Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन्त्रिपरिषद्को निर्णय प्रवक्ताले बताउने दिन गए, अब ‘समयक्रम’ले बताउने

Posted on November 12, 2018 by Salokya


सामान्यतया मन्त्रिपरिषद्को बैठक सकिएपछि प्रवक्ता आएर उपस्थित सञ्चारकर्मीहरुसमक्ष महत्त्वपूर्ण निर्णयबारे जानकारी दिने चलन छ। तर आइतबार भने त्यसो भएन। सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले ‘आवश्यक निर्णयहरु गरिएको छ र समयक्रममा तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ’ पो भने।

लौ गज्जब। अब मन्त्रिपरिषद्को निर्णय प्रवक्ताले हैन समयले बताउने दिन आएछ। के रहेछ यो बारे व्यवस्था भनेर खोतलेर हेर्दा थाहा भो, मन्त्रिपरिषद्को निर्णय भन्ने नभन्ने सब जिम्मेवारी प्रवक्तालाई दिएको रहेछ नेपाल सरकार (कार्य सम्पादन) नियमावली, २०६४ ले।

.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
समय क्रममा तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ। आजका लागि यत्ति नै 🙂 pic.twitter.com/ojhCseqZht

— salokya (@salokya) November 11, 2018

नियमावलीको दफा ३४ मा यसबारे व्यवस्था रहेछ-

३४. प्रवक्ता तोक्नेः (१) मन्त्रिपरिषद्ले आफूले सम्पादन गर्ने वा सम्पादन गरेका कार्य सार्वजनिक जानकारीमा ल्याउने प्रयोजनको लागि कुनै मन्त्रीलाई प्रवक्ता तोक्न सक्नेछ ।
(२) यस नियमावलीमा अन्यथा व्यवस्था भएकोमा बाहेक मन्त्रिपरिषद्को प्रवक्ताको काम, कर्तव्य देहाय बमोजिम हुनेछ –
(क) सुरक्षाको दृष्टिले गोप्य राख्नुपर्ने वा संवेदनशील प्रकृतिका निर्णयबाहेक अन्य विषयमा मन्त्रिपरिषद्बाट भएका निर्णय सामान्यतः चौबीस घण्टापछि सार्वजनिक गर्ने ।
तर, प्रवक्ताले उपयुक्त ठह¥याएको कुनै सार्वजनिक महत्वको विषयमा सोभन्दा अगाडि पनि सार्वजनिक गर्न सक्नेछ।
(ख) मन्त्रिपरिषद्बाट जारी गर्नुपर्ने सार्वजनिक महत्वका सूचना, वक्तव्य, विज्ञप्ति आदि सार्वजनिक गर्ने।
(ग) मन्त्रिपरिषद्ले तोकेको अन्य कार्य गर्ने।

३५. मन्त्रिपरिषद्मा भएको कारबाही प्रकट गर्न र प्रकाशन गर्न निषेधः (१) मन्त्रिपरिषद्सम्बन्धी निर्णय तथा काम कारबाहीसँग सम्बन्धित कागजातहरु गोप्य रहने छन् ।
(२) उपनियम (१) मा उल्लिखित विषयहरुको जानकारी राख्न तथा प्रयोग गर्ने अधिकार पाएका पदाधिकारीले नेपाल सरकारको स्वीकृति बिना त्यस्ता विषयमा अधिकृत व्यक्तिलाई बाहेक अन्य कसैलाई कुनै
किसिमले जानकारी दिन वा प्रकट गर्न हुंदैन।

दफा ३४ को (क) अनुसार मन्त्रिपरिषद्का निर्णय सामान्यतः २४ घण्टापछि सार्वजनिक गर्नुपर्ने रहेछ। तर प्रवक्तालाई एउटा विशेष छुट पनि दिइएको रहेछ। प्रवक्ताले उपयुक्त ठहर्‍याएको कुनै सार्वजनिक महत्त्वको विषयमा सोभन्दा अगाडि पनि सार्वजनिक गर्न सक्नेछ।

प्रवक्तालाई उपयुक्त लागेनछ आजको निर्णयहरु आजै सार्वजनिक गर्नलाई। तर प्रवक्ताले नभने पनि मन्त्रीहरुलाई उद्‍धृत गर्दै मिडियामा र सोसल मिडियामा त आइगयो खबर। भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र युएईका लागि कृष्ण ढकाल सिफारिस।

राष्ट्रिय खेलकूद परिषदको बोर्ड सदस्यमा भएको नियुक्तिबारे पनि सोसल मिडियामा खबर आयो

यसरी मिडिया र सोसल मिडियामा मन्त्रिपरिषद्को निर्णय आउने भए प्रवक्ताले गोप्य चैँ किन राख्नुपर्ने हो, त्यो चाहिँ बुझिएन। दुई तिहाईको सरकार पर्‍यो, जे गर्दा पनि भइहाल्छ।

1 thought on “मन्त्रिपरिषद्को निर्णय प्रवक्ताले बताउने दिन गए, अब ‘समयक्रम’ले बताउने”

  1. विवेक says:
    November 12, 2018 at 8:30 pm

    ल है, विनाशकाले विपरित…. भन्ने तिर गएको जस्तो छ| अझ लोकतान्त्रिक मान्यता फलो गर्नु पर्नेमा अलोकतान्त्रिक बाटोमा लागेछन| चुनाव भएको बर्षदिन हुनलाग्दा पनि कुनै आमुल परिवर्तन भएको छैन| जनताले कुनै राहत महसुस गर्ने खालको कार्यक्रम छैन| सरकार ढलेको पनि समयक्रमले बताउला|
    मन्त्रिपरिषदको निर्णयानुसार भएका सबै नियुक्ति एउटै जातको गरिएकोले डराएको हो कि? यो कुनै नंया कुरो होइन, अहिलेसम्म यस्तै त भैरहेको छ|
    काठमाडौँ शहर फोहोर, अव्यवस्थित र लथालिङ्ग राखेर मेयर र उपमेयर फेरी अर्को विदेश भ्रमणमा लागेछन| हे नारन, के हो यस्तो टेर्दै नटेर्ने?
    यो पनि समयक्रमले नै देखाउला|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme