/

    आज भन्नेबेला कानुनि राज्य, जात कुल बर्ग राजनैतिक पहुँचको आधारमा कसैलाई पनि …नगर्ने भन्नेले के साँच्चै योग्यताको कदर गरिरहेको छ बा जात हेरेर, राजनैतिक दलको भागवण्डा पुर्याउने लाइ मात्रै … गरिरहेको छ?

    नेपालमा अहिले साँच्चै भन्ने हो भने ठुला पदमा पुगेको सिट जात मिल्ने नाता पर्ने र ठुला दलका ठुलो ठुलो र तिनका आसेपासेले कुनै गलत कार्य गरेमा कार्यवाही गर्न सकिने कुनै निकाय कतै छ भनेर खोज्जे पनि नपाउने अबस्था रहेको देखिन्छ/

    Reply
  3. Sunil, London says:
    November 16, 2018 at 3:16 pm

    आफ्नै साली नभएर के भो त, पर्ने साली त हुन् नि, नेपाल जस्तो “गोरु बेचेको साइनो” त लाग्ने ठाउमा, पर्ने सालीको महत्व नबुझ्ने लाई के भन्नु !!! आफ्नै साली भएको भए कहाँ इजरायल को राजदूत बनाऊथिए त… अमेरिका, जापान , वेलायत को राजदुत बनाई हाल्थे नि! प्रधानमन्त्री को आफ्नै साली लाई इजरायल जस्तो देश को राजदुत बनायो भने त घोर बेइज्जत भैहाल्छ नि ! यसकुरा को विरोध गर्नेहरु नै मुर्ख हुन् , अब तपाई हामीलाई पनि राजदुत बन्न मन छ भने पहिला प्रधानमन्त्री को साला वा साली बनेर देखाउनु पर्यो नि !!!!! योग्यता नभएका हरुको कर कर नै बढी !!!!!!

    Reply
  4. suraj shahi says:
    November 16, 2018 at 10:17 am

    लामो सुस्केरा हाली लम्केका छन् उकाली ओराली
    डोकोको भार के र ? परे आकाशै बोक्ने जोश लिई
    खाली आदर्शका कुरा मात्र हैन
    नेता र भाइ भतिजाको स्वार्थ मात्र पनि हैन

    माथि छन् राजनीति र कूट खेल्ने
    चिन्ता खोक्रो अनि देशभक्ति नाटक मन्चन गर्ने
    कस कस लाई दोष दिने खै ?
    नेतृत्व र निर्माण आफ्नै काँध मा लिउं कि ?

    ओहो साँझ पनि भै सकेछ
    लीडर को भर छोड्ने बेला पो रैछ

    Reply
  5. Shankar says:
    November 16, 2018 at 8:41 am

    आजकाल समाबेसी कता बिलायो ?
    रातभरी करायो दक्षिणा हरायो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme