Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिको भाइटीकामा मिडियालाई प्रवेश निषेध, पूर्वराजाकोमा स्वागत

Posted on November 10, 2018November 10, 2018 by Salokya


दशैँमा घुँडा टेकाएर टीका लगाइदिएको भनी चर्को आलोचना भएपछि शायद् राष्ट्रपति कार्यालय मुर्मुरिएको होला। त्यसैले यस पटक मिडियाका लागि शितल निवासको ढोका बन्द गरियो। अघिल्ला वर्षहरुमा जस्तो फोटो/भिडियो खिच्न पाउँला भनी आज पनि पत्रकारहरु शितल निवास पुगेका थिए। तर उनीहरुलाई सुरक्षाकर्मीहरुले गेटैमा रोके। भने, ‘यो प्राइभेट सेरेमोनी हो। तपाईँहरुलाई हामी आफै फोटो पठाइदिन्छौँ।’

लुरुक्क लागेर फर्किनु बाहेक अर्को विकल्प थिएन उनीहरुको। त्यसो त राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीका लगाएको त्यस्तो ठूलो छुटाउनै नहुने समाचार पनि हैन। तर पनि राष्ट्रप्रमुखको भाइटीका कस्तो हुँदो रहेछ भनेर थाहा पाउने चासो ‘सर्वसाधारण’लाई हुन्छ नै। आलोचना भएपछि ढोकै बन्द गरेर टाढिने हो भने त सल्लाहकारहरुले नै सोच्लान् छवि कसरी राम्रो बनाउने।

त्यसै पनि राष्ट्रपतिको प्रशंसा भएको कहिले सोच्नु पर्ने स्थिति भइसक्यो। आलोचना चाहिँ हुँदै गर्छ। शितल निवासबाट बाहिर निस्कने बित्तिकै सडकमा सवारी साधन रोकेर सवारी चलाउनु पर्छ। यस्तो बेला जाम सहनु पर्नेहरु मुर्मुरिन्छन्। राष्ट्रपतिले मेरो कारण जनताले दुःख पाए, दुःख नपाउने गरी सवारी व्यवस्थापन गर्नु भनेर एक शब्द बोलिदिए पनि हुन्थ्यो। तर अहँ। राष्ट्रपतिलाई जनताबाट टाढा राख्नुपर्छ भन्ने सोचमै छन् जस्तो छ सल्लाहकारहरु।

उता पूर्वराजाको भाइटीकाको फोटो/भिडियो खिच्न गएका मिडियाकर्मीहरुलाई भने ज्ञानेन्द्रले ‘तपाईँहरु आइदिनुभएकोमा धन्यवाद’ भने। पत्रकारहरुलाई व्यक्तिगत रुपमै ‘तपाईँ त नयाँ हुनुहुन्छ कि के हो?’ भनेरसमेत सोधे, परिचय गरे।

कस्तो उल्टो जमाना आएको। त्यतिबेलाका नेताहरु राजसी ठाँटमा उत्रिएका छन्। त्यतिबेलाका राजा भने नजिकिन खोज्दैछन्। राष्ट्रपति निवासको ढोका बन्द गरेर बसिरहेको बेला पूर्वराजा भने भाइटीका सकाएर मिडियाको माइक सामु ‘बाइट’ (प्रतिक्रिया) समेत दिइरहेका छन्।

http://www.mysansar.com/wp-content/uploads/2018/11/2018-11-10-01-41-02.mp4

पूर्वराजाको भाइटीका पनि त प्राइभेट सेरेमोनी नै हो नि। तर उनी आफ्नो भाइटीका मिडियामार्फत् जनतासामु पुगोस् भन्ने चाहन्छन्। पत्रकारहरुलाई आइदिएकोमा धन्यवादसमेत दिन्छन्। राष्ट्रपति कार्यालय भने साँझ ५ बजे बल्ल यस्तो विज्ञप्ति पठाउँछ-

यो गजबको अन्तर्विरोध राष्ट्रपति स्वयंले वा उनका सल्लाहकारहरुले हेरिरहेका होलान् कि नाइँ? हेरिरहेको भए लाज लाग्यो कि गर्व लागिरहेको होला?

1 thought on “राष्ट्रपतिको भाइटीकामा मिडियालाई प्रवेश निषेध, पूर्वराजाकोमा स्वागत”

  1. Shankar says:
    November 10, 2018 at 3:08 am

    पुर्ब राजा राजपाठ को झनजट बाट पन्छिएर बडो रिल्याक्स देखिन्छन | यो उनको स्वास्थको लागि र देश कै लागि पनि राम्रो कुरा हो | देश उनको मात्र जिम्मा को बिसय पनि हैन , पार्टी हरुले देशको बिकास को लागि भरपुर प्रयत्न गरिरहेछन , आजै मात्र पी यम ओली ले बोल्नु भएको छ अब को ४ बर्स मा नेपाल को बिकास गरेर्रै छोड्छु |
    रास्ट्र प्रमुख ले येसरी अठोट गर्नेहो भने हारो देश को बिकास आखिर असम्भब कुरा पनि त् हैन | वेट एंड सी |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme