Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मध्यरातमा प्रधानमन्त्रीका सल्लाहकारले गरेको ट्विट : जानीजानी कि प्रहरीको कारबाही थाहा नभएको?

Posted on November 2, 2018November 2, 2018 by Salokya


मध्यरातमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले एउटा ट्विट गरे। १२ बजेर १ मिनेटमा गरिएको ट्विटमा लेखिएको थियो- भारतीयले नेपालको बारेमा बनाएको यस्तो भिडियो जुन तपाईले हेरेपछि छक्क पर्नुहुनेछ, अवस्य हेर्नुहोला। प्रधानमन्त्रीका मुख्य सल्लाहकारले गरेको ट्विटको लिङ्कको बारेमा बुझ्नु भयो भने चाहिँ तपाईँ पनि छक्क पर्नुहुनेछ।


प्रधानमन्त्रीका मुख्य सल्लाहकारले त्यही अनलाइनको लिङ्क सेयर गरेका रहेछन्, जुन अनलाइनले प्रधानमन्त्री ज्यूको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै त्यसका सञ्चालकलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो।

के गरेको थियो त यो अनलाइनले? फेसबुकमा यो अनलाइनको यस्तो लिङ्क सेयर गरेको देखिएको थियो-

प्रेस काउन्सिलले समेत यस्तो प्रकाशन गरेकोमा २४ घण्टे पूर्जी काटेर सार्वजनिक माफी मगाएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले लेखेका छन्-

प्रहरी चाहिँ भ्रम फैलायो भन्दै अनलाइन सञ्चालकलाई पक्रने, प्रधानमन्त्रीका मुख्य सल्लाहकार चाहिँ त्यही अनलाइनको प्रमोट हुने गरी त्यसैको लिङ्क सेयर गर्दै बस्ने। गजबै हो। प्रहरीको कारबाहीबारे, प्रधानमन्त्रीको बारेमा जेपिटी लेखेको बारे थाहा नभएको हो कि जानीजानी सेयर गरेका हुन्, त्यो भने थाहा पाइएन।

8 thoughts on “मध्यरातमा प्रधानमन्त्रीका सल्लाहकारले गरेको ट्विट : जानीजानी कि प्रहरीको कारबाही थाहा नभएको?”

  1. Pingback: सन् २०१८ का धेरै पढिएका १० ब्लगहरु « Mysansar
  2. Falanu says:
    November 6, 2018 at 12:00 pm

    धन्न फुलचोकी मिडियाले हालेन छ 😀

    Reply
  3. Homnath Dhakal says:
    November 5, 2018 at 2:32 pm

    जे पनि चल्छ हाम्रो नेपालमा

    Reply
  4. Basanta Kumar Dhakal says:
    November 5, 2018 at 11:11 am

    नेपालको बारेमा फलानोले यस्तो प्रशंसा गर्‍यो, ढिस्कानोले यस्तो भन्यो भन्ने सुन्ने बित्तिकै मख्ख पर्छौँ हामी, कुरै नबुझिकन । सूचना को स्रोत के हो भन्ने कसलाई बाल ?

    अनि, यस्तो नभएर के हुन्छ त ?

    Reply
  5. prabhat says:
    November 4, 2018 at 9:52 pm

    प्रधानमन्त्री ले येस्तो सल्लाहकार्को भरमा देस बनौछु भनी जस्तै कुर्लेपनी कसरी पत्त्यौने?

    Reply
  6. Laxmi Devi Dhakal says:
    November 3, 2018 at 2:59 pm

    साच्चई हाम्रो देश नेपाल हो

    Reply
  7. Govind says:
    November 2, 2018 at 6:05 pm

    फेक समाचार छाप्नेलाइ खुच्चिंग।
    मन्त्रि को सल्लाहकार धत् मोरा ।

    Reply
  8. Shankar says:
    November 2, 2018 at 1:44 pm

    जो पायो तेही सग अन्तर्वार्ता लिने , दिने ,
    फेस बुक मा जेपायो तेही लेख्ने क्या मजा छ |
    धमला को हमला मा आफनी बुढी सग धमला सोध्छ ” तपाइलाइ एस क्षेत्र मा लाग्न प्रेरणा दिने को ” अनि मुसु मुसु हास्छ |
    उता हस्पिटल को सैया बात ओली बोल्छन ” नेपाल को बिकास र सम्ब्रिड्डी को सपना छ मेरो “|
    तेती राम्रो सपना लाइ कात्रो ओडाउन खोज्ने को ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme