Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नवरात्रिमा कस्तो झिलिमिली मैतिदेवी मन्दिर, सुन्नुभएको छ १९ सालको मैतिदेवी मूर्तिको अनौठो घटना?

Posted on October 18, 2018October 18, 2018 by Salokya


नवरात्रिमा काठमाडौँका शक्तिपीठहरुमध्ये एक मैतिदेवी मन्दिर यस्तो रमाइलोसँग झिलिमिली गरी सजाइएको रहेछ, थाहै भएन। आज महानवमिका दिन यसो डुल्न जाँदा पो थाहा भयो। अहो, राति पुग्दा पनि दर्शनार्थीको कत्रो घुइँचो। कस्तो रमाइलो! केही फोटोहरु खिचेको छु। तर फोटोभन्दा आँखाले हेर्नु र मनले महसूस गर्नु धेरै फरक हुने रहेछ। फोटोसँगै यही मौकामा तपाईँलाई १९ सालको मैतिदेवी मूर्तिको अनौठो घटना थाहा नभए त्यो पनि पढ्नुस्।


वंशावली अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देश रक्षाका लागि नगरको चारैतिर अजिमाहरु स्थापना गरेका थिए। ती हुन्- लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी)।

२०१९ साल फागुनको एउटा दिन। काठमाडौंबाट दिल्लीका लागि एउटा विमान उड्न ढिला भयो। कारण रहेछ भन्दा एउटा बाकस। यो बाकसलाई पन्ध्र जनाभन्दा बढीले पनि ट्रलीमा लोड गर्न सकिरहेका थिएनन्। प्रयास खेर गइरहेको थियो निरन्तर।

सुरक्षा जाँच पास भइसकेको यो बाकस विमानमा लोड हुन नसकेपछि विमान उडान स्थगित भयो। विमानस्थलका सबै अचम्ममा परे। हल्लीखल्ली मच्चियो। सुरक्षाकर्मीहरूलाई बाकस फोर्न आदेश भयो। खोलेर हेर्दा त्यहाँ मैतिदेवी र श्री भैरवको काठको मूर्ति देखियो।

त्यसबेला कसैले पनि त्यो मूर्ति यसैको हो भनेर चिन्न सकेनन्। जिल्ला प्रहरी कार्यालय काठमाडौंमा मूर्ति पठाइयो। यसअघि नै मैतिदेवीका गुठियारहरूले मालिगाउँस्थित द्यःछेँ बाट २०१९ सालको तिहारअगाडि मैतिदेवीको मूर्ति हराएको जाहेरी काठमाडौं जिल्ला प्रहरी कार्यालयमा दिइसकेका रहेछन्। मैतिदेवी गुठीका नाइकेलाई बोलाई बुझ्दा दुवै मूर्ति मैतिदेवीकै ठहरियो।

त्यसपछि २०१९ साल फागुन १७ गते दुवै मूर्ति खटमा राखेर शहर डुलाइयो। क्षमा पूजासहित पुनः द्यःछेँमै राखियो। यसैबेलादेखि प्रत्येक वर्ष दशैँको अष्टमिका दिन राष्ट्राध्यक्षले आफै शक्तिपीठहरूमा सवारी हुने परम्परा बसेको हो।

मैतिदेवी मन्दिरको झिलिमिली भिडियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme