Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भिआइपीहरु उपराष्ट्रपतिको जलपानमा, जनता भयंकरको ट्राफिक जाममा

Posted on November 6, 2018 by Salokya


सोमबार अपराह्न काठमाडौँका मुख्य भागहरुमा भयङ्करको ट्राफिक जाम भयो। १५ मिनेटमा पुगिने बाटोमा घण्टौँसम्म अडिनुपर्ने स्थिति आयो। कारण के रहेछ भनेर बुझ्दा थाहा भो, भिआइपीहरुको चियापानका लागि चलेको सवारी। त्यसो त आजै पद्मरत्न तुलाधरको शवयात्रा पनि थियो। तर शवयात्रा लाजिम्पाटबाट रानीपोखरी हुँदै कमलाक्षी छिरेपछि काठमाडौँको भित्री भाग असन, क्षेत्रपाटी हुँदै दाहसंस्कार स्थल शोभाभगवती पुगेको थियो। अपराह्न साढे चार बजेतिर रत्नपार्क,भद्रकाली,नागस्थान,सिहंदरबार,नयाँबसपार्क,न्युरोडगेट,भोटाहिटी,जमल,महेन्द्रशालिक,केशरमहल,लैनचौरदेखि चाबाहिलसम्मै जाम थियो। धेरै समय यस्तै जामको स्थिति रह्यो।

खासमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न पर्वको अवसरमा जलपान समारोहको आयोजना गरेका थिए। उपराष्ट्रपतिको खासमा अरु केही काम हुने हैन। त्यही राष्ट्रपति बाहिर जाँदा कार्यभार पाउने र फ्याट्ट राष्ट्रपतिलाई केही भइहाल्यो भने अर्को राष्ट्रपति नचुनिउन्जेल कार्यभार सम्हाल्ने गरी जगेडा राखेको विशिष्ट पद हो उपराष्ट्रपति। उपराष्ट्रपतिलाई पैसा खर्च गरेर जलपान गराउन मन लागेछ। अनि पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुखहरु, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सभा सदस्यहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग व्यवसायी, मानवअधिकारकर्मी, कलाकार, पत्रकार लगायतलाई डाकेर जलपान गरेका रहेछन्।

जलपान कात्तिक १६ गते गर्ने भनिएको थियो। तर त्यही दिन नेपाली कांग्रेसले पनि जलपान कार्यक्रम आयोजना गरेपछि उपराष्ट्रपतिको जलपान समारोह सोमबारका लागि सारिएको थियो। वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि सोमबारै थियो। तर जलपान सरेन।

राष्ट्रपति र उपराष्ट्रपतिको सवारी चलाउँदा बाटो खाली गरेर सवारी चलाइन्छ। शितल निवासबाट उपराष्ट्रपतिको कार्यालय बहादुर भवन जमल आउँदा काठमाडौँको मुख्य बाटोहरु पर्छन्। त्यसमध्ये पिक आवरको समय। अनि सडकमा बिजोग नदेखिएर के गर्नु त। आफ्नो कारणले सामान्य नागरिकलाई अप्ठेरो नपरोस् भनेर त सोच्ने शक्ति नै कहाँ हुन्छ र विशिष्ट भएपछि।

1 thought on “भिआइपीहरु उपराष्ट्रपतिको जलपानमा, जनता भयंकरको ट्राफिक जाममा”

  1. prabhat says:
    November 6, 2018 at 8:43 pm

    नेपाल = सुन्दर देश ।
    जनता – गोज्याङ्ग्ग्रे ।
    नेता – त्यहि गोज्यन्ङ्ग्रे बात पलायेका केही ताथा-बाथा शासक हरुक।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme