Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारत र अमेरिकाले मिलेर दरबार हत्याकान्ड गरेको भन्ने चक्र बास्तोला अब रहेनन्

Posted on October 14, 2018October 14, 2018 by Salokya


बजारमा बेच्नलाई राखेको उपन्यासका पात्रले त्यस्तो भनेको भए लौ त भन्नुहुन्थ्यो। तर अहँ, यो कुरा पूर्वमन्त्रीले भनेका थिए। चक्रप्रसाद बाँस्तोला- जो दरबार हत्याकान्ड हुँदा परराष्ट्र मन्त्री थिए। एक जमानामा उनी भारतका लागि नेपालका राजदूतसमेत थिए। बाँस्तोलाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ दिनको पुण्यतिथिमा नागरिक दैनिकले निकालेको विशेषाङ्कमा यस्तो बताएका थिए। उनै बास्तोलाले ६ वर्षसम्म अर्धचेत अवस्थामा रही शनिबार राति देह त्यागे।

बाँस्तोलाले त्यो लेखमा दरबार हत्याकान्डबारे बताउँदै त्यसबेला गिरिजालाई समेत मार्ने षड्यन्त्र भएको बताएका थिए। भारत र अमेरिका मिलेर दरबार हत्याकान्ड गरेको भन्ने आरोप अरु बेला पनि नलगाइएका हैनन्। दरबार हत्याकाण्डको छैटौं दिन माओवादी नेता डा. बाबुराम भट्टराईले कान्तिपुरमा लेखेको लेखमा त्यस्तो दाबी गरेका थिए। प्रचण्डले भने राष्ट्रियताको आन्दोलन चर्काउने क्रममा यस्तै यस्तै कुरा गरेका थिए। पूर्व अमेरिकी नौसैनिक अधिकारी वाइने र्‍याडसनले पनि मन्थली रिभ्यु पत्रिकाको सेप्टेम्बर २००२ को अंकमा दरबार हत्याकान्डमा अमेरिकी गुप्तचर एजेन्सी सीआईएको संलग्नता रहेको दाबी गरेका थिए।

चक्र बाँस्तोलाले यस्तो लेखेका थिए-

राजदरबार हत्याकाण्ड भएको बेला म गिरिजाबाबुको मन्त्रिमण्डलमा परराष्ट्र मन्त्री थिएँ। त्यो राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। राजाले ‘फेमिली म्याटर’मा नबोलाऔं। पछि परे बोलाऔंला’ भनेका रहेछन्। अर्को कुरा शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। हामी भागेर हिँड्यौं। त्यहाँ ‘फायरिङ’ पनि भएको थियो, गिरिजाबाबुको गाडीमा। यसले के प्रश्न उठाउँछ भने राजदरबार हत्याकाण्डमा ठूलै मञ्चन भएको रहेछ। शाही सदस्यको हत्या गर्नेमात्रै होइन, गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ।

त्यसको पछाडि को होला?

राजनीतिले गडफिलिङ भन्छ, सामाजिक अनुसन्धानमा ‘र्‍यासनल’ चाहिन्छ। मलाई चाहिँ के लाग्छ भने यो भारतीय र अमेरिकीहरूको संयुक्त योजना हो। किनभने, नेपालमा भारतीय संलग्न नभई केही गर्नै सकिँदैन। र, अमेरिका यति ठूलो विश्वशक्ति छ, उसको जानकारीविना केही हुँदैन। त्यसकारण दुवै संलग्न छन्।

नेपालको अन्तर्राष्ट्रिय भु-राजनीति नै यस्तो छ। अमेरिकी र भारतीयले ज्ञानेन्द्रलाई समेत प्रयोग गरे। कुन उद्देश्यका लागि? राजा वीरेन्द्र अलिकति राष्ट्रवादी रहेछन्। कांग्रेसको नेतृत्व पनि राष्ट्रवादी र लोकतान्त्रिक रहेछ भनेर यो पूरै धारलाई मार्न खोजिएको हो। तर, यस सम्बन्धमा गिरिजाबाबुसँग मेरो चर्चा भएन। उहाँले ‘ग्र्यान्ड डिजाइन’ भन्नुभयो। धेरै मानिसले यो गिरिजाबाबुले ‘सत्ता प्राप्तिका लागि प्रयोग गर्नुभएको अस्त्र हो’ भनेर बुझ्छन्। तर, कुरो त्यस्तो होइन। यी प्रमाणित गर्नेभन्दा पनि बुझ्ने कुरा हुन्। कोसँग के कुरा भयो भनेर उहाँले कहिल्यै बताउनुभएन। दोस्रो, नेपालको राजनीति कस्तो छ भने अन्तर्राष्ट्रिय स्वार्थ २४ सै घन्टा खेलिरहेको देखिन्छ। उहाँका गतिविधि पनि त्यसैबाट प्रभावित भएका होलान्।

4 thoughts on “भारत र अमेरिकाले मिलेर दरबार हत्याकान्ड गरेको भन्ने चक्र बास्तोला अब रहेनन्”

  1. Shankar says:
    October 15, 2018 at 4:06 am

    विभिन्न देसी ,बिदेसी तत्त्व को सद्यान्त्र्को सिकार भएर नेपाल को राजतन्त्र गयो |राजा गएपछि केहिले धेरै कमाए जस्तो कि प्रचण्ड ,बाबुराम हरु खर्ब पति हुन् पाए , धेरै भारतीय ले नेपालि भएर तेस्रो बिस्व मा जान पाए , डन हरु जन्मे , हप्ता को चलन आयो , भ्रास्ताचार ४ गुणा बढेर सबैकुरा नियन्त्रण बाहिर गयो | आज पावर मा न हुनेले नेपाल मा न्याय पाउला भनेर चिताउन पर्दैन |
    फेरिपनि जनाता को छोरो रास्ट्रपति हुन् पाउछ , जन्मेरै जस्तो भएपनि राजा हुने चलन गयो त्यो राम्रो पक्ष्य हो |

    Reply
    1. सागर says:
      October 15, 2018 at 10:35 pm

      षड्यन्त्र कि अयोग्यता?
      नाच्न जान्दैन आंगन टेढो ।
      खाने मुखलाई जुँगाले छेक्छ?
      सन्काहा पारेले चुनाव जितेर देखाओस् त ।

      Reply
      1. Shankar says:
        October 16, 2018 at 4:29 am

        सड्यन्त्र नै मान्न पर्छ , अयोग्य त् के राजाको कुल मा जन्मदै योग्य हुन्छ बा हुनै पर्छ भन्ने ग्यारेन्टी छ ? कति अयोग्य ( रणबहादुर साह , सुरेन्द्र , राजेन्द अरु कति कति ) पनि त् अयोग्य हुदा हुदै राजा हुन् पायो |
        बास्तब मा समय परिस्थिति बदलियो , नेपाल को सिंहासन मा राजा हुदा होल सेल मा भारतीय लाइ नागरिकतावितरण मा बाधा पर्ने भो र अरु धेरै कुरामा तगारो हुदा राजतन्त्र हटाइए |
        ठुलै सक्ति नेपाल को राजसंस्था पछि न लागि तेत्रो सेना र सम्पति बोकेको राजसंस्था कुइयेको फारसी जस्तो ढल्छ ?
        फेरी ज्ञाने र पारसे न भएर त्यो ठाउमा प्रचंडे , बाबुराम र गिरिजा नै भएपनि राजसंस्था जोगाउन सक्दैनथ्यो |
        तेस्पछि को परिस्थिति हेरम न संबिधान हाम्ले भनेसतो बना भनेर तेत्रो दबाब आयो , नाकाबन्दी हरु भए त्यो के का लागि थ्यो ?
        किङ्ग मेकर त् दिल्ली हुन् पायो नि |
        राजनीति गर्ने हरु हाम्रो अगाडी गाड़ कोराकोर गरेजस्तो देखिएपनि भित्र भित्र उनीहरुको रिलेसन आरकै हुन्छ , यो ओली, माकुने , गिरिजै पनि हिजो राजतन्त्र भएको नेपाल मै राजनति गरेर बसेका परे | राजनति गर्नेहरु आफ्नो राजनतिक फाइदाको लागि आफ्नो भाइ मार्छ , स्वास्नी मार्छ बडो चुथिया हुन्छ | तेत्रो दुस्मन नै हुने हो भने प्रचण्ड , बाबुराम पी यम हुदा ज्ञाने तेत्रो सरकारी नागार्जुन दर्बार मा बस्न पाउछ ?
        बाबुराम पी यम हुदा देश को साँचो त् अन्तै कतै रहेछ भनेर किन बोल्यो ? पछि बिबाद परेपछि सच्यायो |
        नेपाल सुन फल्ने, प्राकृतिक सम्पदा ले धनि मुलुक , तेस्तो राम्रो मौसम भएको विश्वमा अतुलनिय देश , तेस्तो देश सधै बिना कारण किच किच गर्ने , काम न गर्ने , विश्व मा कतै न भएको एजेन्डा बोकेर किचलो मचाउने , देश लाइ रत्तिभर माया न गर्ने , ठुला ठुला कुरा गर्ने , फट्याई गर्ने ( ओलीलाई नै हेरम ) को हात मा कति दिन टिक्छ ?
        बिस्तारै बिहार , उत्तर प्रदेश को नया बनाइएको नेपालि ले नेपाल भर्ने , र नेपाल मै भएको नेपालि लाइ क्रमश विस्तापित गर्ने दिसामा नेपाल को राजनीति तिब्र रुप मा अगि बढिरहेछ |
        पारस र ज्ञाने त् सात पुस्तालाई पुग्ज्ने सम्पत्ति छ चुनाब लडेर , दुख झेलेर बस्ने त् म लाइ लाग्दैन तिनीहरु को डिस्नेरिमा होला |
        हो जनता ले पुजेर माहाराज भने टाउको हल्लाएर राजा हुने | उनीहरुलाई तेसै पुगेको छ |
        सोल्टी होलेट , सिप्रादी र सरु २,४ कपानी , तेत्रो जग्गा जमिन , ब्यापार भएको मान्छे , सरकारी दर्बार मा अझै आउरे पाउरे धुपौरे अगि पछि लगाएर बसेको मान्छे लाइ कान्छो छोरालाई गालि गरेजस्तो अयोग्य भन्न मिल्छ ? येसो बिचार गरम त् ?
        चुनाब लड्ने , नेताहुने देश लुट्ने त् पाखे हरुको काम हो जो उनीहरुले नै मजाले गरिरा छ | सक्ने न सक्ने कुरा हैन सबै को जिन्दगि को मक्सद त्यो हुदैन |
        सागर जी के भन्नुहुन्छ ?

        Reply
  2. madan bajracharya says:
    October 14, 2018 at 12:37 pm

    बिस्वमै शक्ति शालि मुलुक भयको अमेरिकालाई सबै कुरा थाह हुने भयको भन्दै बिरेन्द्रको हत्याको दोष अमेरिकालाई दिनु यक्दम कुटिल कुरा हो/ तापनि बिरेन्द्रको हत्यामा भारत प्रति औंला तेर्सायर दिल्लीका नेतालाई “राम” र आफुलाई भरत जस्तै मानेर नेपालको सिंहदरवारमा “दिल्लीको खराउ-राज” चलाउने” अरु कांग्रेसीहरु भन्दा बास्तोला अलि भय पनि फरक देखियो/

    जहासम्म बिरेन्द्रको हत्या गिरिजाले ” ग्रायण डिजाईन” हो भने बाटै स्पस्ट हुन्छ यो बारेमा गिरिजालाई सबै थाह थियो/ तापनि उसले यो कुरा नखोले बात गिरिजाको “कर्तुतको घनिष्ट मित्र” रही सकेको बास्तोलाले बिरेन्द्रको हत्यामा भारतको भूमिका हुन् सक्ने मा थप बल मिल्छ/

    हत्या जस्तो अपराध हुनुको पछाडी कोहि कसैको स्वार्थको बाधक बन्नु पनि हुन् सक्ने कुरा लाई लियर भन्ने हो भने बिरेन्द्र र तत्कालिन संबिधान ककसको स्वार्थमा बाधक बनेको थियो भन्ने कुरा सबैलाई थाह छ/ बिरेन्द्रको हत्या र २०४८को संबिधान खारेज नभयको भय गिरिजाले झुठो विधेक बनायर सबै मधेसीले नेपालको नागरिकता दिलाउने योजना तुहे जस्तै गिरिजाको महाकाली सन्धि पनि तुहिनेनै थियो/ किन भने तेतिबेला सदनले महाकाली सन्धि पास गर्दा तेस्मा महाकाली सन्धि बात नेपालले बरवारिको हिसावमा फाइदा पाउने पर्ने सर्त लगायत ४ वटा शर्त तेर्सायको थियो/ ती सर्तहरु कुनै पनि हालतमा भारत सिट सन्धि गर्ने कांग्रेसी र भारतले पुरा गर्ने सक्दैनथ्यो/ ती सर्त पुरा नगरे बिरेन्द्रले आफ्नो संबैधानिक अधिकार प्रयोग गरेर महाकाली सन्धिमा लालमोहर राख्दैनथ्यो र गिरिजाको बिरेन्द्रले दिन नमानेको टनकपुर र महाकाली भारतलाई सुम्पने लगायत सम्पूर्ण दहिच्युरा बाँडे जस्तै नेपालि नागरिकता बाँदर तराईमा मधेशाबादिको बहुमत बनाउने योजना मात्र कल्पना हुने थियो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme