Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाउ उभिने, छोरा बसेर टीका लगाउने प्रम ओली स्टाइलको क्रमभंग भो यसपालि

Posted on October 20, 2018October 20, 2018 by Salokya


दुई वर्षअघि केपी ओली प्रधानमन्त्री हुँदा टीका लगाउने नयाँ स्टाइल देखिएको थियो- बाउ उभिने, छोरा कुर्सीमा बस्ने। प्रधानमन्त्रीले आफ्नी पत्नीलाई पनि बसी बसी टीका लगाइदिएका थिए। अझ त्यतिबेला टिभी हेर्नेहरुले याद गर्नुभएको होला- बाउले टीका लगाइदिने अनि नमस्ते गर्ने, छोराले आशीर्वाद दिएको जस्तो गर्ने। त्यतिबेला माइसंसारको ब्लगमा कमेन्ट आएको थियो- ‘यो ठाउँ अनुसारको चलन हो। झापामा टीका थाप्ने बस्ने र लगाउने उठ्ने चलन छ है।’ कमेन्टका अनुसार झापाको चलनै भए पनि यसपालि चैँ त्यो तोडियो हो। यस पटक भने प्रधानमन्त्री र प्रधानमन्त्री पिता मोहनप्रसाद ओली बाउछोरा दुवै टीका लगाउँदा उभिएका देखिए।


२०७२ सालको फोटो

यसपालिको फोटो।


२०७२ सालमा प्रधानमन्त्री केपी ओलीले पत्नी राधिका शाक्यलाई पनि कुर्सीमा बसीबसी टीका लगाइदिएका थिए।


यस पटक भने उभीउभी नै टीका लगाइदिए।

4 thoughts on “बाउ उभिने, छोरा बसेर टीका लगाउने प्रम ओली स्टाइलको क्रमभंग भो यसपालि”

  1. madan bajracharya says:
    October 21, 2018 at 7:15 pm

    शंकरज्यु,
    किडनी मात्रै होईन बिचार पनि फेरेको छ/ तर हामीले नेपालमा जहिले पनि घोर भारत परस्त हरुले सत्तामा बुग्न्को निमित मात्रै भारत बिरोधि नारा लगायर नेपालीलाई उल्लु बनाउंदै आयको कुरा भुल्नु हुँदैन/ ओलीले पनि भारत बिरुद्ध उभियकै कारणले बहुमत पायको हो/ तर उसको त्यो बोलि र नीतिको बास्तविकता के हो त्यो अझै स्पस्ट भयको छैन/तेसैले अलि कुरौं/

    मित्र उहिले मधेशाबादिलाई मजबुत बनाउन नेपालमा कम्जोर र गठबन्धन गरे मात्रै टिक्ने सराकर बन्नु पर्थ्यो र तेस्तै सरकार मात्रै बनाउन टिकाउनेले “प्रचंद्रेको अविस्वाशको प्रस्ताव” नामको ब्रम्हास्त्र समेत प्रयोग गरेको थियो/ अहिले मधेशाबादिको माग पुरा गराउन नेपालमा २/३ बहुमत भयको सरकारनै चाहिन्छ र त्यो बनेको पनि छ/ तर उहिले मधेशाबादिको माग पुरा गराउन अबिस्वाशको प्रस्ताव राखेर यमालेको नेतृत्वको सरकार गिराउने सिटी यमालेलाई बिलय गरायर!!!!/ यो कुरा मात्र ग्रयाण्ड डिजाईन होईन सुपर अति सुपर ग्रायण्ड डिजाईन पनि हुन्ग सक्छ/ तर यो कुरा समयले मात्रै स्पस्ट गर्छ/ ओली र यामाले को बिलय र तेल सकेर निभ्न लागेको टुकी बतिको अवस्थामा पुगी सकेको प्रचंद्र
    र उसको कथित मावोबादी दल अहिले यकायक शसक्त बन्नु बडो रहस्यमय छ/

    Reply
  2. Tom P says:
    October 21, 2018 at 11:32 am

    Gafadi budale coat pani tehi puranai laka hun ki kaso

    Reply
  3. गोपाल says:
    October 21, 2018 at 6:35 am

    तेती खेर पहीलो पल्ट प्रधानमन्त्री भाका थीय के के गर्नु पर्छ भन्ने थाह थीयन होला अहीले दोस्रो पल्ट भाका छन संवीधानमै पो उल्लेख छ की वस्दा दुवै को मयार्दा भग हुन्छ तेस कारण उठी उठी लाउने

    Reply
  4. Shankar says:
    October 20, 2018 at 4:48 am

    भनेपछि पी यम भएको १ वर्ष पछि मात्र बुद्दि आउने रहेछ हमम| अरु धेरै नेपालि बुद्दि न आइ मर्ने रहेछन |
    ” किड्नी फेरेको मान्छे अगिल्लो साल सायद बिरामी पो थ्यो कि ?”’

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme