Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बत्ती बिना तीन घण्टा बिताउँदाको उकुसमुकुस

Posted on November 6, 2018 by Salokya


तिहारको पहिलो दिन राति ८ बजेतिर चर्को आवाज गर्दै हेलिकप्टर किन उड्यो होला भनेर सोचिरहँदा म डेस्कटप चलाइरहेको थिएँ, झ्याप्प बत्ती गयो। उहिले लोडसेडिङ हुने समयमा बत्ती जाँदा सोलारको बत्ती बालिन्थ्यो। त्यही बानीमा सोलार लाइटको स्विच अन गरेँ। अहँ बल्दैन त।

मोबाइलको लाइट बाल्दै सोलारको ब्याट्री भएको ठाउँमा गएँ। अहो, ब्याट्रीको त distilled water नै नभरेको कति भइसक्यो त। ब्याट्री लेभल ‘लो’। अनि कसरी बल्नु त। उहिले भए मैनबत्ती बालिन्थ्यो। घरमा मैनबत्ती हुन्थे। लोडसेडिङ हटेर २४ घण्टै बत्ती आउन थालेपछि मैनबत्ती घरमा मात्र हैन पसलहरुमा समेत लोप भइसके।

विद्युत प्राधिकरणको नो लाइट शाखामा फोन गरेँ, लाग्दै लाग्दैन। के भएको पनि थाहा छैन, कति समय लाग्छ पनि थाहा छैन।

फेरि पूरै अन्धकारमा बस्नु परेको छ। टर्च लाइट पनि छैन। त्यही मोबाइलमा बल्ने बत्तीको भर।

एक जमानामा १२ घण्टा, १६ घण्टासम्म लोडसेडिङ सहिएको थियो। लोडसेडिङ तालिका हेरेर जीवन तालिका बनाइन्थ्यो। बत्ती बिनाको जीवनमा अभ्यस्त भइएको थियो। अब भने बानी बिग्रिसकेछ। एक घण्टामै उकुसमुकुस भयो। अलिकति केही उज्यालो भएको भए किताब वा पत्रिका पढ्न सकिन्थ्यो होला। तर त्यो पनि सम्भव भएन।

एउटै सहारा अब मोबाइल बन्यो। धन्न मोबाइलको ब्याट्री भने सकिन लागेको थिएन। बत्ती नभएपछि वाइफाइ चल्ने कुरा भएन। तर मोबाइलको फोरजी त चलेकै छ। त्यसपछि अँध्यारोमा मोबाइल चलाउँदै बस्न थालेँ।

नो लाइटमा बल्ल फोन लाग्यो। फोन उठाउने बित्तिकै अब एक घण्टामा बल्छ पो भने। तर त्यसो भनेको दुई घण्टापछि पौने १२ बजे बल्ल बत्ती आयो।

दुई वर्षअघि तिहारकै बेला लोडसेडिङ अघोषित रुपमा हटेको थियो। सधैँ तिहारमा बत्ती जाने, त्यो वर्ष गएको थिएन। अचम्मै लागेको थियो। त्यतिबेला लोडसेडिङ हट्छ भनेर कसैले भन्यो भने पनि पत्याउन सकिने स्थिति थिएन। तर त्यो अपत्यारिलो काम सम्भव भयो कुलमान घिसिङको नेतृत्वमा। काठमाडौँमा २४ घण्टा बत्ती आउन थाल्यो।

यो वर्ष पनि प्राविधिक समस्या बाहेक माग बढी भएर बिजुली नआउने चाहिँ नहुने घिसिङले केही दिन अघि बताएका थिए। यो वर्ष तिहारका लागि १२ सय ७० मेगावाट विद्युत आवश्यक पर्ने अनुमान गरिएको छ।

यो दुई वर्षमा बत्तीको निकै बानी परेछ। तीन घण्टा बत्ती नहुँदाको उकुसमुकुसले १६ घण्टासम्मको लोडसेडिङ कसरी सहन्थ्यौँ होला हामीले, सोच्दा पनि अनौठो लाग्ने भइसकेछ।

2 thoughts on “बत्ती बिना तीन घण्टा बिताउँदाको उकुसमुकुस”

  1. Shankar says:
    November 6, 2018 at 6:06 pm

    एउटा कारण ,यो लोद्सेदिंग हटेको पनि इन्डिया सग महँगो मा बिजिली किनेर हो क्यार | तर कुलमान को निस्टा, समर्पण पनि सर्हानिय थ्यो | मन्त्रि जनार्दन नेपाल पनि मैले लोद्सेदिंग हटाएको भन्थ्यो | जेजसको सक्रियता भएपनि तेहाछेउ राम्रो काम गरेका थे |
    येस्तै टिम लाइसेन्स बिभाग, भन्सार , मालपोत बिभाग , नगरपालिका हरुमा हुदो हो त् ओलीको सम्ब्रिद्द नेपाल को फ्रेस सपना ( हस्पिटल बेड बात को ) साकार हुने थ्यो |

    Reply
  2. kiran joshi says:
    November 6, 2018 at 2:30 am

    सहि कुरा |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme