Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भाइटीकामात्र हैन भाउजु टीका पनि हुँदो रहेछ बालुवाटारमा

Posted on November 10, 2018 by Salokya


भाइटीका देशभर एकै किसिमले मनाइँदैन। कुनै ठाउँको के चलन हुन्छ त कुनैको के। कसैको दाजुभाइलाई घुम्नुपर्ने चलन छ। हाम्रो त्यसरी घुम्नु पर्दैन। आफ्नोभन्दा फरक चलन देखेपछि रमाइलो र अनौठो लाग्ने नै भयो। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाइटीकाका फोटो र भिडियो हेर्दा अचम्म लाग्यो- त्यहाँ ओलीका बहिनीहरुले दाइलाई मात्र हैन, भाउजुलाई समेत टीका लगाइदिए।


दुई वटा कुर्सी थिए। एउटामा प्रधानमन्त्री ओली बसेका थिए। अर्कोमा उनकी पत्नी राधिका शाक्य। दुई बहिनी र दुई भाञ्जीले प्रधानमन्त्रीलाई मात्र हैन, प्रधानमन्त्री पत्नीलाई पनि परिक्रमा गरे।

http://www.mysansar.com/wp-content/uploads/2018/11/2018-11-10-02-12-06.mp4

त्यतिमात्र हैन फूलले पूजा पनि दाइ प्रधानमन्त्रीसँगै भाउजुलाई पनि गरे।

http://www.mysansar.com/wp-content/uploads/2018/11/2018-11-10-02-14-54.mp4

त्यसपछि अब सप्तरङ्गी टीका लगाउने पालो। पहिला प्रधानमन्त्रीलाई। त्यसपछि प्रधानमन्त्री पत्नीको निधारमा पनि उनीहरुले टीका लगाइदिए।

http://www.mysansar.com/wp-content/uploads/2018/11/2018-11-10-02-15-25.mp4

मखमली फूलको माला पनि प्रधानमन्त्रीलाई सँगै प्रधानन्त्री पत्नीलाई पनि उनीहरुले लगाइदिए।

दाइ र भाइटीकामात्रै हेरिरहेकाहरुलाई यो भाउजु टीका पक्कै पनि रोचकै लाग्यो होला।

9 thoughts on “भाइटीकामात्र हैन भाउजु टीका पनि हुँदो रहेछ बालुवाटारमा”

  1. harke says:
    November 21, 2018 at 8:44 pm

    हो हो यौ छाड पर्व संस्कृति सबै को आ आफ्नै हुन्छा था हा नहुदा अनौठो नै हुन्छा र मान्छेले बनाउने हो जो जसलाई जे मन पर्दछ त्यसरी बनौधा छन् सधाई सबैले एकै हुनु पर्छ भन्ने छैन केहि हानि छैन तर यहा एकल जातिय राज्यको कारण एउटा जात को संस्कृति भाषा पर्व सबाई अरुले पनि जबर्जस्ति मानु पर्ने स्थिति छ . इंडिया मा पन्जाबी हरुको नाम केटा र कतिको एकै हुदो रहेछ छक्कै पर्ने नेपाल मा केटा को नाम मोहन सन्दिप मन्दिप आदि हुन्छा बिशेष गरि हिन्दु नाम तर इन्डियाम मा केटि को नाम पनि सुरेश रमेश सन्दिप मन्दिप मोहन हुदो रहेछ मा त तिन छक्क परे सुरुमा पछि नर्मल लाग्दो रहेछ . यस्ती हुन्छा था हा नहुदा अरुको संस्कृति अचम्म नेपाल मै पनि बाउन छेत्रीको को बिहे वारी हुदा उताको केटि आफुले लिने र आफ्नो दिदि बहिनी फेरी सालो जेठान लाई दिएर फेरी ज्वोई भिनुआजु भन्नु पर्ने अचम्मै हुदो रहेछ साइनो पनि कसरि के भनेर लगाउने पहिला सालो भनेको लाई दिदि बहिनि दिएर फेरी भिनाजु भन्नु पर्ने अचम्म त्यस्ती .फेरी मामको छोरी छेत्री बाउनेले दिदि बहिनि भन्ने गुरुङ जातिले साल्तिनी सोल्टी भन्दी मजाले बिहे गर्ने फुपू को छोरी चेली पनि बिहे गर्ने अचाम्मई !चलन .

    Reply
  2. Surendr Regmi says:
    November 13, 2018 at 1:51 am

    This is normal in many communities of Nepal, mainly Braman and Chhetri Community.

    Reply
  3. subi says:
    November 12, 2018 at 11:29 am

    धेरैतिर वर्षौ‌देखि भाउजु बुहारीलाई पनि दाजुभाईस‌गै टिका लगाइदिने चलन छ/भाई सँगै बुहारीलाई र दाईसँगै भाउजुलाई टीका लगाईदिने चलन रहेछ । अधाङ्गिनीको अवधारणा हो।

    Reply
  4. खगेन्द्र says:
    November 11, 2018 at 8:34 pm

    नवुझे नलेखे हुन्छ तर सवैतिर वर्षौ‌देखि भाउजु बुहारीलाई पनि दाजुभाईस‌गै टिका लगाइदिने चलन छ हामी जस्ता शक्ति नहुनेकोमा पनि

    Reply
    1. Salokya says:
      November 11, 2018 at 8:37 pm

      तपाईँको तिर होला सबैतिर चाहिँ छैन है। हामीकहाँ छैन। हामीलाई अचम्म लाग्यो भनेर लेख्न पनि नपाइने? हाम्रो चलन तपाईँलाई थाहा नहोला तपाईँलाई अचम्म लाग्ला, तपाईँहरुको चलन हामीलाई थाहा नहोला हामीलाई अचम्म लाग्न नपाउने? भाउजुलाई सँगै राखेर टीका लगाएको देखेर अचम्म लाग्यो, अचम्म लाग्यो भनेर लेखियो। जे लाग्छ त्यो लेखिन्छ।

      Reply
  5. sanumaya says:
    November 11, 2018 at 10:17 am

    भाई सँगै बुहारीलाई र दाईसँगै भाउजुलाई टीका लगाईदिने चलन छ त । अधाङ्गिनीको अवधारणा हो यो। तिहारमा भाउजु/बुहारीहरु र नन्द/ आमाजूहरु भाईटीकाका लागि आआफ्नै माईतमा हुने भएकोले थाहा नभएको हो।

    Reply
  6. Kamal says:
    November 11, 2018 at 6:38 am

    यो अरु केहि नभयर सक्ति पुजा हो .

    Reply
  7. राजन says:
    November 10, 2018 at 12:08 pm

    भदा टिका त थाहा थियो; पर्गतीशीलको कुरै अर्कै ।

    Reply
  8. Shankar says:
    November 10, 2018 at 3:16 am

    ये है गजब नै भएछ है |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme