Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल आइडल : मीनराजले हिजो स्वर बसेर गाउनै नसक्ने, आज मज्जाले ‘उडायो रेलैले’ डुएट गाउने कसरी?

Posted on October 13, 2018October 13, 2018 by Salokya

नेपाल आइडलको सिजन २ मा एउटा उतारचढावपूर्ण यात्रा चितवनमा मीनराज पौडेलको रह्यो। अडिसनमा गजबको गीत गाएर गोल्डेन माइक जितेका पौडेल सीधै गाला राउन्डमा प्रवेश गरे। तर उनले अपेक्षा अनुरुप प्रस्तुति हुन नसकेको भन्दै जजहरुबाट प्रतिक्रिया पाइरहे। हिजो बिहीबारको कार्यक्रममा एक किसिमको नाटक नै भयो। स्वर बसेर उनले गाउनै सकेनन्। तर आज शुक्रबारको कार्यक्रममा भने उनले मज्जैसित पवन गिरीसित उडायो रेलैले डुएट गाए। कसरी एकै दिनमा यस्तो सम्भव भयो त? वास्तवमा दुई कार्यक्रमको सुटिङ समयले यस्तो भएको हो।

शुक्रबार एलिमिनेसन राउन्ड भएकोले मध्याह्न १२ बजेसम्म प्राप्त भएको भोट गनिसकेपछि मात्र नेपाल आइडलको सुटिङ हुन्छ। अर्थात् शुक्रबार प्रसारण हुने कार्यक्रमको सुटिङ शुक्रबार नै भएको हुन्छ।

तर बिहीबारको कार्यक्रम भने बिहीबार नै सुटिङ भएको हुन्न। बिहीबारको कार्यक्रम सुटिङ हुने समय मंगलबार हो। मंगलबार सुटिङ हुँदा मीनराजले गाउन सकेनन्। तर त्यसको तीन दिनपछि आज शुक्रबारको सुटिङमा भने उनले गाउन सके। दर्शकले हिजो र आजको समय देखे पनि खासमा मंगलबार र शुक्रबार सुटिङ भएका कार्यक्रम हुन् यी।

यद्यपि मंगलबार अर्थात् बिहीबार प्रसारण भएको कार्यक्रममा सम्पादनमा ध्यान नपुग्दा अलि नाटकीय भने देखिएकै हो। यो एपिसोडमा होस्टहरुले सक्नुहुन्छ नि गाउन भन्दा मीनराजले सक्छु भन्छन्।

सिन कट हुन्छ।

त्यसपछि स्टायन्ड माइक समातेर मीनराज चिच्याउँछन् बेसुरमा। मानौँ त्यहाँ कुनै ब्यान्ड नै छैन। नाटकीय नदेखिने बनाएको भए पहिले ब्यान्डले बाजा बजाउँथ्यो अनि बल्ल मीनराजले गाउन सुरु गर्थे। तर यसमा त एक्कासी माइकमा मीनराज चिच्याउँछन्।

http://www.mysansar.com/wp-content/uploads/2018/10/2018-10-13-00-05-49.mp4

हो, पक्कै पनि यो गीतमा अरु गीतमा झैँ सुरुमा लामो धून बजेपछि गाउन सुरु गरिँदैन। तर ओरिजिनल गीत हेर्नुस्, केही संगीत त छ। त्यही संगीत बिना सीधै मीनराजलाई गाउन लगाउँदा नाटकीय देखियो।

गोल्डेन माइक विजेता अन्ततः शुक्रबारको एपिसोडबाट आउट पनि भए।

2 thoughts on “नेपाल आइडल : मीनराजले हिजो स्वर बसेर गाउनै नसक्ने, आज मज्जाले ‘उडायो रेलैले’ डुएट गाउने कसरी?”

  1. Satish says:
    October 14, 2018 at 2:37 pm

    Best of Luck Minraj Ji. Ramro gaunus.

    Reply
  2. महेन्द्र says:
    October 13, 2018 at 12:18 pm

    हो, भित्र भित्र सबै सेटिंग मिलाएको हुन्छ होला। यत्रो रुवाबासी किन हुन्छ स्टेजमा र अन्य प्रतिस्पर्धी बसेको दीर्घामा । सबै नाटक जस्तो लाग्छ; जजहरुले पनि भोटिंग माथी भिटो प्रयोग गर्ने भएकोले उनीहरुलाई थाहा थियो मीनराज ड्रप हुन्छन भनेर तर कमेन्ट भने कस्तो बुझपचाएको जस्तो, उनीहरुलाई थाहै नभए जस्तो । के गर्ने, हामी मूर्ख दर्शक न हौँ, पत्याउनै पर्छ । हिजोको पहिलो प्रस्तुतिमा निलिमा र जोडीले जमरा लाएको देख्दा अचम्भ पनि लाग्यो, २ दिन भएको छैन जमरा राखेको, कत्ति लामो जमरा लाएर आएछन । कहिले रोप्या हो। …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme