Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँका यी दुई ठाउँ जसले यो वर्ष तिहारमा सबैको मन जित्यो

Posted on November 9, 2018November 9, 2018 by Salokya


तिहारमा झिलिमिली बत्ती र फूलको सजावटको प्रतिस्पर्धा हुन्छ। दुई ठाउँले चाहिँ धेरैको मन जितेको देखियो।

१) झिलिमिली बत्तीमा कूलमानको अफिस : काठमाडौँका अधिकांश घरहरुमा झिलिमिली बत्ती बालियो। तर सबैभन्दा धेरैको ध्यान तान्न सफल चाहिँ नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय भवन थियो। रातिसमेत जाम होला झैँ गरी मानिसहरु मोटरसाइकल, गाडी सडक छेउमा रोकी यहाँको झिलिमिली बत्ती हेर्न झुम्मिएका देखिन्थे। कुकुर तिहारको दिनदेखि पाँच दिन अर्थात् शनिबारसम्म यो बत्ती बाल्ने भनिएको छ।

भारतबाट ल्याइएका ६ जना प्राविधिकहरुले यस्तो झिलिमिली बालेका हुन्। यसका लागि विद्युत प्राधिकरणले पाँच दिनका लागि पाँच लाख खर्च गरेको थियो। नेपालमै पहिलो पटक यसरी चिप्स प्रोग्रामिङबाट झिलिमिली बत्तीमै झण्डा र लोगोसहित अक्षरहरु देखाइएको थियो।

यी प्राविधिकहरुको टोलीले नेपालमा अर्को कन्ट्रयाक्ट पनि गरिसकेका छन्- भारतीय दूतावासका लागि। तर दूतावासको झिलिमिली यसरी रत्नपार्कमा बालिएको बत्ती झैँ सबैले हेर्न पाउने चाहिँ हुँदैन होला।

हेर्नुस् भिडियो

२) सजावटमा गणपति ज्वेलर्स


विशेष गरी लक्ष्मीपूजाका दिन गहना पसलहरु सजाउने प्रतिस्पर्धा हुन्छ। विशाल बजार छेउछाउका गहना पसलहरुको रौनकै यो दिन अर्कै हुन्छ। कोभन्दा को कम। सजावटमा भने बाजी मार्‍यो- जनसेवा प्रहरी चौकी सँगै रहेको गणपति ज्वेलर्सले।

पसलमात्र हैन उसले वरपरको ठाउँमा समेत भव्य सजाएको थियो। यहाँ पनि फोटो खिच्नेहरुको ठूलै जमघट तिहारमा देखियो।

सजावटका लागि फोम काटेर विभिन्न डिजाइनमा प्रयोग गरिएको थियो।


त्यसैगरी फूलहरु र लाइटिङ पनि मिलाइएको थियो।

भिड धेरै भएपछि लक्ष्मीपूजाको भोलिपल्टै सजावटका फोम च्यातेर नष्ट भएको पनि देखियो।

यसबाहेक सबैभन्दा फरक सजावट विशाल बजार बाहिरको जे एन्ड जे सिल्भर हाउसले गरेको थियो। यहाँ फोमबाटै गणेशको आकृति बनाइएको थियो।

3 thoughts on “काठमाडौँका यी दुई ठाउँ जसले यो वर्ष तिहारमा सबैको मन जित्यो”

  1. madan bajracharya says:
    November 11, 2018 at 6:56 am

    कुलमान कृति जत्तिको “झिलिमिली” अरु केहि हुनै सक्दैन/ मलाई अझै मनमा बिझाउञ्छ कि बिनासिती नेपालीलाई दसौ बर्ष सम्म अँध्यारोमा रहन बाध्य गरेका थिय भ्रस्ट कर्मचारीहरुले/ कुलमान नियुक्ति गरिंदा ती कर्मचारीहरुले कुलामनालाई त्यहा छिर्न पनि नदिने घोसनानै गरेको थियो/ तैपनि कुलमान त्याहा छिरे, नेपालीलाई पुन बतिको उज्यालो दिलाय/ तर समस्त नागरिकहरुलाई टुकी युगमा पुर्याउने, पेसा चौपट पारेर कंगाल बनाउने, विद्यार्थीलाई पढ्न पनि नसक्ने अबस्थामा पुर्यायर तिनीहरुको भबिस्य बर्वाद गर्ने कर्मचारीहरु माथि कुनै कार्यवाही गर्नु भयन/ हामि उहाले तेस्ता कर्मचारीहरुलाई किन कार्यवाही गर्न सक्नु भयन भनेर बुझ्छौं, धेरैत पार्तिकानै होलान त् तिनीहरुको पार्टीले तिनीहरुलाई कुनै कार्यवाही त् गर्ने दिंदैन/ फेरी अदालत मा पुर्याय पनि फिस पाय कसैलाई पनि निर्दोष हुनेले खोज्ने प्रमाण पनि अहिले बटुल्न सकिंदैन, किनभने ती भ्रस्ट कर्मचारीहरु तेही छन् उनीहरुले ….गरिने सके होलान/ तापनि उनीहरुको सम्पति हेरे बुझे अहिले पनि उनीहरुलाई कार्यवाही त् गर्न सकिन्छ जस्तो लाग्छ/ यति कुरा भयन यहि गुनासो छ मनमा/

    Reply
  2. Nir says:
    November 9, 2018 at 10:43 pm

    कुलमानले सानो काम गरेको छैन| मुलुककै लागि यो उदाहरणीय छ| यो मुलुकां फाटफुट एकदुई भए पनि ओहदामा इमान्दार र कार्य कुशल व्यक्ति पनि छन् भन्ने स्मरण गराउछ र कसरि सबै नागरिकको लाइफ नै परिवर्तन गराउन सक्छ भन्ने पनि हेक्का राख्न परो|
    दण्डहीनताको पराकाष्ठा|

    Reply
  3. Dig Bahadur Tamang USA says:
    November 9, 2018 at 8:00 pm

    कुलमान घिसिङ्ग को कामगर्ने इछ्य्सक्ति, रातदिन खटेर इमान्दारीको प्रदर्शन हो दुइबर्ष यता बत्ति नजानुको कारण | नेपालको नाम चम्काउने डाक्टर रुइत कुलमान घिसिङ्ग यी दुइ महापुरुषहरु नेपालका कुनाकंकप्चामा जन्मेर दुख गरि पढेर साँचो अर्थमा दुखाभानेको के हो
    भन्ने विज्ञहरु हुन् | इनका बौबाजेले कहिले छलकपट गर्न जानेनन, बरुकोदोको खोले संग सिस्नु को दाल पिएर संघर्ष गरे | नाम कमाउन धेरै चिजहरुलाई त्याग्नु पर्छ ओलोङ्ग्जोर गोला देखि पैताला हिंडेर दार्जीलिंग मा गएर पढ्ने डाक्टर रुइत कहाँ पुगे ? रामेछापको मादेन गाउँमा जन्मेका कुलमान घिसिङ्ग कतिसम्म पुगे ? दुइजनाले यसरि इमान्दारी पुर्बक काम गर्द देशको मोहर उज्यालो हुन्छ भने, सबै मन्त्रालय विभागका सय जना हाकिमहरुले पनि कुलमान र डाक्टर रुइत्ले जस्तै इमान्दारिता देखाय देश्बन्न धेरै समय नलाग्ने रहेछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme