Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ज्ञानेन्द्रको शुभकामना कार्डमा ‘श्री ५’ र ‘दरबार’ गायब

Posted on October 17, 2018 by Salokya


पूर्वराजा ज्ञानेन्द्रले यस पटक पनि विजया दशमीको शुभकामना कार्ड छापेर बाँडेका छन्। सामान्य ढंगको कार्डमा ‘श्री ५’ लेखिएको छैन। २०६५ जेठ १५ गते गणतन्त्र घोषणासँगै उनको ‘राजा’ पद खोसिएको थियो। त्योसँगै उनले आम नेपाली नागरिकलाई भन्दा भिन्न रुपमा प्राप्त सम्पूर्ण अधिकार, सुविधा, हैसियत तथा उपाधि स्वतः अन्त्य गरिएको थियो। तर पनि यदाकदा उनका समर्थकहरुले गर्ने कार्यक्रममा श्री ५ नै लेख्ने गरेको पाइन्छ। उनका समर्थकहरुले अटेर गरे पनि पूर्वराजाले भने शुभकामना कार्डमा नामको अगाडि केही राखेका छैनन्।

त्यसैगरी शुभकामना कार्डमा नागार्जुनको माथि ‘बंगला’ मात्र लेखिएको छ। तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले नागार्जुन दरबारमा उनलाई बसोबासका लागि दिने निर्णय गरेको थियो। नारायणहिटी छाडेपछि उनी त्यहीँ बस्न गएका थिए।

नागार्जुन दरबारलाई दरबार भनिए पनि खासमा त्यो दरबार जस्तो भने पटक्कै छैन। त्यहाँ राजाहरु बस्ने निवासलाई ‘हेमन्त निवास’ को नाम दिइएको छ। दुई तल्ले निवासमा पाहुनाघर, स्टाफ भवनलगायत रहेको छ। शुभकामना कार्डमा हेमन्त निवाससमेत नलेखी ‘बंगला’ मात्र लेखिएको छ।


थाइल्यान्डबाट मुम्बई हुँदै फूलपातिको दिनमात्र स्वदेश फर्किएका ज्ञानेन्द्रले विजया दशमीको अग्रिम शुभकामना सन्देश पनि विज्ञप्तिमार्फत् पठाएका छन्। त्यसमा उनले राजनीतिक डाइलग हानेका छन्। देश बन्ने बनाउने सपना देखाउनेहरुका कारण देश बचाउने समस्या आइपरेको भन्दै ज्ञानेन्द्रले राजतन्त्रबाट गणतन्त्रको परिवर्तन उपलब्धिमूलक हुन नसकेको बताएका छन्। पढ्नुस् विज्ञप्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme