Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सर्टिफिकेटहरुमा भएको उमेर, जात र नाम कसरी सच्याउने?

Posted on November 15, 2018 by Salokya

कहिलेकाहीँ शैक्षिक प्रमाणपत्रहरुमा नाम, जात वा उमेर नै सच्याउनु पर्ने हुनसक्छ। यस्तो अवस्थामा के कस्तो प्रक्रिया अपनाउनु पर्छ त? २०१७ सालमा उमेर, नाम र जात सच्याउने नियमहरू लागू भएको थियो। २०७० साल वैशाख ३० गते यो नियममा पछिल्लो पटक संशोधन भएको थियो। यो नियममा सच्याउने प्रक्रिया विस्तृतमा उल्लेख छ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–

(क) “विद्यार्थी” भन्नाले नेपाल सरकार शिक्षा विभागद्वारा सञ्चालित कुनै परीक्षामा उत्तीर्ण भएको व्यक्ति सम्झनु पर्छ ।
(ख) “प्रमाणपत्र” भन्नाले शैक्षिक योग्यता सम्बन्धी निस्सा सम्झनु पर्छ ।
(ग) “प्रमुख जिल्ला अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई समेत जनाउ“छ ।

३. उमेर, नाम र जात सच्याउने दरखास्त दिनु पर्ने :

(१) कुनै व्यक्तिले आफ्नो प्रमाणपत्रमा रहेका उमेर नाम वा जात सच्याउन चाहेमा ने.रु. १।– वा त्यति मोल पर्ने टिकट टा“सी आफ्नो भएको व्यहोरा लेखी प्रमुख जिल्ला अधिकारी छेउ दरखास्त दिनु पर्छ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि अञ्चलाधीशले÷प्रमुख जिल्ला अधिकारीले निजसँंग भएको सबूद प्रमाण र आवश्यकतानुसार साक्षी सरजमीन समेत बुझी ठाडो फैसला गर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ ।

४. परीक्षा नियन्त्रकले प्रमाणपत्र सच्याउन लगाउने र दस्तुर लिने :

(१) उमेर, नाम वा जात सच्याउने गरी फैसला भएकोमा प्रमुख जिल्ला अधिकारीले परीक्षा नियन्त्रकलाई त्यसको सूचना र फैसलाको नक्कल अविलम्ब पठाई दिनेछ र परीक्षा नियन्त्रकले उक्त जनाउ र फैसला बमोजिम सम्बन्धित व्यक्तिको प्रमाणपत्र र शिक्षालयमा रहेको रेकर्डमा नाम, जात वा उमेर सच्याउन लगाउनेछ ।
(२) शिक्षा विभागबाट तोकिएको दस्तुर लिई नाम, जात वा उमेर सच्याइएको नया“ प्रमाणपत्र परीक्षा नियन्त्रकले सम्बन्धित व्यक्तिलाई दिनेछ र पुरानो प्रमाणपत्र उक्त व्यक्तिसंग खिची लिनेछ ।

५. अदालत सरह अधिकार :
नियम ३ को उपनियम (२) बमोजिमको अधिकारको प्रयोगको लागि आवश्यक भएमा समन जारी गर्न, साक्षीहरू उपस्थित गराउन, लिखतहरू पेश गराउन, प्रमाण र सरजमीनहरू बुझ्न प्रमुख जिल्ला अधिकारीलाई नेपाल कानुन बमोजिम जिल्ला अदालतलाई भए सरहको अधिकार हुनेछ ।

६. दरखास्त दिने म्यादः (१) यस नियम अन्तर्गत उमेर, नाम वा जात सच्याई माग्नेले आफ्नो नाम, जात र उमेर उल्लेख भएको प्रमाणपत्र पाएका मितिले ६ महीनाभित्र उक्त कुरा सच्याई पाउनको लागि दरखास्त दिनु पर्छ ।

(२) उपनियम (१) मा जेसुकै लेखिएको भए तापनि उक्त उपनियममा तोकिएको म्याद भन्दा अघि प्रमाणपत्र पाएका व्यक्तिहरूले आफ्नो नाम, जात वा उमेर सच्याउन चाहेमा यी संशोधनहरू नेपाल राजपत्रमा प्रकाशित भएको दुई वर्ष भित्र सच्याई पाउनको लागि दरखास्त दिन सक्नेछन् ।

७. सरकारी कर्मचारीहरूले पनि आफ्नो सम्बन्धमा :

यो नियम बमोजिम सरकारी कर्मचारीहरूले पनि आफ्नो प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने छन्। तर, मूल नियम लागू भएको मिति भन्दा अघि खडा भएको सिटरोलमा यो नियम बमोजिम सचिएको प्रमाणपत्रको आधारमा उमेर सच्याउन पाउने छैन।

3 thoughts on “सर्टिफिकेटहरुमा भएको उमेर, जात र नाम कसरी सच्याउने?”

  1. Anil Dhakal says:
    November 22, 2018 at 3:18 pm

    नया नागरिता बनाउने प्रक्रिया के छ मेरो सच्याएर नसच्चिने छ

    Reply
  2. Sagar Dhakal says:
    November 22, 2018 at 3:16 pm

    जे चाहेको थ्यो त्यो थक्कै भेटियो

    Reply
  3. अनन्तराम says:
    November 18, 2018 at 11:13 am

    अनि हजुर २ प्रश्न :
    (१) सर्टिफिकेट अनुसार नागरिकतामा उमेर सच्याउन मिल्छ कि मिल्दैन त ?
    (२) नागरिकता हराएर बनाउन जाँदा रेकर्ड भेटिएन | अनि नयाँ बनाइयो | बनाएपछि पहिलेको पनि भेटियो | अब के हुन्छ ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme