Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दराजको ‘सेल डे’ हो कि ग्राहकलाई झेल गर्ने डे ?

Posted on November 11, 2018November 11, 2018 by Salokya


सामाजिक सञ्जालमा भव्य प्रचार गरिएको पहिलेको केमु र अहिलेको दराज अनलाइन मार्केटको ११.११ सेलले धेरैको ध्यान तानेको छ। दावी गरिएको छ, नेपालको पहिलो अनलाइन किनमेल उत्सवको रुपमा यसलाई मनाउने, विश्वकै सबैभन्दा ठूलो सेल डे को रुपमा मनाउने आदि। ८० प्रतिशतसम्म छुट दिने भनिएको छ। हुन पनि चाइनिज जायन्ट अलिबाबा ग्रुपले दक्षिण एसियामा आफ्नो पाइला बढाउँदै दराजको सम्पूर्ण सेयर किनेर अक्वायर गरेकोले अनलाइन सपिङको क्षेत्रमा केही गजब होला कि भन्ने आशा जगाएको पनि थियो। तर सामाजिक सञ्जालमा जानकारहरुले डिस्काउन्ट हैन कि उल्टो महँगोमा सामान राखिएको खुलासा गरेका छन्।

सबैभन्दा पहिला आफ्नै अनुभव सुनाउँ। एउटा माइक BOYA BY-M1 Omni-Directional Lavalier Microphone यो माइक मैले ग्याजेट्स एन गियर अनलाइनमा १९०० रुपैयाँमा किनेको थिएँ। डेलिभिरी चार्जसहित यसलाई २ हजार रुपैयाँ मैले तिर्नुपरेको थियो। तर पछि साथीहरुले भने यो माइक त बजारमा १७/१८ सयमा मज्जाले पाइन्छ। धेरै ठगीमा परिएन भनेर चित्त बुझाएँ।

तर यही माइक दराजमा ३ हजार ९ सय ९९ रुपैयाँमा राखिएको रहेछ। अनि त्यसमा ४५ प्रतिशत डिस्काउन्ट भन्दै २ हजार १ सय ९९ तोकिएको रहेछ। भनेपछि बजारमा पाइने भन्दा अनलाइनमा किन्न ४५ प्रतिशत डिस्काउन्ट हुँदा पनि अझै महँगो नै पर्‍यो।

टेकसञ्जालका सिइओ प्रदीप अधिकारीले अर्को खुलासा गरेका छन्-

अरु बेला ११ सय ६० मा पाइने घडी सेलको बेला झन् महँगो १९ सय ८४ पर्ने रहेछ।

त्यसैगरी स्पार्क टेकका सिनियर ग्राफिक डिजाइनर सुजन श्रेष्ठले बजारमा १२/१३ हजारमा पाइने क्याननको ५० एमएमको लेन्स दराजमा २२ हजारमा राखिएको लेखेका छन्-

खासमा अनलाइनको भाउ त बजारमा भन्दा सस्तो हुनुपर्ने हो। किनभने अनलाइन स्टोरको त अरु पसलको जस्तो भाडा पनि तिर्नुपर्दैन। बजारमा पाइने भन्दा सस्तो नभए अनलाइन किन किन्नुपर्‍यो र। तर नेपालमा भने अनलाइनमा सामान किनन झन् पो महँगो पर्छ। त्यसमाथि ठ्याक्कै बजारमा सेल भनेर भएको मूल्यलाई बेस्कन बढाई त्यसमा डिस्काउन्ट भन्दै अरुबेलाभन्दा महँगोमा बेचेर ठगे जस्तै अनलाइनको सेल डे पनि झेल डे बनाउन खोजेको जस्तै पो देखियो।

तपाईँले पनि अनलाइनमा महँगोमा सामान किनेको अनुभव गर्नुभएको छ कि वा महँगोमा सामान बेच्न राखिएको देख्नुभएको छ कि? कृपया आफ्नो अनुभव तल कमेन्टमा वा हाम्रो फेसबुक पेजको मेसेजमा बाँड्न यहाँ क्लिक गर्नुस्।

6 thoughts on “दराजको ‘सेल डे’ हो कि ग्राहकलाई झेल गर्ने डे ?”

  1. Hari Prasad Regmi says:
    November 13, 2018 at 8:11 pm

    यो त् सत्य कदापी होइन यो सोझै झेल हो
    म पनि उत्साहित भै दराज को सेल मा सहभागी हुने ठुलो इच्छा ठेयो तर तेस्को मूल्य देके पछि मन बदल्यो सस्तो भन्द चर्को मूल्य .

    मैले कुनै समान किन्न मन नि भयन

    Reply
  2. Suresh says:
    November 12, 2018 at 5:17 pm

    दराज बाट एक हफ्ता अघि मैले यो सामान https://www.daraz.com.np/gemei-gm-576-6-in-1-electric-multi-function-rechargeable-shaver-and-trimmer-i11856-s33792.html रू १७५०/- मूल्यमा अनलाइन खरीद गरेको थिए | ठ्याक्कै तेही सामान ११.११ मेगा सेल दे को दिनमा मूल्य वृद्धि गरेर अनि ३०% डिस्काउन्ट भन्दै पुनः रू १७५०/- मै बेची रहेको देखे | यो देखेर मलाई ११.११ मेगा सेल दे अरु कुनै सामान खरिद गर्ने जाँगर नै चलेन | MI Pocophone f1 को लागि अग्रिम दर्ता गरेको थिए दराज, त्यो पनि किनिन ठगिने डर ले |

    प्रमाण:

    Reply
  3. Promod Yadav says:
    November 12, 2018 at 4:05 am

    really disgusting .i also face same problem they have put the photo of MI redmi 6 pro but price of redmi 6 check here https://www.daraz.com.np/xiaomi-redmi-6-3gb-ram-64gb-rom-54-blue-i100020102-s1015568100.html?spm=a2a0e.searchlistcategory.list.13.4f37689329Yulf&search=1
    I will be writing it on my blog Promod.com.np

    Reply
  4. Bibek says:
    November 11, 2018 at 6:17 pm

    SONY xperia ko price haru daraz 11.11 ma bhanda sast9 cha. CHECK IT OUT

    Reply
  5. Basanta Kumar Dhakal says:
    November 11, 2018 at 4:13 pm

    यिनै कारणहरुले हो नेपालमा अन्लाईन सपिङप्रति जनताको विश्वास नभएको । बाहिर बजारमा पाउने मुल्य भन्दा पनि धेरै हुन्छ अन्लाईनमा राखिएको मुल्य । अनि, सामान पनि एउटा छान्यो, घरमा आइपुग्दा अर्कै आइपुग्छ ।

    Around this time last year, I put an order from one of the most renowned online shopping site in Nepal. I neither got email, nor any message/calls about confirmation of my order. Days passed, but no follow-ups from the company side. And, the only call I got was on Sunday, from a delivery boy to inform that he has just reached outside my office, and I need to come and collect my orders and make the payment.

    After this incidence, I haven’t tried ordering from online shopping sites.

    We definitely don’t shop online if we have to go through such experience.

    Reply
  6. madan bajracharya says:
    November 11, 2018 at 11:26 am

    “दराज” को बारेमा खासै भन्नु केहि छैन/ अचेल अन्य मुलुकमा पनि आफुलाई चाहिने कुनै पनि बस्तु अनलाईन बाटै किने सस्तो हुने भयकोले अनलाईन सपिङ्ग नै गर्छन/ त् नेपालमा पनि ब्यारिक संस्थाहरुले इमान्दार सिट अनलाईन ब्यबशाय चलाय अलि होईन धेरैनै सस्तोमा नेपालीलाई चाहिने बस्तु र सेवा पाउन सकिन्छ/ यसो गरेमा राजनीतिको रिमोट बात चल्ने कर्मचारीहरुले निम्त्याउने झन्झट पनि हुँदैन अन्य खर्चमा पनि ठुलै कटौती हुन्छ/ यो बाहेक अहिले यौटा प्रदेश बात अर्को प्रदेशमा सामान लाग्दा लाग्ने कारमा पनि बचत हुन्छ/ तर यसको निमित उपयुक्त कानुन र पोस्टल सेवामा ठुलै सुधार हुनु पर्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme