Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दरबारमार्गमा डरलाग्दो दुर्घटनाको साक्षी बन्दा… स्कूटर मिनीबस मुनि

Posted on October 14, 2018 by Salokya


दरबारमार्गमा शनिबार राति पौने १० बजेतिर डरलाग्दो दुर्घटनाको साक्षी बनियो। अन्नपूर्ण होटलभित्र पस्न लागेको होटलको फोर्स मिनीबसले डिओ स्कूटरलाई ठक्कर दियो र लतार्दै अगाडि पुर्‍यायो। स्कूटर त मिनीबसको मुनि। अरु ठाउँमा स्कूटरकै कारण दुर्घटना भएर मान्छेको ज्यान गएको भन्ने सुनिन्थ्यो। यहाँ भने नजिकैका ट्याक्सी चालकहरु भन्दै थिए-स्कूटर भएर बच्यो, मोटरसाइकल भएको भए ज्यान जान्थ्यो। स्कूटर चालकले खुट्टा निकाल्न भ्याएछ र स्कूटरमात्रै मिनी बसको चक्का मुनि किचिएछ।


हेर्दा यति डरलाग्दो स्थिति भए पनि धन्न स्कूटर चालकलाई सामान्य चोटपटकबाहेक अरु केही भएनछ।


दुर्घटनै हुनुपर्ने गरी त्यति स्पिड चलाउने ठाउँ पनि थिएन त्यो। महेन्द्र शालिकबाट दरबारमार्गको अन्नपूर्ण होटल जानलाई मोडेको मिनीबस त्यति स्पिडमा हुन जरुरी पनि थिएन।


फोटो हेर्दा डरलाग्दो भए पनि ज्यानको क्षति भने भएन। दुवै सवारी साधन अलि अलि क्षति भएको छ। दुवै चालकहरु कुरा गर्न नजिकैको चौकीमा गए। अर्कै ड्राइभरले मिनी बस ब्याक गर्दासमेत स्कूटर घिसारियो। मिनी बस एक ठाउँमा स्कूटर एक ठाउँमा राखे पछि त केही पनि भए जस्तो देखिएन त्यो ठाउँ।

धन्न, कसैलाई केही भएन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme