Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजा महाराजाको स्टाइल कपि गर्दा यस्तो पनि कपि नहोस् है !

Posted on October 22, 2018October 22, 2018 by Salokya


यसपालिको दशैँको टीकाका फोटोहरुमा तपाईँले केही नयाँ कुरा याद गर्नुभो? प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा बालुवाटारमा लगाएको टीका र यो सालको टीकामा केही फरक छ। पुरानो फोटोमा जमराको माला देखिँदैन। यसपालि त्यो देखिएको छ। धेरै पुराना फोटोहरु हेर्नुभएको भए याद गर्नुभएको होला, पावरमा हुँदा राजा महाराजाहरुको दशैँको टीकाका फोटोहरुमा ठ्याक्कै यस्तै जमराका माला उनीहरुको घाँटीमा झुण्डिएका हुन्थे।

राजा महाराजाको स्टाइल कपि गर्ने शौख नवमहाराजाहरुमा जाग्नु स्वभाविक हो। तर कपि गर्ने धूनमा सबै कुराको कपि चाहिँ नगरिबक्सियोस् है। नत्र कुन दिन यस्तो फोटो पनि सार्वजनिक होला भन्ने डर भइसक्यो।

राजाकाे जुत्ता लगाएको खुट्टैमा रानीले ढोगेको दि हिमालयन टाइम्समा छापिएको यो फोटो सन् २००५ को हो। त्यतिबेला देशमा राजाको एकलौटी शासन थियो। राजगद्दीमात्र नभएर मन्त्रिपरिषद्का अध्यक्षको रुपमा प्रधानमन्त्रीको कुर्सीमा पनि तत्कालीन श्री ५ ज्ञानेन्द्र नै थिए।

त्यतिबेला पनि श्रीमानलाई श्रीमतीले ढोग्ने नेपालीको चलनै हो, यसमा आपत्ति जनाउनु पर्ने के छ र भन्ने तर्क भएका थिए। यस्तै तर्क गरेर कम्युनिस्ट प्रधानमन्त्रीलाई उनकी पत्नीले जुत्ता लगाएको खुट्टामै ढोगेको फोटो राजामहाराजाको स्टाइल कपि गर्ने धूनमा कपि नहोस्। अहिलेलाई यही कामना।

4 thoughts on “राजा महाराजाको स्टाइल कपि गर्दा यस्तो पनि कपि नहोस् है !”

  1. मुकेश यादव says:
    October 26, 2018 at 9:15 am

    करनु नौटंकी करेका छन्/ छोटा राजा उब्जिएको तो दसक भनदा बढी भै सकयो / दिउँसो मन्च में सर्वहारा र समानता को चित्कार करने अनि रात मा डान्स बार मदिरा मा धुत भएर तरुनी मा सख्त फलामे हतियार को प्रहार करने / धन्य छ

    Reply
  2. madan bajracharya says:
    October 24, 2018 at 7:24 pm

    नेपालमा धर्मको नाममा अनेकौं कुप्रथा चल्दै आयको छ/ त् प्रश्न उठ्छ यस्तो कुरा गर्नु मान्नु धर्म हो भनेर कसले सिकायो? मलाई पक्कै त् थाह छैन, तापनि यति त् बिस्वाश लाग्छ कि कुनै पनि धर्मले नारिको निमित पति स्वामी र मालिक हुने उसको खुट्टी धोक्नु पर्ने त् पक्कै भनेको छैननै होला त् कसले सिकायो यस्तो कुरा?

    नेपालमा अहिले कानुनले बन्देज लगायको लगायत अनन्य पनि कयौं अधर्मी कुराहरु कसरि गर्ने गराउने तेस्तो कुराहरु गर्दा यस्तो कुरा गर्दा पुन्य हुन्छ स्वर्गमा स्थान मिल्छ इश्वर खुसि भयर चाहेको कुरा पाउने बरदान दिन्छ, कसैको शोसन उत्पीडन बात पिडित भयकोले न्याय को निमित अवाज उठाउन सिकाउनु त् कता कता उल्टै यो सबै तेरो पुर्व जन्मको फल हो सहेर बस भन्ने अनि अरुलाई सोसन गरेर दुख दियर दवायर सतायर “ठुलो र सम्पन्न भयको चाहि उसले उसले पुर्व जन्ममा ठुलो तपस्या गरेकोले…” भनेर समाज देसमा शोसन लाई बढावा दिने शोसकलाई अझै प्रोत्शाहन गर्ने को हो?

    हेर्नुस कसैले जन्मे देखि म ठुलो जातको उ सानो जातको भनेर जानेको हुँदैन/ यो कुरा उसलाई कसैले सिकायको पधयको हो/ कु हुन् तेस्तो सिकाउने? पहिला यस्तालाई तह लगाउनु पर्छ बहिस्कार गर्नु पर्छ तव हट्छ कुप्रथा र कु संस्कार/

    Reply
  3. deepak says:
    October 23, 2018 at 5:44 pm

    दसैं भनेको बली दिने, टिका लगाउने हो, मुख्य तया
    बली प्रथाको बिरोध त चाडै थियो अब टिका जमराको पनि बिरोध भएको छ, अर्थात दसैं कै बिरोध । अर्थात दसैं मान्नु हुँदैन, टिका जमरा लगाउनु हुँदैन? कि टिका मा पनि छलाङ मारेर कुनै उल्टो र अशुभ किसिमको कहिल्यै कसैले नगरेको नौलो पद्धती शुरु गर्ने?

    Reply
  4. Yam Pun says:
    October 22, 2018 at 12:15 pm

    ” कालो अक्षर भैंसी बराबर ” भन्न नमिल्ने शैक्षिक योग्यता भएको व्यक्तिले नक्कल नगर्नलाई त अक्कल पनि त हुनु पर्यो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme