Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन वर्षअघि चीनबाट तीन ट्याङ्कर पेट्रोल टिमुरे हुँदै नेपाल भित्रिएको त्यो दिन

Posted on November 1, 2018November 1, 2018 by Salokya


१४ कात्तिक २०७२। ठीक तीन वर्षअघि नेपाल भारतीय नाकाबन्दीका कारण आक्रान्त थियो। हालकै प्रधानमन्त्री केपी शर्मा ओली त्यतिबेला पनि प्रधानमन्त्री थिए। भारततिरका नाकामा अवरोध भएपछि नेपालले पेट्रोलियम पदार्थ भित्र्याउन नयाँ बाटोको खोजी गर्ने क्रममा चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने निर्णय गर्‍यो। नेपाल र चीनबीच पेट्रोलियम आपूर्ति सम्बन्धि समझदारी भयो। चीनले केही पेट्रोल अनुदान दिने भयो। त्यसैलाई लिन १२ हजार लिटर क्षमताका १२ वटा ट्याङ्कर काठमाडौँबाट नुवाकोट, रसुवाको बाटो हुँदै केरुङ पुगेका थिए।

काठमाडौँमा ट्याङ्करको पूजा गर्दै केरुङतिर पठाइएको थियो।


चिनियाँ ट्याङ्करबाट नेपाली ट्याङ्करमा तेल सारिएको थियो।

सुरुमा चीनले तीन वटा ट्याङ्करलाई मात्र अनुमति दिएको थियो। बाटो ठीक नभएकोले क्षमताभन्दा तीन हजार लिटर कम अर्थात् नौ हजार लिटर पेट्रोल बोकेर आजकै दिन राति पौने १० बजे तीन वटा ट्याङ्कर नेपाल छिरेका थिए।

बाँकी ट्याङ्करहरु भोलिपल्ट केरुङ छिरेर पेट्रोल बोकेर फर्किएका थिए।

हेर्नुस् त्यो ऐतिहासिक यात्राको भिडियो-

त्यसरी तेल आउनुअघि भारतसँग गर्दै आएको पेट्रोलियम पदार्थको कारोबारमा इण्डियन आयल कर्पोरेसनको ४० वर्षदेखिको एकाधिकारको अन्त्य हुने गरी नेपाल आयल निगम र चाइना नेसनल आयल कर्पोरेसन (पेट्रो चाइना) बीच बेइजिङमा सम्झौता भएको थियो। नेपाल आयल निगमका महाप्रबन्धक गोपाल खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झेङ तोङले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। व्यवसायिक सम्झौता गरी नेपालको मागको ३० प्रतिशत तेल चीनबाट ल्याइने बताइएको थियो।

तर ‘यो त सब भन्ने कुरा न हो’ भन्ने गीत जस्तै भयो। त्यसरी अनुदानमा आएको पेट्रोल नै अन्तिम रह्यो।

त्यसको केही समयपछि प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गरे। तर बहुप्रतीक्षित इन्धन खरिदबारे भने कुनै सम्झौता भएन।

नेपालमा चीनबाट तेल आएको त्यो पहिलो पटक थिएन। मोदीले जस्तै राजीव गान्धी प्रधानमन्त्री हुँदा पनि २०४५ सालमा भारतले नाकाबन्दी लगाएको थियो। त्यतिबेला पनि चीनको खासाबाट तीन ट्याङ्कर तेल भित्रिएको समाचार २०४६ वैशाख १८ गतेको देशान्तरमा छापिएको थियो।

त्यतिबेला पनि चीनबाट पेट्रोलियम पदार्थ ल्याउने भनिएको थियो। अस्ति पनि भनियो। अत्यावश्यक वस्तु नै नाकाबन्दी गर्ने चरम गैर जिम्मेवार र हेपाहा प्रवृत्ति भारतले पटक पटक देखाएको हुँदा विकल्प खोज्नु पर्ने आवाज उठ्दै गर्छ, फेरि सेलाउँदै गर्छ। राष्ट्रवादी भनिएको सरकारले पनि यसमा खासै केही गर्न सकेन।

2 thoughts on “तीन वर्षअघि चीनबाट तीन ट्याङ्कर पेट्रोल टिमुरे हुँदै नेपाल भित्रिएको त्यो दिन”

  1. madan bajracharya says:
    November 2, 2018 at 11:14 pm

    इतिहास पलातायारै हेर्ने हो भने नेपालको ब्यापारिक सम्भंद भारत सिट होईन तिब्बत चिन सितै घनिष्ट थियो र तेतिबेला तिब्बत चिन सीताको व्यापारमा नेपाललाई फ़ाइदानै थियो/चीनले कांग्रेसी राजनेताहरुले नेपालमै बन्न सक्ने सामानहरु पनि नबनाउने, नेपालमा भारतीय उत्पादनको बजारमा खस्काउने उद्योगहरु बन्द र बिक्रि गर्दै नेपाललाई घिर्दै लछार्दै पछार्दै भारत आश्रित बनौन्दै गयाकोमा चीनले सब्द मा होईन संकेतमा नेपाल र नेपालि भारत आश्रित बन्न बाध्य देस नभयको कुरा बुझाउन्दै आयको थियो/ भारतले नाकाबन्दी गर्दा चिनले पेट्रोलको आपूर्ति गरेको कुराले पनि यहि देखाउंछ/ पेट्रोलकै कुरा गर्ने हो भने बिरेन्द्रको पालामा नेपालले सेल कम्पनि मार्फत नेपालमा पेट्रोलियम उत्खनन गराउंदै गरेको बेला त्यो कार्यको निमित आबस्यक सामान र साधनहरु कलकत्ता बन्दरगाहमा रोकेर भारतले नाकाबन्दीको सुरुवात गरेको थियो/ भारतको त्यो नाकाबन्दीको सामना गर्दै गरेको बिरेन्द्र बिरुद्ध कांग्रेसले बिद्रोह गरे/ बिरेन्द्रले कांग्रेसीको माग बमोजिम बहुदलीय ब्यबस्था पनि दिय र आफु सम्बैधानिक बन्न पनि तयार भयो/ तव भारतले नाकाबन्दी हटायो र कांग्रेसले सट्टा सम्हालेर सबै भन्दा पहिला गरेको काम भनेकै बिरेन्द्रले नेपालमा पेट्रोलियम उत्खनन गर्न लगायको कार्य बन्द मात्रै होईन सेल कम्पनीले पेट्रोलियम निकाल्न बनायको तेल निकाल्ने कुवा हरु बन्द गर्ने थियो/ कांग्रेसको नीति र नियति भनेकै नेपाललाई भारत आश्रित बनाउनु थियो भन्ने कुराको अर्को प्रमाण थियो “नेपालमा महंगी हटाउने भनेर “नेपाल र भारतीय मुद्रा को विनिमय बरावर गर्नु” थियो/ यसरि नेपालि र भारतीय मुद्राको विनिमय डर बरावर गरे बात नेपालमा उत्पादन हुने सामान भन्दा भारती उत्पादन नै सस्तो भयो र काग्रेसिले तेसरी नेपालि सामान भन्दा भारतीय उत्पादन सस्तो भयको कुरामा लोभियर भारात आश्रित बन्दै गयो/ तेसपछी नेपालको सेनामा मधेसी पनि किन भर्ति नगरेको भनेर भारतले सोद्ध्दा “तिमीहरुले भारतको सेनामा “गोर्खाली मात्रै भर्ना गर्नुको सट्टा मधेसीलाई किन भर्ति नगरेको भनेर प्रति प्रश्न गरेर नाजवाफ बनाय यो कृष्ण प्रसाद नै नेपालको प्रधान मन्त्रि बनेमा नेपाललाई भारत आश्रित मुलुक बनाउन नसकिने देखियाकैले होईन गिरिजाले कृष्ण प्रसादलाई अन्तर्घात गरेर चुनावमा हरायर आफु प्रधान मन्त्रि बनेको? गिरिजा प्रधान मन्त्रि बनेर कुर्सीमा बास्ना साथ् उसले नेपालमा भारतीय उत्पादनको बजार खस्काउने उद्योगहरु यक पछि अर्को बन्द गर्दै गय/ गिरिजा प्रधान मन्त्रि बन्नु अघि सम्म नेपालमा गोछाले बनाउने कार जिप ले बिस्तारै बजार लिंदै थियो/ त् गिरिजाले त्यो गोछाले निर्माण गर्ने गाडीहरुमा भारत बात आयात हुने गाडीमा लाग्ने भन्दा दोब्बर अन्तशुल्क लगायर गोल्छाको गाडी बनाउने कम्पनीलाई चल्ने नसक्ने बनायो/ बिस्वको अरु देस बात पनि स्तरीय सामानहरु भारतको भन्दा सस्तोमा बेच्दै आयको नेसनल ट्रेदिंग पनि कांग्रेसकै पालामा धराशाही भयो/ नेपालमै जडान हुँदै आयको चानिज मोटर साईकल पनि कता बिलायो कता/
    नेपालले यस्तो गर्नु नपर्ने थियो, नेपालले चाहेमा चीनले नेपाललाई आत्म निर्भर बन्न सहयोग गर्ने कुराको संकेत पटक पटक गर्दै आयको कुराको अर्को उदाहरण हो भारतले अस्ति एपालामा नाकाबन्दी गर्दै गरेको बेला चीनले नेपालमा पेट्रोल खानि मात्र संसारमा सबै भन्दा महँगो बिजुली निकाल्न समेत सकिने युरोनियमको भण्डार पनि रहेको प्रमानित्नै गरि दिय/ तर नेपालमा युरोनियमको भण्डार भयको देखाउने चीनले त्यो युरोनियम खानि हामीलाई दे भनेर चीनले भनेंन/ यदि यहि कुरा भारतले गरेको भय के गर्थ्यो र के माग्थ्यो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ/ नेपालले चाहेमा त्यो युरोनियमको भण्डार चिन बा बिस्वको अरु कुनै मुलुकलाई उपयोग गर्न दियर तेसको आम्दानि बात पन्चेस्वर जस्तै अरु पनि ठुलो ठुलो जलविद्युत आयोजना बनाउन सक्ने देखिन्छ/ तर यो कुरामा चुनाव अघि भोट पाउन मात्रै भारत सिट मात्रै आश्रित बन्नु नपर्ने नीति लिने भन्ने नेताहरु र तिनीहरुको सरकार अहिले बदलि सकेको स्पस्ट नै देखिन्छ/ त् के आस गर्ने हामीले?

    Reply
  2. Shankar says:
    November 1, 2018 at 6:51 am

    चिनिया इच्छा शक्ति ले हंगकंग देखि समुद्रमा पुल हालेर मेन ल्याण्ड चाइना जोड्छ , हामि नेपालि ले तेत्ति चाइनाको बाटो खोल्न सक्दैन ? सक्छ पनि सायद होला , तर हाम्रो देश को अहम निर्णय इन्डिया ले गर्छ | काहा कति बाटो घाटो राख्ने , कहा के गर्ने , सरकार मा को लैजाने र कसलाई पी यम बनाउने सबै ग्रयाण्ड डिजाइन इन्डिया मै हुन्छ |
    त् तेल कसरि चाइना बाट आउछ ?

    हेरु न तातोपानी नाका बन्द भएको कति भयो , अरु नाकाको ओली गफ पनि ओली संगै हस्पिटल मा बिरामी भएर थला परेजस्तो छ | तर नेपाल लाइ इन्डियन ( न्यु ब्रान्डेड नेपालि)ले भर्न इन्डिया तिर कति बाटो सोजिदैछ ? पंचायत काल मा बाइरोद मात्र थ्यो , पछि मुग्लिङ्ग को बाटो बनाए | अब आएर १) सिस्नेरी , , २) कुलेखानी हुदै ,३) टिका भैरब हुदै ४) आर्मी फास्ट ट्रयाक गरि जम्मा छ वोटा बाटो बाट , खुला सिमाना हुदै चाडै नेपाल भरिनेछ | यो हाम्रो नेपाल आर्मी त्यहि हो , जसको सुरक्ष्या कबाज ले नेपाल को राजतन्त्र समेत जोगाउन सकेन |कुरा गर्दा संकीर्ण सोच गरेजस्तो देखिए पनि , यो हाम्रो देश को लागि खतरनाक संकेत हो |
    नत्र हिजो १९५० को सन्धि , सिमाना मिचिएको कुरा गर्ने बामे हरु आज कसरि चुपचाप हामे ( हाम गर्ने ) भएर बसेको छ ?खुला सिमाना नियन्त्रण को कुरा कसैले गर्छ ? तेसैले यो रास्ट्रबाद पनि कतै नक्कली त् हैन ?
    यो पाखे बानर हरुको सासन ले देश लुट्ने सिबाय केहि गर्दैन जस्तो लाग्छ है | चिन र इन्डियाको दया भानु या प्रतिस्पर्धा ले हुने बिकास बाहेक बा जापान , कोरिया र अमेरिका ले विश्व को अगि आफ्नो मददगार छबि देखाउन हुने बिकास बाहेक योजना बद्दरुपमा नेपाल योजना आयोग को योजनामा , नेपाल सरकार ले गर्ने बिकास चै सपना नै हुनेभयो नेपालीको लागि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme