लिगलिगकोटमा अझै दौडेर राजा चुन्ने प्रथा कायमै रहेको भए हिजोदेखि एक भारतीय सैनिक राजा हुन्थे। यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाहले सन् १५५८ मा गोर्खा, लिगलिगकोटका घले राजवंशलाई समाप्त गरेसँगै दौडेर राजा चुन्ने प्रथा बन्द भयो। केही वर्षदेखि पर्यटन प्रवर्द्धन र रमाइलोको लागि मात्र दौडेर राजा चुनिन्छ। हिजो भएको यो दौडमा भारतीय सेनामा कार्यरत पर्वतका अनिश थापा मगर नवौं लिगलिगे राजा भए। पर्यटन मन्त्री रवीन्द्र अधिकारीले उनलाई चाँदीको श्रीपेच लगाइदिए। तर असली श्रीपेच भने आज प्रधानमन्त्री ओलीले सार्वजनिक गर्दैछन्।
ज्ञानेन्द्रले गणतन्त्र घोषणापछि नारायणहिटी छाड्नुअघि श्रीपेच र राजदण्ड आफैले लैजान खोजेका थिए। तर तत्कालीन सरकारले उनलाई त्यसो गर्ने अनुमति दिएन।
ज्ञानेन्द्रको बहिर्गमन सँगै नारायणहिटी दरबारमा संग्रहालय भइसकेको छ। तर शाहवंशले लगाउँदै आएको श्रीपेच र राजदण्ड भने अहिलेसम्म त्यहाँ सार्वजनिक गरिएको थिएन।
सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले यी लगायत अन्य महत्त्वपूर्ण सामग्रीहरुको प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
गोरखापत्रमा प्रकाशित समाचार अनुसार नारायणहिटीको सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच राखिनेछ। श्रीपेच र राजदण्डसँगै तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री पनि प्रदर्शनीमा ल्याइँदैछ। श्रीपेचलाई सुरक्षाका सात वटा तहमा राखिने भएको छ। २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन । केही वर्षअघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिसकिएको थियो । त्यसमा प्रयोग गरिएको सिसाको परीक्षण गर्ने क्रममा नेपाली सेनाको कालीबहादुर गणले १६ फिट टाढाबाट गोली हान्दा प्वाल नपरी सामान्य चर्किएको मात्र थियो । हुमाउ चराको प्वाँख (कल्की) कुहिन सक्ने भएको २०७१ साल चैत २० गते ‘ट्रिटमेन्ट’ गरिएको थियो । स्वर्गको चरा मानिने हुमाउ चरा विश्वबाट प्रायः लोप भइसकेको बताइन्छ । श्रीपेचमा सो चराको टाउकोसहित राख्ने गरिन्छ ।
ज्ञानेन्द्रले नेपालका २०६५ साल जेठ २९ नारायणहिटी दरबार छाडेर जानुअघि दरबारमै राष्ट्रको नाममा गरेको अन्तिम सम्बोधनमा श्रीपेच दुई पटक उच्चारण गरेका थिए। उनले सम्बोधनका क्रममा ‘परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रूपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु’ भनेका थिए। यसको १० वर्षपछि यी सामान प्रदर्शनीमा राख्न लागिएको हो।
यस्तो थियो ज्ञानेन्द्रको अन्तिम सम्बोधन
नेपाली दाजुभाइ, दिदीबहिनीहरू ! चार वर्ण छत्तीस जातको साझा फूलबारीका रूपमा आजभन्दा दुई सय चालीस वर्षघि हाम्रो पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुक आज अत्यन्त गम्भीर र समवेदनशील संक्रमणको स्थितिबाट गुज्रिरहेको छ। देश र जनताको सुखदुःखमा सहधर्मी एवं सहकर्मी रहेको नेपाली राजसंस्था नेपाली जनताकै समृद्धि तथा समुन्नतिमा अनुप्रँणित हुँदै आएको र्सवविदितै छ। इतिहासको प्रत्येक कालखण्डमा राजा र नेपाली जनताको संयुक्त प्रयासबाट भएको एकीकरण, प्रजातन्त्रीकरण एवं आधुनिकीकरण पनि यसको ज्वलन्त उदाहरण हो। राष्ट्र, राष्ट्रियता, र्सार्वभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई हामी नेपालीले सधैं जीवनमूल्य मानिआएका छौं। यस मूल्य र मान्यताप्रति हाम्रो निष्ठापूर्ण उत्सर्ग भावना हिजो थियो, आज छ र भोलि पनि रहनेछ।
देशमा आजभन्दा ७ वर्षअगाडि एउटा असहज, दुःखद र अनपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कूलधर्म र राजपरम्परा अनुरूप मुलुकको र्सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरू कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउँछु। तत्कालीन हिन्दू अधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आओस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो, त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु। त्यसपछिका घटनाक्रम र परिणाम सबैका सामु किताबजस्तै खुला छन्।
मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रिरहेको केही कुरार् इश्वरलाई साक्षी राखी आज म पत्रकार मित्रहरूमार्फ नेपाली दाजुभाइ, दिदीबहिनी एवं अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्न चाहन्छु। नियति नै भन्नुपर्ला म एउटा अबोध बालक छँदा मेरो शिरमा पहिर्याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न चाहना थियो, नत इच्छा, नत कुनै भूमिकाको गुञ्जायश नै थियो। त्यस्तै ०५८ साल जेठ १९ गते राति दोस्रोपटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरो पूजनीय दाजु-भाउज्यू लगायत आफ्ना आत्मीय परिवारको वीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँसु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जञ्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन। यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न कुनै उपाय नै थियो, नत हाम्रो तर्फबाट बोलिदिने नै कोही थिए। तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तर रूपमा भइरह्यो, जुन मेरोलागि अति दुःखदायी थियो र छ पनि। दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन्। उनीहरू त्यसका प्रत्यक्ष साक्षी पनि हुन्। सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्रँविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन्। यस सम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरूबाट सत्यतथ्य पनि बाहिर आएकै थियो। उच्चस्तरीय छानबिन आयोगले घटनाबारे सत्यतथ्य जनसमक्ष ल्याएकै हो। समस्त नेपाली जनता र राजसंस्था शोकविह्वल रहेको अवस्थामा यस्तो प्रकारसँग आक्षेप लगाउनु मानवीय समवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपालीसामु रहेको सद्भावलाई बिगार्ने र मात्र दुर्भावना फैलाउने रणनीति रहेको देखिन्छ।
यस्तै अर्को कुरा मैले मेरो सम्पत्ति विदेशमा राखेको छ भन्ने जस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु। मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ। मैले विदेशमा चल-अचल सम्पत्ति राखेको छैन। नेपालको कानुनअनुसार पूर्वजबाट मेरो नाममा आएका सम्पत्तिहरू पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागत रूपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु। विगत ७ वर्षा मैले कुनै थप सम्पत्ति जोडेको छैन। परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन। राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन। नेपालको प्रचलित कानुनअनुसार निजी सम्पत्ति राख्न पाउने हक मलाई पनि हुने नै छ भन्ने विश्वास लिएको छु।
जनताको चाहना र इच्छालाई नै सर्वोपरि मान्ने राजपरम्पराअनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु। मैले देश छाडेर जाने सोच बनाएको पनि छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। यसका लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु।
हामी नेपालीका महान पूर्वजहरूको रगत-पसिना र बलिदानले बनेको स्वतन्त्र र र्सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताको निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहे पनि सदा समर्पित रहने प्रण गर्छु। मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ। स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ। स्वाभिमानी आमनेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ।
परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रूपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु।
अन्त्यमा, राष्ट्राध्यक्षको रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन हुने किसिमबाट काम गरेको थिइन। म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भए-गरेको कामबाट कसैलाई पीडा पर्नगएको वा कसैको अधिकार हनन् हुनगएको भएमा अन्जानमा यस्तो काम हुनगएको वास्तविकता सबैले बुझिदिनुहुने नै छ भन्ने आशा लिएको छु। विगत ७ वर्षको कार्यकालमा मलाई सहयोग गर्ने समस्त नागरिक, संवैधानिक निकाय, न्यायिक क्षेत्र, सुरक्षा निकाय, राष्ट्रसेवक, शिक्षक, प्राध्यापक, विद्यार्थी, किसान, मजदुर, उद्योगपति, व्यापारी, बुद्धिजीवी, युवा, धार्मिक सङ्घ-संस्था, नागरिक समाज, पत्रकार, राजप्रासाद सेवाका कर्मचारी लगायत विभिन्न तह र तप्कामा आबद्ध सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा म आभार व्यक्त गर्न चाहन्छु। नेपालको सधैं भलो चिताउने छिमेकी मित्रराष्ट्रहरूका साथै अन्तर्राष्ट्रिय जगत र कूटनैतिक नियोगका प्रतिनिधिहरूलाई पनि धन्यवाद दिन चाहन्छु। साथै नेपाल सरकारको तर्फबाट राजदरबारमा खटिई काम गर्ने सुरक्षा एवं व्यवस्थापन समितिका सदस्यहरूलाई पनि धन्यवाद दिन चाहन्छु। नेपाल सरकारबाट वर्तमानमा भएको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आवश्यक सहयोग प्राप्त हुने नै छ भन्ने आशा लिएको छु।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्। जय नेपाल।
रा .प्रा .पा बिनाको राजा आउनु पर्यो वा सेना सहित को राजा
रितेश ज्यु
अलि बुझेर सोचेर विदेशको सेनामा भर्ति भयका प्रति आफ्नो सोच बनाउन सल्लाह दिन्छु/ ब्रितिशको भारत र आजको नेपाल मिच्ने पेल्ने भारतको सेनामा भर्ति हुन् गोर्खाली समुदायको नेपालीहरु आफ्नो इछ्याले गयको होईन / ब्रितिशको भारतको सेनामा गोर्खालीको बहादुरी र रास्ट्र प्रतिको इमान्दारित देखेर नेपाल सिट लडाई जितेर पनि भारतको ५५० राज्यको सेनालाई जसरिनै दवाई राख्न सकिंदैन भनेर बुझेरै ब्रिटिशले नेपालको राजा सिट सुगौली सन्धि गर्दा गोर्खाली समुदायको नेपालीलाई ब्रितिशको सेनामा भर्ति गर्न दिनु पर्ने सर्त राखेको थियो/ ब्रिटिश सिट लडाई हारेको कारण तत्कालिन नेपालको राजा सिट त्यो सर्त मान्नुको बिकल्प पनि थियन/ त् राजाले नै गोर्खाली समुदायको नेपालीलाई ब्रितिउशको सेनामा भर्ति गर्ने सन्धि गरेको थियो/ त्यो सन्धि अझ सम्म पनि खारेज गरियको छैन/
सन् २०४७मा ब्रिटिस भारत बात फर्के/ २००७ सालमा भारतमा हुर्के जन्मेका र भारतले पत्यायको र भारतले जे भन्यो त्यो दिने मान्नेहरु नेपालको शासक बने/ तिनीहरुले २००८ सालमा गोर्खाली समुदायको नेपालीहरुलाई भारतको सेनामा भर्ति हुन् दिने सन्धि गरे/
त् भन्नुस ब्रिटिश र भारतको सेनामा भर्ति हुन् जानेहरु कसरि बिदेशीको भरौटे र गुलाम भयो?
ब्रिटिश पछिको भारतले पनि नेपाली गोर्खालीलाई आफ्नो सेनामा भर्ति गराउने दुई कारण छन्/
नेपाली बिदेशमा सेना होस् बा कुनै अरु रोजगारीमा जान बाध्य हुनु नेपालको शासकहरु नेपालीलाई नेपालमा रॉजगारि र अवशर दिन असमर्थ भयकोले हो/ तेसैले बिदेश गयका नेपालीहरु मात्र “बिचरा” हुन् चाहे तिनीहरु अरवको मरुभूमिमा होस् बा अमेरिका/
मित्र नेपालको २००७ पछिको शासकहरुले नेपाललाई “निकम्मा शासक भयको देसमा नागरिक बेकम्मा हुन्छ” भन्ने कथनको उदाहरणनै बनायको छ/ ई शासक बनेका नेताहरुको कुनै पनि कमाउन्दैनन, तर बिदेशमा बसेकाले रगत बगाय जस्तै पसिना बगायर नेपाल पठायको रकममा राजसी जीवन बिताउञ्छन/
साँचो कुरा पच्दैन । पैसाका लागि देशको सेना नबनी भारतको सैनिक बन्नेलाई भाडाको सैनिक नै भन्ने हो । सिके राउतभन्दा कम होइन पैसाका लागि देश नभनी विदेशीको गुलाम बन्नु।
खाडीमा पसिना बगाउने नेपालीहरु बरु महान् हुन् । उनीहरु दुःखले कमाएको पैसा नेपालमा पठाई जीविका चलाइरहेका छन् । युरोप अमेरिकामा बसेर देशको बदनामी गर्दै भाँडा माझ्नेले जस्तो द्रोह गरेका छैनन् ।
मित्र ले अरुले गरेको प्रगति को सम्मान गर्न नसकी डाह गर्ने, दिनभरी चियापसल मा फटाह गफ लडाऊदै बस्ने भ्रस्ट नेताका झोले कार्यकर्ता परे जस्तो छ तिम्रा लागि सिके राउत जस्ता देश द्रोही महान होला हाम्रा लागि हरेक पौरखी हात महान छ चाहे ति भारतीय सेनाका दाजु भाई होस् या खाडीमा काम गर्ने साधारण नेपाली
ठीकै त हो नि, अर्काको देशका लागि युद्ध लड्ने सैनिकहरु भाडाका सैनिक नभए के त ?
शान्तिसेनामा त नेपाली सेनाबाट जाने हुन् । उनीहरु शान्ति रक्षाका लागि नेपाली सेना भएर जाने हुन् ।
अमेरिका अस्ट्रेलियामा लुकेर भाँडा माझ्नेहरु भाँडा मझुवा हुन् । नेपालको बदनाम गरी शरणार्थी बन्नेहरु देशको बदनाम गर्ने शरणार्थी हुन् ।
यो सोचेरै लेखिएको हो मित्र
@rabin भारतीय सेनामा काम गर्ने जति भाडा का सेना हुन् भने शान्ति सेना मा जाने हरु चाही के हुन् ? अमेरिका,अस्ट्रेलिया, युरोपमा लुकेर भाडा माझी बस्ने हरु चाही के हुन् ?? मित्र अलि सोचेर लेखने गरौ
bharatiya bhaadaka sainik bhannu parla magar lai
प्रत्येक बर्ष हुने लिगलिगे घले दौडमा द्रब्य शाहले जितेपछि गैरकानुनी सत्ता कब्जा बाट शुरु भएको नेपालको शाह सासन रण बहादुर शाह उर्फ निर्गुणानन्द स्वामीको पालामा श॔कामा पर्यो । के उनका सांच्चैनै आफ्ना सन्तान थिए त? ग्याने, अझ झन् ब्यभिचारी पारसे सांच्चै नै उनका दरसन्तान हुन् त? के ति कुपुत्र नेपालीका राजा बन्न लायक छन् त?