Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोदीका कारण मुक्तिनाथमा फोटो खिच्न पाइने भएछ

Posted on October 25, 2018 by Salokya


पाँच महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाअर्चनाका लागि पुगेका थिए। त्यतिबेला मुक्तिनाथ मन्दिर परिसरबाट टेलिभिजनहरुले लाइभ टेलिकास्ट गरेका थिए। मन्दिरभित्र मूर्ति देखिने गरी पूजाआजा गरेका फोटो पनि सार्वजनिक भए। यसअघि मन्दिरभित्र फोटो र भिडियो खिच्न प्रतिबन्ध थियो। यस पटक मुक्तिनाथ पुग्दा भने फरक दृश्य देख्न पाइयो। मानिसहरु मन्दिरभित्रै फोटो खिचिरहेका थिए। मोदीका कारण मुक्तिनाथमा फोटो खिच्न नपाउने प्रतिबन्ध हटेको रहेछ।


मुक्तिनाथको मूर्तिसहित भारतीय सरकारी एजेन्सीले सार्वजनिक गरेको मोदीको फोटो।

हुन पनि अब फोटो खिच्न नदिँदा मोदीलाई चाहिँ खिच्न दिने, हामीलाई चाहिँ नदिने भनेर विरोध होला भन्ने डर। त्यसैले फोटो खिच्न दियो आनन्द भन्ने लाग्या हो कि मन्दिर व्यवस्थापकहरुलाई।

तर फोटो खिच्न दिए पनि भित्तामा राखिएका सूचनाहरुमा भने फोटो नखिच्न नै अनुरोध गरिएको छ।

त्यसो त मूर्तिको फोटो खिच्न नै नपाइने भन्ने हैन। यसअघि पनि मुक्तिनाथ वरपर मूर्तिका फोटोहरु बेच्न भने राखिएका हुन्थे। यस्तो छ फोटो-


फोटोमा मुक्तिनाथको बायाँ श्रीदेवी र दायाँ भूदेवीको मूर्ति रहेको उल्लेख छ।

2 thoughts on “मोदीका कारण मुक्तिनाथमा फोटो खिच्न पाइने भएछ”

  1. saj says:
    October 27, 2018 at 1:14 pm

    some artist say not to take picture of their art, so … it should have been banned but … . mandir ra murti ko maulikta nai harauen daar aaba

    Reply
  2. Shankar says:
    October 25, 2018 at 9:12 pm

    भारतीय सासक हरुले नेपाल मा आएर यहाको मन्दिर को चलन मिच्ने कुरा नौलो हैन | बिरेन्द्रको पालामा सोनिया गान्धी, राजिब गान्धी लाइ पशुपति छिर्न बिबाद परेको कुरा पनि सार्बजानिक चर्चामा आएकै बिसय हो | इन्डियन र इन्डियन सासक ले दादागिरी ( संबिधान हाम्ले भनेको जस्तो बना , पी यम हामीले भनेको मानिस हुन् पर्छ , तेरो देश को नदीनाला र प्राकृतिक स्रोत हामीले भनेजसो गरि चलाउन पाउन पर्छ , तेरो देश मा कुन कुन राजमार्ग कहा कहा बनाउने , चीन सग कुन कुन नाका खोल्ने त्यो हाम्रो नियन्त्रण मा हुन् पर्छ , तेरो देश को सिक्ष्याको पाठ्यक्रम हाम्रो जस्तो हुन् पर्छ , तैले राम ,कृष्ण , बिष्णु सब धोतिलाउने देउता मात्र मान्न पर्छ , हाम्रो नागरिक ले तेरो देश मा टन्न ठेक्का पत्ता पाउन , लुट्न पाउन पर्छ , हाम्रा बेरोजगार र सर्टिफिकेट किनेका जनाताले तेरो देश मा सिक्श्यक , डाक्टर जागिर पाउन पर्छ , तेरो देश को नागरिकताको समस्या कहिले सकिन हुन्न तब सम्म जब सम्म हाम्रो नागरिक ले तेरो देश भरिन्न , यु येन मा हामीले भनको ठाउमा भोट गर , हामीले तालिम देर पठाको बाबुराम , प्रचण्ड र भित भित्र खुफिया केहि एमाले कांग्रेस नेता समेत ले केहि साल नेपाल लुट्छ, अनि उपेन्द्र , लालबाबु , सिके को पालो आदि आदि ) देखाउने भनेकै नेपालि , माल्दिप , अफगानिस्तान , भुटान लाइ मात्र हो पाकिस्थान , श्रीलंका , बंगाला देश ले त् टेर्दैन , र अरुलाई सक्दैन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme