Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्मलाको हत्यारा पत्ता नलागेको जिल्लामा मदिरा पिउन, बेच्‍न नपाइने नियम

Posted on October 15, 2018 by Salokya


पश्चिम नेपालका समाचार खासै चर्चामा आउने गर्दैन। तर कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्याको घटनाले देशैभर आक्रोश बढायो। तीन महिना हुन लाग्दा पनि ती अबोध किशोरीलाई कसले त्यस्तो कुकर्म गर्ने को हो, पत्तो पाउन सकिएको छैन। त्यही जिल्लामा शान्ति सुरक्षा कायम गर्न दशैँको नवमी र दशमी अनि तिहारका तीन दिन मदिरा पिउन, बेच्नसमेत प्रतिबन्ध लगाउने नियम लागू गरिएको छ। मदिराकै कारण शान्ति सुरक्षा कायम हुने हो भने दशैँ र तिहारमात्र हैन अरु बेलामा पनि प्रतिबन्ध कायम गरे जनता सुखशान्तिसँग बस्न पाउने थिए।

कञ्चनपुरमात्र हैन, सिन्धुपाल्चोकको एउटा गाउँपालिकाले पनि यस्तै नियम लागू गरेको छ-

बाजुराको गौमूल गाउँपालिका क्षेत्रभित्र मदिरा पिउन चाहनेले लाइसेन्स (कार्ड) लिनुपर्ने नियम लागू गरिसकेको छ।

जे होस्, अब दूध र औषधिभन्दा सजिलै मदिरा किनेर पिउन पाउने अवस्थामा सुधार आउला नि।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme