Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ प्रधान सेनापतिले भने- नेपाली सेनाको लोकतान्त्रिकरण नभन्नुस्, व्यवसायीकरण भन्नुस्, उनको मन्तव्य जस्ताको तस्तै

Posted on October 12, 2018 by Salokya


नयाँ प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार आफ्नो पहिलो पत्रकार सम्मेलन आर्मी अफिसर्स क्लबको हलमा गरे। पत्रकारहरुसँग सीधै सवालजवाफ हुनुअघि उनले आफ्नो लिखित मन्तव्य वाचन गरे। मन्तव्यका क्रममा उनले संविधानविरोधी र बिखण्डनवादी तत्वहरुका गतिविधीबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौति र खतराहरुलाई सुक्ष्म रुपबाट नियालेर निरन्तर मूल्याङ्कन गरिरहेको बताए। उनले भने, ‘राजनीतिक माध्यम नै आन्तरिक द्वन्द्व समाधानको सही विकल्प हो, तर राष्ट्रसंग अन्य विकल्पहरु पनि रहेका छन् भन्ने पक्षलाई बिर्सन मिल्दैन।’ नेपाली सेनाको लोकतान्त्रिकरण नभनी नेपाली सेनाको व्यवसायीकरण भन्ने शब्द प्रयोग गर्न उनले भने। अंग्रेजीमा professionalism त ठीक होला तर व्यवसायीकरण भन्ने नेपाली शब्दको अर्थ त ‘व्यवसाय गर्ने’ भन्ने पनि बुझिन्छ। महांकालमा सपिङ सेन्टर ठड्याएर, पार्टी प्यालेस खोलेर, ठेक्कापट्टामा हात हालेर, हाइड्रो चलाउने भनेर व्यवसाय गरिरहेको भनी आलोचना भइरहँदा व्यवसायिकरण शब्दको अर्को अर्थ लाग्ला नि फेरि। पढ्नुस् उनको मन्तव्य जस्ताको तस्तै।

केही प्रमुख बूँदाहरु-



गलत न्युज आउँदा पनि चुप बसेका छौँ



लोकतान्त्रिकरण हैन व्यवसायीकरण



सेना विकास निर्माणमा खटिने बारे



नेपाली सेनाले पठाएको मन्तव्यको पिडिएफ फाइल (ढल्किएको अर्थात् इटालिक्स अक्षरमा किन पठाए, सेनाले नै जानोस्)


1 thought on “नयाँ प्रधान सेनापतिले भने- नेपाली सेनाको लोकतान्त्रिकरण नभन्नुस्, व्यवसायीकरण भन्नुस्, उनको मन्तव्य जस्ताको तस्तै”

  1. Ravi says:
    October 14, 2018 at 2:12 am

    अरू कुरा त्यस्तै हो, यो प्रधान सेनापती पद पाउन कि राणा कि थापा नै हुनुपर्ने हो कि कसो हो ? तथ्यांक ले त्यहि देखायो । अनि यो व्यवसायीकरण भनेको भुपु प्रधान सेनापति राजेन्द्र थापा रातारात अर्बपति बनेको भनेजस्तो होला ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme