Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देवी लक्ष्मीको एउटा फरक रुप जुन तपाईँले शायद् देख्नुभएको छैन

Posted on November 7, 2018 by Salokya


आज लक्ष्मीपूजा। दियो बालेर लक्ष्मीलाई खुशी बनाउने दिन। दीपावली।

तपाईँले आज पूजा गर्ने लक्ष्मीको चित्र भने भारतमा बनेको हुन्छ। भारतीय कलाकारको कल्पनामा जस्तो छ, त्यस्तो चित्र बनेको हुन्छ। त्यसैले तपाईँलाई देवी लक्ष्मी भन्ने बित्तिकै त्यही चित्रको आकृति याद आउँछ।

अब लक्ष्मीको एउटा फरक रुप हेरौँ। महालक्ष्मीको यो आकृतिको कल्पना गरी चित्र बनाएका हुन् नेपाली कलाकार उदयचरण श्रेष्ठले।

उदयले यो चित्र ओयल अन क्यानभासमा सन् २००५ मा अर्थात् आजभन्दा १३ वर्षअघि बनाएका हुन्। Fukuoka Asian Art Museum मा यो चित्र राखिएको छ।

महालक्ष्मी र धनलक्ष्मी फरक हुन्। आज पूजा हुने चाहिँ धनलक्ष्मीको हो।

चित्रमा लक्ष्मीको हातमा सिन्ह मू र जलन्हायकं छ। नेवारहरुको पवित्र कार्यमा यी सामान नभई हुन्न।

भारतीय महालक्ष्मीको चित्र भने यस्तो हुन्छ

2 thoughts on “देवी लक्ष्मीको एउटा फरक रुप जुन तपाईँले शायद् देख्नुभएको छैन”

  1. deepak says:
    November 7, 2018 at 6:42 pm

    लक्ष्मी को स्तन ले ब्लाउज बाट चियाइरहेको चै राम्रो भएन, फोटो मा मातृत्व झल्कोस, हामि हाम्रा देवी हरु लाइ मातृत्व को नजर ले मात्र हेर्न सक्छौ, यौनिक आखाले हैन !

    Reply
  2. Shankar says:
    November 7, 2018 at 8:24 am

    मान्छे आफुले जस्तो लुगा लागाउछ देउतालाई उस्तै लुगा लगाउछन | तेसैले यो देउता , धर्म , रित, रिवाज मान्छेले बनाएको हो | मन गढ़ानते कुरा हुन् | इन्डियन ले मान्ने राम, कृष्ण , देबी ले इन्डियन ले जस्तै लुगा लगाउने ? टाई , सुट लगाएको कृष्ण , राम कसैले देखेको छ ? हो कृष्णप्रसाद , राम अयोध्या प्रसाद सिंह आदिले सुट लगाउछन |
    लक्च्मी , पार्वती ले ब्रा र पेन्टी लगाएको फोटो छ कतै ? मानिस कल्पना पनि गर्न चाहन्न | तर आजका लक्ष्मी , पार्वती मजाले नग्न फोटोमा म्यागाजिन गर्माइरहेका देखिन्छन |
    बुद्द ले जामा नै लगाउने ( थाई ले जस्तै ) , जिजस कैले आँखा , दाह्री उस्तै , लुगा मिडल इस्ट ले जस्तै लगाउने |
    यी सब मान्नु र ओलीको गफ पत्याउनु , धमला ले नेपाल थामेको मान्नु उस्तै कुरा हुन् |
    हामि भोको पेट , चोखो पानि , फुल लिएर सोच्छ मन ले पशुपति बा कुनै मन्दिर गएम | तर मन्दिर को तुदाल मा देखिने याक्सन प्याक सिन ले हामीलाई गिज्याउदैन ?
    तर पनि मान्छेहरु आफ्नो धर्म , कल्चर , मौलिक भनेका छन् , बुरुक बुरुक उफ्रेका छन् | तेरो भन्दा मेरो राम्रो , तेरो देउता भन्दा मेरो देउता ठुलो , सक्तिसाली |

    बाठा धुर्त हरु बाबा बने , नेता बने र हाम्रै येस्तै बिस्वास को घोडा चढेर मोज गरिरहेछन | माता सरु , माता राधे ,राधे , श्री श्री , बाबा रामदेव , बुद्दले भन्दा धेरै पढेको रामबहादुर , योगी आदित्यनाथ , कालीबाबा , पाइलट बाबा , ख डे बाबा कति कति

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme