Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ट्रेकिङ गर्न अब झनै महँगो तर मोटरसाइकलभन्दा साइकलको प्रवेश शुल्क बढी लगाउने काम अब नहुने भो

Posted on October 17, 2018October 17, 2018 by Salokya

सरकारी अफिसहरु बन्द हुने फूलपाती भन्दा एक दिनअघि राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले प्रमुख ट्रेकिङ रुट र राष्ट्रिय निकुञ्जहरुको प्रवेश शुल्कमा ठूलो वृद्धि गर्‍यो। सरोकारवाला संस्थाहरुलाई समेत थाहा नहुने गरी एक्कासी पर्यटकको हाइ सिजन सुरु हुँदै गर्दा गरिएको यस्तो शुल्क वृद्धिले पर्ने नकारात्मक असर बिस्तारै देखिँदै जाला। निश्चित मिति राखेर त्यो दिनदेखि बढेको शुल्क लागू गरे भइहाल्थ्यो। नयाँ वर्ष सुरु हुँदैछ इस्वी संवतको। त्यही दिनदेखि लागू हुने भने पनि हुन्थ्यो। तर अकस्मात् मंगलबारदेखि लागू हुने भनियो।

विदेशी पर्यटकहरुको प्रमुख रोजाइमा पर्ने अन्नपूर्ण, गौरीशंकर र मनास्लु संरक्षित क्षेत्रको प्रवेश शुल्कमा ५ सय प्रतिशतसम्म वृद्धि गरिएको छ। यी संरक्षित क्षेत्रमा प्रवेशका लागि सार्क क्षेत्र बाहेकका देशका नागरिकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ। अघिल्लो दरभन्दा यो १५० प्रतिशत बढी हो। त्यसैगरी सार्क क्षेत्रका देशका नागरिकलाई ५ सय प्रतिशत शुल्क बढाएर १ हजार रुपैयाँ तोकिएको छ। नेपाली नागरिकहरुले पनि अब १०० रुपैयाँ तिर्नुपर्नेछ।

तर एउटा राम्रो काम भने भएको छ है। यसअघि कुन चाहिँले कुन बुद्धिको सल्लाहले हो, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्नका लागि मोटरसाइकलको भन्दा साइकलको बढी शुल्क तिर्नुपर्थ्यो। शिवपुरी जाँदा फोटो खिचेको थिएँ मैले केही महिनाअघि।

फोटोमा देख्नुभो होला, मोटरसाइकलको प्रवेश शुल्क मात्र ३० रुपैयाँ थियो भने साइकलको चाहिँ १०० रुपैयाँ छ। त्यसमा भ्याट जोड्न बाँकी नै छ।

साइकल लाँदा साइकलको १०० त तिर्नै पर्‍यो, मान्छेको पनि ५० रुपैयाँ त तिर्नै पर्‍यो नेपाली नागरिकका लागि तोकिएको शुल्क।

अब भने यो शुल्कको दरमा परिवर्तन भएको छ र नयाँ शुल्क यस्तो छ-

अब नेपाली नागरिकका लागि नै १०० रुपैयाँ तिर्नुपर्ने भएको छ। पहिले ५० मात्र तिरे पुग्थ्यो।

मोटरसाइकल र स्कूटरका लागि १५० रुपैयाँ मूल्य तोकिएको छ। यसअघि ३० रुपैयाँमात्रै तिरे पुग्थ्यो। साइकलका लागि भने शुल्क घटाएर २० रुपैयाँमात्रै बनाइएको छ नेपालीका लागि।

नयाँ कुरा के पनि छ भने अब भ्याट भनेर छुट्टै रकम तिर्नुपर्दैन। यही शुल्कमा भ्याट पनि जोडिएको हुनेछ।

कुन राष्ट्रिय निकुञ्जको शुल्क कति बढ्यो, पूरा थाहा पाउन राजपत्रमा प्रकाशित यो सूचना हेर्नुस्–


3 thoughts on “ट्रेकिङ गर्न अब झनै महँगो तर मोटरसाइकलभन्दा साइकलको प्रवेश शुल्क बढी लगाउने काम अब नहुने भो”

  1. Sitaram says:
    October 26, 2018 at 3:14 pm

    नेपालीलाई हरेक कुरा सित्तैमा चाहिन्छ भन्ने तपाई को भनाइ संग सहमत हुन सकिदैन , नेपाली जातिको आपमन नगर्नुहोला भन्ने सुझाब दिन चाहन्छु

    Reply
  2. Banita Dhungel says:
    October 18, 2018 at 4:52 am

    नेपाली हरुलाई हरेक कुरा सित्तैमा चाहिन्छ, सित्तै मा पायो भने अर्को पनि चाहिन्छ.

    Reply
  3. Raj Bhakta says:
    October 17, 2018 at 4:26 pm

    ABC ko $40 jati khasai thulo rakam haina. Bideshma euta garden mai paseko ta 30-40 dollar thataauchhan. ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme