Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ईश्वरको नाममा शपथ नलिने प्रधानमन्त्रीको नयाँ कीर्तिमान : चतुर्दशीसम्मै दशैँको टीका लगाउन व्यस्त हुने

Posted on October 21, 2018October 20, 2018 by Salokya


दुई तिहाई बहुमतको सरकार यसअघि धेरै पहिले बनेको थियो। वीपी कोइरालाको पालामा। २०१५ सालको चुनावमा। तर त्यतिबेला प्रधानमन्त्रीले दशैँमा जनतालाई टीका लगाइदिँदैन थिए। तत्कालीन राजाले टीका लगाइदिने चलन चाहिँ धेरैअघिदेखि थियो। राजतन्त्र ढल्यो, गणतन्त्र आयो। टीका लगाउने ठाउँ बढे। राष्ट्रपतिले राजाको ठाउँ लिएर टीका लगाइदिने भए। यता पूर्वराजाले पनि टीका लगाइदिने क्रम जारी राखे। प्रधानमन्त्रीले चाहिँ अझै पनि टीका लगाइदिने चलन थिएन। २०७४ सालको चुनावमा दुई तिहाई बहुमत आएपछि भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि टीका लगाइदिने रहर जाग्यो। ईश्वरको नाममा शपथ नलिएको भए पनि प्रधानमन्त्री ओलीले यो वर्ष पहिलो पटक घोषित रुपमै दुर्गा भवानीको प्रसादका रुपमा रहेको टीका मन्त्रीहरु, सुरक्षाकर्मीहरु, कार्यकर्ता र शुभेच्छुकहरुलाई लगाइदिइरहेका छन्।

ईश्वरको नाममा शपथ नलिए पनि उनलाई विजया दशमीका दिन आफ्ना पिता मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्न बिहान नौ बजेर ५१ मिनेटको शुभसाइत नै पर्खनु पर्‍यो।

दुई तिहाईको सरकारका प्रधानमन्त्रीले नयाँ कीर्तिमान पनि राख्ने भएका छन्। राजा वा राष्ट्रपति कसैले पनि नगरेको काम थालेर। राजाहरुले दशमीको दिन मात्र टीका लगाइदिन्थे। तर प्रधानमन्त्री ओलीले पनि दशमीको दिनमात्र हैन, एकादशी, द्वादशी, त्रयोदशी र चतुर्दशी अर्थात् पाँच पाँच दिन बालुवाटारमा टीका लगाइदिने भएका छन्। नेपालको इतिहासमा नै यो एउटा नौलो काम हो। सुख र समृद्धि अब नआई भो !

एकादशीदेखि चतुर्दशीसम्म प्रधानमन्त्री बिहान ९ देखि ११ सम्म टीका लगाइदिन व्यस्त हुनेछन्।

रमाइलो कुरा त के भने, प्रधानमन्त्री ओलीको सरकारले यसपालिदेखि दशैँमा विदा कटौति गरेको थियो। घटस्थापना, द्वादशी र पूर्णिमाको दिन यो वर्षदेखि विदा हुने छैन। अर्थात् दशैँको विदा एकादशीसम्म मात्रै हो। द्वादशीदेखि त अफिस टाइम हो।

तर यही अफिस टाइममा समेत अर्थात् द्वादशीदेखि चतुर्दशीसम्म तीन दिन प्रधानमन्त्री आफ्नो सरकारी निवासमा काखमा रुमाल र हातमा अबिर मुछेको रातो अक्षता लिएर टीका लगाइदिने काममा व्यस्त हुँदैछन्।

11 thoughts on “ईश्वरको नाममा शपथ नलिने प्रधानमन्त्रीको नयाँ कीर्तिमान : चतुर्दशीसम्मै दशैँको टीका लगाउन व्यस्त हुने”

  1. Pradeep MS says:
    October 25, 2018 at 11:19 am

    हो भने !
    बिचरा ओली बाजे !!!

    Reply
  2. Shankar says:
    October 25, 2018 at 3:44 am

    दिपक जी
    ओलीले गर्नुपर्ने काम धेरै थ्यो , तर उनले उखान टुक्का हाल्ने, विदेश भ्रमण गर्ने , आफ्ना लाइ नियुक्ति दिने भन्दा उल्लेखनीय केहि देखिएन | बिकास को कुरा ,रेल र नाकाको , पानि जाहाज को कुरा छोडौ , भ्रास्ताचारी , बलात्कारी आदि त् नियन्त्रण गर्न सक्थे होला ?
    लाइसेन्स लिन जादा घुस , जग्गा पास गर्न जादा घुस , जहा गयो तेही भ्रास्ताचार , निर्माला पछि अरु २५ बालिका बालात्क्रित भैसके ,| मेरो भनाइ ल ठिक छ गरिब देश छ , बजेट छैन , बिकास गर्न सकेन त् के अलिकति प्रसासनिक सुधार लेउन , आर्थिक मितव्ययिता अपनाउन , विसंगति र कुरीति त् रोक्न सक्थे होला | हिजो धर्म कर्म र खराब कुरुतिको बिरोध गरे जस्तो गरेर सट्टा मा पुगेका हरु आज हिजो कै महाराज को सैलिमा जनतालाई रैती मानेर टिका लगाउने , कुनै येयास राज घरानाको जस्तो देश को बजेट फुक्ने , कतै सबारी हुदा उही राजाकै सैलिमा हिड्ने के यिनीहरुलाई सुहाउने कुरा हो ?

    Reply
  3. दीपक says:
    October 24, 2018 at 4:20 pm

    जे गरे पनि सुख छैन, के गर्नु पथ्यो ओलीले ? टिका जमरा नलगाउनु पर्थ्यो? दशैँ बहिष्कार गर्नु पर्थ्यो? वा जनता को हात को टिका थाप्नु पर्थ्यो? कुन मान्छे को हात को टिका थाप्नु पर्थ्यो? कति जना को ? कि गरिब को झोपडी खोज्दै खोज्दै गरिब हरुको घर घर मा जानु पर्थ्यो? तेसै गरेको भए पनि त्यो झन् गरिब को उपहास भएन?

    Reply
  4. Tamang says:
    October 23, 2018 at 4:56 am

    K janya chha ra k sikeko chha ho tehi pahilako kurakani ra hisab kitab ta honi 16×2=8 amazing Nepal and Nepali incredible leader. Bull shit. Go helll.

    Reply
  5. Daman says:
    October 21, 2018 at 2:30 pm

    सब झुर. ढोंगी! ओली बाबा झन् खत्तम,सबसे झुरेस्ट
    यस्ताले पनि ल्याउछ समृद्धि?

    Reply
  6. कन्चन says:
    October 21, 2018 at 12:08 pm

    छुचो मुख रुखो बोली, जनतालाई कति ढाँटछौ हे ओली ?

    Reply
    1. सागर says:
      October 23, 2018 at 12:07 am

      अमेरिकाको ट्रम्प भन्ने ओराङओटनको संन्तान पनी ठ्याक्कै त्यस्तै छ । कस्ले को बाट सिकेको भनेर पत्ता लगाउनै गाह्रो भो गांठे ।

      Reply
  7. madan bajracharya says:
    October 21, 2018 at 11:04 am

    नेपालको सबै प्रमुख मार्क्सवादीहरु नेताहरु इस्वरको नाममा सपथ नलिनुनै उनीहरु घनघोर इस्वरबादी भयको प्रमाण हो/ पदमा बस्दा झुठ बोल्ने, गलत गर्ने, भोट लिंदा नागरिकको सेवक बन्ने नागरिकको बिचारको प्रतिनिधित्व गर्ने भन्ने तर भोट लियर पदमा पुगे पछि नागरिकलाई उनीहरुको हुकुम र कोठे निर्णय मान्ने नोकर बनाउने पाप गर्ने भयकोले नै इस्वर कुपुत होला भनेर दरायरै उनीहरुले पदको सपथ लिंदा इस्वरको नाममा नालियाको हो/ अनि पदमा पुगे पछि तेसैको प्रायास्चित गर्न काजीले कुन मन्दिर त्उ कहिले कुन बाबाको पाउ धोक्न जान्छन र सबै धार्मिक परम्परा हरु उनीहरुको पुर्खाले सिकायाकै तरिकाले गर्छन/ नमुना र उदाहरण माथिकै …../

    संबिधान कानुन भन्दा माथि हुन्छ/ कानुन संबिधान सिट बाझेमा स्वत निस्क्रिय बा खारेज हुन्छ/ संबिधानमा आफ्नो धर्म र संस्कारले दियको कुरा गर्न पाउने भनेर इनिहरुले बा इनिहरुको सन्तान बा आसेपासेले उहिले अहिले कानुनले निषेध गरेको उनीहरुले उहिले धर्म र संस्कारले दियको सबै कुकर्म गरे पनि उनीहरुलाई कानुन नलाग्ने प्रपन्च संविधानमै रचेको छ/ यसको उदाहरण नेपालमा नाम अनुसारको प्रविती आचरण भनाई गराई सबै मिल्ने कुनै पनि बेला आफ्नो छवि र बिचार परिबर्तन गर्ने प्रचंद्र छविलाल-पुत्रले बहु बिबाह गरेको ठहर हुँदा पनि बहुबिबाह गर्न नपाउने कानुन नलागेकोलाई लिन सकिन्छ/

    इनिहरुले यस्तो कानुनन गलत हुने कार्य त् गर्दै आयकै छ र तेस्मा कुनै कार्यवाही इनिहरुले गर्ने दियको छैन / त् मलाई कुनै कुनै बेला इनिहरुले आआफ्नो धर्म र संस्कारले दियको कुरा गर्न पाउने मात्रै संबिधानमा किन उल्लेख गरे किन आफ्नो पार्टीको नीति निर्णय अनुसार भने गरेको कुनै पनि कार्य गर्न पाउने भनेर संविधानमै उल्लेख गरेर इनिहरुले आफुलाई पार्टीको नाममा जे सुकै गरे पनि कानुन नलाग्ने ब्यबस्था गरेनन भनेर/ तेसो गरेको भय न त् त्यो मेल मिलाप आयोग नै बनाउनु पर्थ्यो न इनिहरुको शिविर काण्ड आदि दवाउने झन्झट गरिरहन पर्थ्यो/

    Reply
  8. Gopal Pradhan says:
    October 21, 2018 at 6:38 am

    कुरो गहीरो छ

    Reply
  9. Kedar says:
    October 21, 2018 at 4:04 am

    It’s just drama, nothing else.

    Reply
  10. Shankar says:
    October 21, 2018 at 2:25 am

    उहाले बडो यत्न साथ् गर्नु भएको नेपाल को बिकास र सम्ब्रिद्दिलाई प्रचार गर्ने हरु पनि त् चाहियो नि | रेल को कुरा , ग्यास कोकुरा , नया नाका हरुको कुरा , पानि जहाज को कुरा र उहाको उखान तुक्कालाई प्रचार , प्रसार गर्ने यिनै टिके हरु हुन् , त् यो टिका उहाको लागि जरुरि कुरा छ |
    जनताको अगाडी नौटंकी उहाको धर्म हो , यो टिका, पुजा ,आजा कर्म हो | जहा ओली उभिनु हुन्छ लाइन तेहिबाट सुरु हुन्छ | उहाको बोलि कानुन हो | उहाको खिलाफ बोल्नु , रास्त्रबाद बिरुद्द हो |

    टिकेको डायरी बाट

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme