Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोदी र ओलीले जनकपुरमा उद्घाटन गरेको बस अयोध्या नगई काठमाडौँ आउने भएछ

Posted on November 12, 2018 by Salokya


तपाईँहरुलाई याद होला, पछिल्लो पटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सुरुमा जनकपुर पुगेका थिए। त्यहाँ उनले हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीसित मिलेर एउटा बसलाई हरियो झण्डा देखाएका थिए। त्यो बस जनकपुरबाट अयोध्या पुगेको थियो। तर यो बस त्यही एक पटक अयोध्या पुग्यो। त्यसपछि फेरि चलेन। बीबीसी नेपाली लेख्छ– नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेको जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा एकपटक चलेर बन्द भएको छ। आज समाचार हेरिरहँदा फेरि उस्तै शैलीको अर्को हरियो झण्डा उस्तै बसका लागि देखियो।

यसपालि दुई जना प्रदेश मन्त्रीले हरियो झण्डा देखाएछन्। यस पटक चाहिँ काठमाडौँ-जनकपुर पर्यटक बसको उद्घाटन रहेछ। हेर नौटंकी, एउटा कम्पनीले जाबो एउटा बस सेवा सुरु गर्दा पनि दुई दुई जना मन्त्री भएर झण्डा देखाउन जानु पर्छ त? त्यसो त प्रदेश मन्त्रीहरुको अरु काम नै के पो हुन्छ र।

ध्यान दिएर हेर्नुस् त हरियो झण्डाको शैलीमात्र हैन बस समेत त्यही हो। मोदी ओलीले उद्घाटन गरेको बस पनि  दीप ज्योति एडभेन्चर टुर्स एण्ड ट्राभल्स प्रालिकै थियो। अहिले जनकपुरबाट काठमाडौँ चलाउने भनेको बस पनि त्यसैको हो। भनेपछि जनकपुरबाट अयोध्या जान नसकेको बस काठमाडौँ पो आउने भएछ हैन त?

2 thoughts on “मोदी र ओलीले जनकपुरमा उद्घाटन गरेको बस अयोध्या नगई काठमाडौँ आउने भएछ”

  1. Shankar says:
    November 12, 2018 at 2:13 pm

    अयोधाया मा ”राम” छन् , काठमान्डू मा ”बाबुराम ”| अब अयोध्या जाने बस मात्र हैन , अयोध्या बासि नै काठमान्डू घर जम गर्न आउदैछन बिस्तारै |

    Reply
  2. observer says:
    November 12, 2018 at 7:24 am

    झन्डा पनि same रहेछ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme