Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्या गजब, नेपाल सरकारलाई प्रदेश ७ को न्वारन भइसकेकै थाहा रहेनछ

Posted on October 26, 2018 by Salokya

प्रदेश ७ को नाम सुदूरपश्चिम राखेको झण्डै एक महिना हुन लागिसकेको छ। असोज १२ गते संविधान अनुसार प्रदेश सभाको बैठकको दुई तिहाई बहुमतले नाम सुदूरपश्चिम र राजधानी गोदावरी राखेको थियो। तर नेपाल सरकारले हिजो बिहीबार प्रकाशित गरेको राजपत्रमा प्रदेश ७ लाई सुदूरपश्चिम नलेखी प्रदेश ७ मात्र लेखिएको छ। सुदूरपश्चिम यति सुदूर रहेछ कि केन्द्रलाई नामाकरण भइसकेकै अत्तोपत्तो रहेनछ।


नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हिजो कात्तिक ८ गते सवारी साधनको नम्बर प्लेट हेरफेर सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको थियो। सूचना अनुसार अब नम्बर प्लेटमा रहेका अञ्चलहरुको नामको साटो प्रदेश नम्बर वा नाम रहनेछ।

त्यसमा न्वारन भइसकेका अरु प्रदेशको नाम ४ को गण्डकी र ६ को कर्णाली त राखिएको छ, तर ७ को सुदूरपश्चिम भने राखिएको छैन।

अरु देशको हैन, आफ्नै प्रदेशको नाम राखिसकेको समेत थाहा नपाउने कस्तो हुस्सु सरकार त !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme